सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 5

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1हे मेरो छोरो, मेरो बुद्धिमा ध्यान लगा। मेरो समझशक्तिमा कान थाप। 2यसरी तैँले विवेकको विषयमा सिक्‍ने छस्, र तेरो ओठले ज्ञानको रक्षा गर्न सक्‍ने छ। 3किनकि व्यभिचारी स्‍त्रीको ओठबाट मह चुहन्छ, र त्यसको मुख तेलभन्दा पनि चिल्लो हुन्छ। 4तर अन्त्यमा त्यो ऐरेलु जत्तिकै तितो हुन्छ, र दुईधारे तरवारजस्तै धारिलो हुन्छ। 5त्यसको खुट्टा मृत्युतिर ओह्रालो लाग्छ। त्यसका कदमहरू पातालको मार्गमा जान्छन्। 6त्यसले जीवनको मार्गको बारेमा सोच्दैन। त्यसका चालहरू भौँतारिन्छन्। कहाँ जाँदै छे भनी त्यसलाई थाहै हुँदैन। 7अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन। मेरो मुखका वचनहरू सुन्‍नदेखि नतर्क। 8तिमीहरूको मार्ग त्यसबाट परै राख, र त्यसको घरको ढोका नजिक नआओ। 9यसरी तिमीहरूले आफ्नो इज्‍जत अरूलाई दिने छैनौ वा तिमीहरूको उमेर क्रुर व्यक्तिलाई दिने सुम्पने छैनौ। 10परदेशीहरूले तिमीहरूको धन-सम्पत्तिमा भोज लगाउने छैनन्। तिमीहरूले जेको लागि काम गरेका छौ, त्यो परदेशीहरूको घरमा जाने छैन। 11तिमीहरूका मासु र छाला गलिसक्दा तिमीहरूको जीवनको अन्त्यमा तिमीहरूले विलाप गर्ने छौ। 12तिमीहरूले भन्‍ने छौ, “हाय, मैले निर्देशनलाई कसरी घृणा गरेँ, र मेरो हृदयले सुधारलाई तुच्छ ठान्यो! 13मैले मेरा शिक्षकहरूको आज्ञा मानिनँ वा मेरा प्रशिक्षकहरूका कुरा सुन्‍न कान थापिनँ। 14सभाको बिचमा, मानिसहरूको जमघटमा म झण्डै पूर्ण रूपमा विनाश भएँ।” 15आफ्नै कुण्डको पानी पिउनू, र आफ्नै कुवाबाट बगेको पानी पिउनू। 16के तेरो कुवाको पानी जताततै र तेरो खोलाको पानी सार्वजनिक चोकहरूमा बग्‍न दिने? 17ती तेरा लागि मात्र होऊन्, र तँसित भएका परदेशीहरूका लागि नहोऊन्। 18तेरो फुहाराले आशिष् पाओस्, र तेरो युवावस्थाकी पत्‍नीसित तँ आनन्दित भएको होस्। 19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे। त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून्। त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस्। 20हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने? 21मानिसले गर्ने हरेक कुरो परमप्रभुले देख्‍नुहुन्छ, र त्यसका सबै मार्गलाई उहाँले निगरानी गर्नुहुन्छ। 22दुष्‍ट व्यक्ति आफ्नै अधर्मद्वारा पासोमा पर्ने छ। त्यसको पापका डोरीहरूले त्यसलाई कसेर बाँध्‍ने छ। 23निर्देशनको कमीले त्यो मर्ने छ। त्यसको असीम मूर्खताद्वारा त्यसले बाटो बिराउँछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।