सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 इतिहास 1

यो अध्याय यसमा पर्छ: Salomo

1दाऊदका छोरा सोलोमन आफ्‍नो शासनमा बलियो भएपछि र परमप्रभु तिनका परमेश्‍वर तिनको साथमा हुनुहुन्‍थ्‍यो र तिनलाई धेरै शक्तिशाली बनाउनुभयो। 2सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे। 3अनि सोलोमन र तिनीसँग भएका सबै सभा गिबोनमा भएको अग्‍लो स्‍थानमा गए, किनकि त्‍यहाँ परमेश्‍वरका भेट हुने पाल थियो, जुन परमप्रभुका सेवक मोशाले उजाड-स्‍थानमा बनाएका थिए। 4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए। 5साथै हूरका नाति, ऊरीका छोरा बजलेलले बनाएको काँसाको वेदी गिबोनमा नै परमप्रभुको पवित्र वासस्‍थानको सामुन्‍ने थियो। सोलोमन र त्‍यो सभा त्‍याहाँ गए। 6सोलोमन भेट हुने पालमा परमप्रभुको सामुन्‍ने भएको काँसाको वेदीमा गए र त्‍यसमा एक हजार होमबलि चढाए। 7त्‍यस रात परमेश्‍वर सोलोमनकहाँ देखा पर्नुभयो र तिनलाई भन्‍नुभयो, “माग्, म तँलाई के दिऊँ?” 8सोलोमनले परमेश्‍वरलाई भने, “तपाईंले मेरा बुबा दाऊदलाई महान्‌ करारको विश्‍वस्‍तता देखाउनुभएको छ र मलाई उहाँको सट्टामा राजा तुल्‍याउनुभएको छ। 9अब हे परमप्रभु परमेश्‍वर, तपाईंले मेरा बुबा दाऊदलाई दिनुभएको तपाईंको प्रतिज्ञा पुरा गर्नुहोस्, किनकि पृथ्‍वीको धुलो जत्तिकै अनगन्‍ती मानिसमाथि तपाईंले मलाई राजा बनाउनुभएको छ। 10अब मलाई बुद्धि र ज्ञान दिनुहोस् ताकि यी मानिसलाई म नेतृत्‍व गर्न सकूँ, किनकि यति धेरै सङ्ख्यामा रहेका तपाईंका मानिसहरूको न्याय कसले गर्न सक्छ र?” 11परमेश्‍वरले सोलोमनलाई भन्‍नुभयो, “किनभने तेरो हृदयमा यो कुरा छ, र तैंले समृद्धि, धन-सम्‍पत्ति वा आदर मागिनस् न त तँलाई घृणा गर्नेहरूको प्राण, न त आफ्‍नो निम्‍ति दीर्घायु नै मागिस्, तर आफ्‍नो निम्‍ति तैंले बुद्धि र ज्ञान मागिस् ताकि तैंले मेरा मानिसमाथि शासन सक्‍छस् जसमाथि मैले तँलाई राजा बनाएको छु, र म यसै गर्नेछु। 12अब म तँलाई बुद्धि र ज्ञान दिनेछु। म तँलाई यस्‍तो समृद्धि, धन-सम्‍पत्ति, र आदर पनि दिनेछु, जो तँभन्‍दा अघिका कुनै राजाले पाएका थिएनन्, र तँभन्‍दा पछिका कुनैले पनि पाउनेछैनन्‌।” 13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे। 14सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे। 15राजाले सुन र चाँदी यरूशलेममा ढुङ्गैसरह बनाए र देवदारुचाहिं तराईमा हुने अन्‍जीरहरूजस्तै प्रशस्‍त तुल्‍याए। 16सोलोमनका घोडाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। तिनका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे। 17तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे। तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।