सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 10

यो अध्याय यसमा पर्छ: De koningen van Juda

1रहबाम शकेममा गए, किनकि सारा इस्राएल तिनलाई राजा तुल्‍याउन शकेममा आइरहेका थिए। 2जब नबातका छोरा यारोबामले यो कुरा सुने (किनकि तिनी मिश्रदेशमा थिए, जहाँ तिनी सोलोमन राजादेखि भागेर गएका थिए), तब तिनी मिश्रदेशबाट फर्के। 3यसैले तिनीहरूले मानिस पठाए र तिनलाई बोलाए, र रहबाम र सबै इस्राएल आए। तिनीहरूले रहबामसित कुरा गरे र भने, 4“तपाईंका बुबाले हाम्रो जुवा गाह्रो बनाउनुभयो। यसकारण, अब तपाईंका बुबाको कठोर कामलाई सजिलो बनाउनुहोस्, र उहाँले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्, र हामी तपाईंको सेवा गर्नेछौं।” 5रहबामले तिनीहरूलाई भने, “तिन दिनपछि फेरि मकहाँ आओ।” यसैले मानिसहरू गए। 6राजा रहबामले आफ्‍नो बुबा सोलोमन जीवित छँदा तिनका सेवा गर्ने पाका मानिसहरूसँग सल्‍लाह मागे। तिनले भने, “यी मानिसलाई जवाफ दिन तपाईंहरू कस्‍तो सल्‍लाह दिनुहुन्‍छ?” 7उनीहरूले तिनलाई यसो भने, “यी मानिसप्रति तपाईं असल हुनुभयो र तिनीहरूलाई खुसी पार्नुभयो, र तिनीहरूलाई असल वचन दिनुभयो भने, तिनीहरूले सधैं तपाईंका सेवकहरू हुनेछन्‌।” 8तर ती पाका मानिसले आफूलाई दिएको सल्‍लाहलाई रहबामले बेवास्‍ता गरे, र आफूसित हुर्केका र आफ्‍नो सामु खडा भएका जवान मानिसहरूका सल्‍लाह तिनले मागे। 9तिनले उनीहरूलाई भने, “तिमीहरू मलाई कस्‍तो सल्लाह दिन्छौ, ताकि मसित यसो भनेर कुरा गर्ने मानिसहरूलाई हामीले जवाफ दिन सकौं, ‘तपाईंका बुबाले हामीमाथि लाद्‍नुभएको गह्रौं जुवा हलुङ्गो गरिदिनुहोस्’?” 10रहबामसित हुर्केका ती जवान मानिसहरूले यसो भनेर तिनीसित कुरा गरे, “तपाईंको बुबा सोलोमोनले तिनीहरूका जुवा गह्रौं बनाउनुभयो, तर तपाईंले त्‍यो हलुङ्गो बनाउनुपर्छ भन्‍ने यी मानिसलाई तपाईंले यसो भन्‍नुपर्छ। तिनीहरूलाई तपाईंले यसो भन्‍नुपर्छ, ‘मेरो कान्‍छी औंला मेरा बुबाको कम्‍मरभन्‍दा मोटो छ। 11यसैले अब, मेरा बुबाले तिमीहरूमाथि गह्रौं जुवा बोकाउनुभए तापनि, तिमीहरूका जुवामाथि म थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु’।” 12यसैले, “तिन दिनपछि फेरि मकहाँ आओ,” भन्‍ने राजाको हुकुमबमोजिम यारोबाम र ती सबै मानिस तेस्रो दिन रहबामकहाँ आए। 13अनि ती पाका मानिसका सल्लाहलाई बेवास्‍ता गरेर रहबामले तिनीहरूसँग कठोर किसिमले बोले। 14ती जवान मानिसका सल्‍लाहको अनुसरण गरेर उनीहरूसँग तिनले यसो भनेर, “मेरा बुबाले तिमीहरूको जुवा गह्रौं बनाउनुभयो, तर म त्‍यसमा थप्‍नेछु। मेरा बुबाले तिमीहरूलाई कोर्राले दण्‍ड दिनुहुन्‍थ्‍यो, तर म तिमीहरूलाई बिच्‍छीहरूले दण्‍ड दिनेछु।” 15यसरी राजाले ती मानिसका कुरा सुनेनन्, किनकि शीलोका अहियाहद्वारा नबातका छोरा यारोबामलाई परमप्रभुले भन्‍नुभएको वचन पूरा हुनलाई परमेश्‍वरले नै यस्‍ता घटनाहरू हुन दिनुभयो। 16जब राजाले आफ्‍ना कुरा नसुनेका सारा इस्राएलले देखे, तब तिनीहरूले जवाफ दिए र भने, “दाऊदमा हाम्रो के हिस्‍सा छ र? यिशैका छोरामा हाम्रो केही उत्तराधिकार छैन! ए इस्राएल, तिमीहरू हरेका आआफ्‍नै पालमा जानुपर्छ। अब ए दाऊद, तिम्रो आफ्‍नै घरको रेखदेख गर।” यसैले सबै इस्राएल आआफ्‍ना पालहरूमा फर्के। 17तर यहूदाका सहरहरूमा बस्‍ने इस्राएलका मानिसहरूका सम्‍बन्‍धमा तिनीहरूमाथि रहबामले राज्‍य गरे। 18तब राजा रहबामले ज्‍यालाबिना काममा लगाइएका मानिसहरूका निरीक्षक अदोनीरामलाई पठाए, तर इस्राएलका मानिसहरूले तिनलाई ढुङ्गाले हानेर मारे। राजा रहबामचाहिं आफ्‍नो रथमा चढेर तुरुन्‍तै यरूशलेमतर्फ भागे। 19अनि आजको दिनसम्‍म पनि दाऊदका घरानाप्रति इस्राएलचाहिं विद्रोही भएको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।