सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हितोपदेश 7

यो अध्याय यसमा पर्छ: Lof van de wijsheid

1हे मेरो छोरो, मेरा वचनहरू पालन गर्, र मेरा आज्ञाहरू तँभित्र सञ्चय गरेर राख्। 2मेरा आज्ञाहरू पालन गरेर बाँच्, र मेरो निर्देशनलाई तेरो आँखाको नानीजस्तै जोगाइराख्। 3तिनलाई तेरा औँलाहरूमा बेह्रेर राख्। तिनलाई तेरो हृदयको पाटीमा लेखेर राख्। 4बुद्धिलाई भन्, “तिमी मेरी बहिनी हौँ,” र समझशक्तिलाई आफ्नो आफन्त भन्। 5तब तिनले तँलाई व्यभिचारी स्‍त्री र अनैतिक स्‍त्रीको मोहित तुल्याउने कुराहरूबाट बचाउने छन्। 6मेरो घरको झ्यालमा बसेर मैले आँखी-झ्यालबाट हेर्दै थिएँ। 7मैले सोझा मानिसहरूलाई हेरेँ, र युवाहरूका बिचमा एक जना निर्बुद्धिलाई ख्याल गरेँ। 8त्यो जवान मानिस त्यस स्‍त्री बस्‍ने गल्ली नजिकबाट गयो, र त्यो स्‍त्रीको घरतर्फ लाग्यो। 9साँझको बेलामा दिन ढल्कँदै थियो, जुन बेला अन्धकार छाएको थियो। 10एउटी स्‍त्रीले त्यसलाई भेटी, जसले वेश्याले जस्तै पहिरन लगाएकी थिई र त्यसको हृदय धूर्त थियो। 11त्यो चञ्चली र जिद्दीवाल थिई। त्यो आफ्नो घरमा बस्दिनथी। 12त्यो कहिले सडकमा त कहिले बजारमा बस्थी, अनि हरेक कुनाकाप्चामा त्यो लुकेर बस्थी। 13त्यसले उसलाई पक्रेर चुम्बन गरी, र निर्लज्‍ज चेहरा लिएर भनी, 14“आज मैले आफ्नो मेलबलि चढाएँ; मेरा भाकलहरू पुरा गरेँ। 15त्यसैले म तपाईंलाई भेट्न, उत्सुकतासाथ तपाईंको मुहार हेर्न आएकी हुँ, र अहिले मैले तपाईंलाई भेट्टाएकी छु। 16मैले मेरो ओछ्यानमा मिश्र देशको रङ्गिन तन्‍ना ओछ्याएकी छु। 17मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु। 18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ। हामी प्रेमको कार्यमा रमाऔँ। 19किनकि मेरा पति घरमा हुनुहुन्‍न। उहाँ लामो यात्रामा जानुभएको छ। 20उहाँले आफूसित पैसाको थैली लिएर जानुभएको छ। उहाँ पूर्णिमामा मात्र घर फर्कनुहुने छ।” 21धेरै कुराकानी गरेर त्यो उसकहाँ फर्की। त्यसले आफ्ना मोहित तुल्याउने कुराहरूलाई उसलाई फकाई। 22मारिनलाई लगिएको गोरुझैँ र पासोमा परेको मृगझैँ त्यो अकस्मात् स्‍त्रीको पछि लाग्यो। 23वाणले त्यसको कलेजो नछेडेसम्म त्यो पछि लागरिरह्‍यो। त्यो जालतिर कुदिरहरेको चरोजस्तो थियो। आफ्नो ज्यानै गुमाउनुपर्थ्यो भनी त्यसलाई थाहा थिएन। 24अब हे मेरा छोराहरू हो, मेरो कुरा सुन। मेरा मुखका वचनहरूलाई ध्यान देओ। 25तिमीहरूको हृदय त्यसका मार्गहरूमा नलागोस्। त्यसका मार्गहरूमा बरालिएर नजाओ। 26त्यसले धेरै मानिसहरूलाई फसाएकी छे। त्यसका सिकारहरू धेरै छन्। 27त्यसको घर पातालका मार्गहरूमा छ। तिनीहरू मृत्युका अन्धकारपूर्ण कोठाहरूमा जान्छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।