सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 3

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1हे मेरो छोरो, मेरा आज्ञाहरू नभुल्, र मेरा शिक्षाहरूलाई तेरो हृदयमा राख्। 2किनकि तिनले तेरो आयु लामो बनाउने छन्, र शान्ति ल्याउने छन्। 3करारको विश्‍वसनीयता र भरोसाले तँलाई कहिल्यै नछोडून्। तिनलाई तेरो गलाको वरिपरि सँगसँगै बाँध्। तिनलाई तेरो हृदयको पाटीमा लेख्। 4तब तैँले परमेश्‍वर र मानिसको दृष्‍टिमा निगाह पाउने छस्, र ख्याति कमाउने छस्। 5तेरो सारा हृदयले परमप्रभुमाथि भरोसा राख्, र तेरो आफ्नै समझशक्तिमा भर नपर्। 6तेरा सबै मार्गमा उहाँलाई उहाँलाई सम्झी र उहाँले तेरा मार्गहरू सोझा तुल्याउने हुनेछ। 7तेरो आफ्नै दृष्‍टिमा बुद्धिमान् नबन्। परमप्रभुको भय मान्, र खराबीबाट फर्की। 8यो तेरो शरीरको लागि चङ्गाइ हुने छ, र तेरो देहको लागि ताजापन हुने छ। 9तेरो धन-सम्पत्ति र तेरा सबै उब्जनीको अगौटे-फलले परमप्रभुको आदर गर्। 10तब तेरा भन्डार कोठाहरू भरिने छन्, र तेरा भाँडाकुँडाहरू नयाँ दाखमद्यले चुलिएर पोखिने छन्। 11हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर्। 12किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्‍नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ। 13बुद्धि प्राप्‍त गर्ने धन्यको हो। त्यसले समझशक्ति पनि पाउँछ। 14तैँले बुद्धिबाट प्राप्‍त गर्ने कुरो चाँदीबाट प्राप्‍त गर्ने कुरोभन्दा उत्तम हुन्छ, र यसको लाभ सुनभन्दा उत्तम हुन्छ। 15बुद्धि गरगहनाभन्दा बहुमूल्य हुन्छ, र तैँले इच्छा गरेको कुनै पनि थोक त्यससित तुलना गर्न सकिँदैन। 16बुद्धिको दाहिने हातमा दीर्घायु हुन्छ भने त्यसको देब्रे हातमा धन-सम्पत्ति र मान हुन्छन्। 17त्यसको मार्ग दयाको मार्ग हो, र त्यसका सबै बाटा शान्तिका छन्। 18बुद्धिलाई पक्रनेहरूका लागि त्यो जीवनको रुख हो, र त्यसलाई समात्‍नेहरू खुसी हुन्छन्। 19बुद्धिले नै परमप्रभुले पृथ्वी बनाउनुभयो र समझशक्तिले उहाँले आकाशहरू स्थापना गर्नुभयो। 20उहाँको ज्ञानद्वारा गहिरा-गहिरा सागरहरू फुटेर निस्के, र बादलले तलतिर शीत झारे। 21हे मेरो छोरो, पक्‍का बुद्धि र समझशक्तिलाई जोगाइराख्, अनि तिनलाई तेरो नजरबाट जान नदे। 22ती तेरो प्राणको निम्ति जीवन हुने छन्, र तेरो गलाको वरिपरि लगाउने स्‍नेहको गहना हुने छन्। 23तब तँ आफ्नो मार्गमा सुरक्षितसाथ हिँड्ने छस्, र तेरो खुट्टा ठोक्‍किने छैन। 24तँ पल्टँदा डराउने छैनस्। तँ पल्टँदा तँलाई मिठो निद्रा लाग्‍ने छ। 25दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा। 26किनकि परमप्रभु तेरो पक्षमा हुनुहुने छ, र उहाँले तेरो पाउलाई पासोमा पर्नदेखि जोगाउनुहुने छ। 27तँ शक्तिमा रहुञ्‍जेलसम्म भलाइ गरिन योग्य भएकाहरूबाट त्यसलाई नरोक्। 28तँसित रुपियाँ-पैसा हुँदा आफ्नो छिमेकीलाई यसो नभन्, “जाऊ, र फेरि आऊ अनि म भोली दिने छु।” 29तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना। 30तँलाई कसैले हानि नपुर्‍याउँदा विनाकारण त्यससित तर्क-वितर्क नगर्। 31हिंसात्मक व्यक्तिको ईर्ष्या नगर् वा त्यसको कुनै पनि मार्गलाई नछान्। 32किनकि कुटिल व्यक्ति परमप्रभुको लागि घृणित हुन्छ, तर सोझो व्यक्तिलाई उहाँले आफ्नो विश्‍वासमा ल्याउनुहुन्छ। 33दुष्‍टहरूको घरमा परमप्रभुको सराप पर्छ, तर धर्मीहरूको घरमा उहाँको आशिष् पर्छ। 34उहाँले गिल्ला गर्नेहरूलाई गिल्ला गर्नुहुन्छ, तर विनम्र मानिसहरूलाई उहाँले आफ्नो स्‍नेह देखाउनुहुन्छ। 35बुद्धिमान् मानिसहरू आदरको हकदार हुने छन्, तर मूर्खहरू तिनीहरूकै लाजमा पर्ने छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।