सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 8

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1के बुद्धिले आव्हान गर्दैन र? के समझशक्तिले त्यसको सोर उचाल्दैन र? 2बाटोको छेउका उच्‍च ठाउँहरूमा, चौबाटाहरूमा बुद्धिले आफ्नो ठाउँ लिएको छ। 3सहरको मूल ढोकाको सामु, प्रवेशद्वारमा त्यो चर्को सोरले यसरी कराउँछ, 4“हे मानिसहरू हो, म तिमीहरूलाई नै आव्हान गर्दछु। मेरो सोर मानव-जातिका छोराहरूका लागि हो। 5तिमीहरू जो निर्बुद्धि छौ, बुद्धि प्राप्‍त गर। तिमीहरू जो मूर्ख छौ, तिमीहरूले समझशक्तिको हृदय प्राप्‍त गर। 6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्‍ने छु। 7किनकि मेरो मुखले भरोसायोग्य कुरा बताउँछ, र दुष्‍टता मेरो ओठको लागि घृणित कुरो हो। 8मेरो मुखका सबै वचन न्यायपूर्ण छन्। तिनमा कुनै पनि बाङ्गोटिङ्गो छैन वा तिनले गलत मार्गमा लैजाँदैनन्। 9बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन्। ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन्। 10चाँदीभन्दा मेरो निर्देशनलाई प्राप्‍त गर। निखुर सुनभन्दा मेरो ज्ञानलाई प्राप्‍त गर। 11किनकि बुद्धि रत्‍नहरूभन्दा बहुमूल्य हुन्छ। कुनै पनि खजाना यसको समान छैन। 12म बुद्धि सावधानीसित बस्छु, र म ज्ञान र विवेक अधिकार गर्छु। 13परमप्रभुको भय खराबीलाई घृणा गर्नु हो। म घमण्ड, अहङ्कार, दुष्‍ट मार्ग र भड्काउने बोलीवचनलाई घृणा गर्दछु। म तिनीहरूलाई घृणा गर्दछु। 14मसित असल सरसल्लाह र पक्‍का बुद्धि छ। म अन्तर्दृष्‍टि हुँ। मसित सामर्थ्य छ। 15मद्वारा नै राजाहरूले शासन गर्छन्, र शासकहरूले न्यायपूर्ण व्यवस्था बनाउँछन्। 16मद्वारा नै राजकुमारहरू र कुलीनहरूले शासन गर्छन्, अनि सबैले न्यायसित शासन चलाउँछन्। 17मलाई प्रेम गर्नेहरूलाई म प्रेम गर्दछु, र मलाई परिश्रमसाथ खोज्नेहरूले मलाई भेट्टाउँछन्। 18मसित रुपियाँ-पैसा र इज्‍जत, टिकिरहने धन-सम्पत्ति र धार्मिकता छन्। 19मेरो फल सुनभन्दा अर्थात् निखुर सुनभन्दा श्रेष्‍ठ छ। मेरो उत्पादन निखुर चाँदीभन्दा श्रेष्‍ठ छ। 20म धार्मिकताको मार्गमा, न्यायका मार्गहरूका बिचमा हिँड्छु। 21परिणामस्वरूप, मलाई प्रेम गर्नेहरूलाई म धन-सम्पत्तिले सम्पन्‍न तुल्याउने छु। म तिनीहरूका ढुकुटीहरू भरिदिने छु। 22परमप्रभुले मलाई सुरुमा अर्थात् उहाँका सुरुका कार्यहरूभन्दा पहिले नै सृष्‍टि गर्नुभयो। 23पृथ्वीको आरम्भदेखि नै युगौँ पहिले मलाई बनाइएको थियो। 24महासागरहरू हुनुभन्दा पहिले नै, पानीले भरिपूर्ण खोला-नालाहरू हुनुभन्दा पहिले नै मलाई जन्म दिइयो। 25पहाडहरू स्थापित गरिनुअगि, डाँडाहरू बनाइनुअगि म जन्मेको थिएँ। 26परमप्रभुले पृथ्वी वा जमिनहरू वा संसारको पहिलो धुलो बनाउनुअगि म जन्मेको थिएँ। 27उहाँले आकाशहरू स्थापित गर्नुहुँदा, महासागरको सतहमा घेरा लगाउनुहुँदा म त्यहाँ थिएँ। 28उहाँले माथि बादलहरू स्थापित गर्नुहुँदा र महासागरका मूलहरूलाई तिनीहरूका स्थानमा बसाल्नुहुँदा म त्यहाँ थिएँ। 29उहाँको आज्ञाविना पानी आफ्नो सिमानाभन्दा बाहिर नजाओस् भन्‍नाका लागि उहाँले समुद्रको सिमा तोकिदिनुहुँदा र सुक्खा भूमिका जगहरू बसाल्नुहुँदा म त्यहाँ थिएँ। 30एउटा सिपालु कारीगरझैँ म उहाँको छेउमा थिएँ। दिनप्रति दिन म उहाँको आनन्द भएँ र सधैँभरि उहाँको सामु आनन्दित हुन्थेँ। 31म उहाँको सारा संसारमा रमाउँदै थिएँ, र मानव-जातिका छोराहरूमा मेरो आनन्द थियो। 32अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन, किनकि मेरा मार्गहरूमा हिँड्ने आशिषित् हुने छन्। 33मेरो निर्देशनलाई सुनेर बुद्धिमान् होओ। यसलाई बेवास्ता नगर। 34मेरो कुरा सुन्‍ने जन आशिषित् हुने छ। मेरा ढोकाहरूको चौकोसनेर प्रतीक्षा गर्दै उसले हरेक दिन मेरा ढोकाहरूमा हेर्ने छ। 35किनकि मलाई भेट्ने जोसुकैले पनि जीवन पाउँछ, र उसले परमप्रभुको निगाह पाउने छ। 36तर असफल हुनेले चाहिँ आफ्नै जीवनमा हानि ल्याउँछ। मलाई घृणा गर्ने सबैले मृत्युलाई प्रेम गर्छ।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।