सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 27

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1योताम राजगद्दी आरोहण गर्दा पच्‍चिस वर्षका थिए; तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। तिनकी आमाको यरूशा थियो; तिनी नाउँ सादोककी छोरी थिइन्। 2हरेक कुरामा आफ्ना पिता उज्‍जियाहको उदाहरणको अनुसरण गरेर तिनले परमप्रभुको दृष्‍टिमा जे असल थियो सो गरे। परमप्रभुको मन्‍दिरभित्र प्रवेश गर्नबाट तिनी अलग बसे। तर मानिसहरू भने अझै पनि आफ्‍ना दुष्‍ट चालमा लागिरहेका थिए। 3तिनले परमप्रभुका मन्‍दिरको माथिल्‍लो ढोकाको र्निर्माण गरे, र ओपेल डाँडामा तिनले धेरै निर्माण गरे। 4यसको साथै तिनले यहूदाको पहाडी देशमा सहरहरू बनाए, र वनमा किल्‍ला र धरहराहरू बनाए। 5अम्‍मोनका मानिसहरूका राजासँग पनि तिनले युद्ध गरे र उनलाई परास्‍त गरे। त्‍यसै वर्ष अम्‍मोनका मानिसहरूले तिनलाई साढे तिन टन चाँदी, पच्‍चिस हजार मुरी गहूँ र पच्‍चिस हजार मुरी जौ दिए। अम्‍मोनका मानिसहरूले दोस्रो र तेस्रो वर्षमा पनि त्‍यसरी नै तिनलाई दिए। 6यसरी परमप्रभु आफ्‍ना परमेश्‍वरको सामुन्‍ने दृढ भएर हिंडेका हुनाले योताम शक्तिशाली भए। 7योतामको बारेमा अन्य कुराहरू, तिनका सबै युद्ध र तिनका सबै चाल, इस्राएल र यहूदाका राजाहरूको पुस्‍तकमा लेखिएका छन्‌। 8तिनी राज्‍य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए। तिनले यरूशलेममा सोह्र वर्ष राज्‍य गरे। 9योताम आफ्‍ना पुर्खाहरूसित सुते, र तिनीहरूले उनलाई दाऊदको सहरमा गाडे। तिनीपछि तिनका छोरा आहाज तिनको ठाउँमा राजा भए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।