सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

मर्कूस 9

यो अध्याय यसमा पर्छ: Onderweg

1उहाँले तिनीहरूलाई भन्‍नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्‍वरको राज्य शक्‍तिसित आएको देख्‍नुअगि मृत्यु चाख्‍नेछैनन्। 2६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्‍नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो। त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो। 3उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो। 4त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे। तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए। 5पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्‍न राम्रो छ। त्यसैले, यहाँ हामी तिनवटा बस्‍ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” 6(तिनले के भन्‍ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए।) 7बादल आयो र उहाँहरूलाई छोप्‍यो। तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन।” 8अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन्। 9उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्‍म कसैलाई केही पनि नभन्‍नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो। 10त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे। 11तिनीहरूले उहाँलाई सोधे “शास्‍त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त?” 12उहाँले तिनीहरूलाई भन्‍नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ। मानिसका पुत्रले धेरै कष्‍ट भोग्‍नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त?” 13तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्‍यही गरे।” 14जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्‍नुभयो, र शास्‍त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए। 15जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्‍क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए। 16उहाँले आफ्ना चेलाहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ?” 17भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ। त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन, 18र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ। मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन्।” 19उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्‍वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्‍नुपर्नेछ? कति समयसम्म म तिमीहरूलाई सहनु? त्यसलाई मकहाँ ल्याओ।” 20तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए। जब दुष्‍ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्‍न लगायो। त्यो केटो भुइँमा लड्‍यो र मुखमा फिँज काढ्यो। 21येशूले त्यसको बुबालाई सोध्‍नुभयो, “यस्तो भएको कति भयो?” बुबाले भने, “बाल्यकालदेखि नै हो। 22यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो। यदि तपाईंले कुनै कुरा गर्न सक्‍नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस्।” 23येशूले तिनलाई भन्‍नुभयो, “‘यदि तपाईंले गर्न सक्‍नुहुन्छ भने’? विश्‍वास गर्नेको निम्ति सबै कुरा सम्भव छ।” 24तुरुन्तै त्यस बालकको बुबा चिच्‍च्याए र भने, “म विश्‍वास गर्छु! मेरो अविश्‍वासमा सहायता गर्नुहोस्।” 25जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्‍नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्‍नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर।” 26यो चिच्‍च्यायो र डरलाग्‍दो गरी लछारपछार गर्‍यो अनि निस्क्यो। त्यो केटा मरेकोजस्तै देखियो। त्यसैले, धेरैले भने, “ऊ मर्‍यो।” 27तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो। 28जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?” 29उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्‍न सकिँदैन।” 30उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो। उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्‍ने उहाँले चाहनुभयो, 31किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन्। जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ।” 32तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्‍न तिनीहरू डराए। 33अनि उहाँहरू कफर्नहुममा आइपुग्‍नुभयो। जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ?” 34तर सबै चुपचाप भए। किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए। 35उहाँ बस्‍नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ।” 36उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्‍नुभयो। उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, 37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ।” 38यूहन्‍नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन।” 39तर येशूले भन्‍नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्‍तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्‍न सक्दैन। 40जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो। 41तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन। 42ममा विश्‍वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्‍नु राम्रो हुने थियो। 43यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ। दुईवटा हात लिएर कहिल्यै ननिभ्‍ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ। 44(नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन।” 45यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ। दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ। 46(४४ पदको टिप्पणीलाई हेर्नुहोस्।) 47यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ। दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्‍वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ। 48जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन। 49किनकि सबैलाई आगोले नुनिलो पार्नेछ। 50नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।