सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 9

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1ए इस्राएल, अरू मानिसहरूझैं आनन्दित नहोओ। किनकि आफ्ना परमेश्‍वरलाई त्यागेर, तिमीहरूले विश्‍वासहीन भएका छौ। अन्‍नका सबै खलामा वेश्‍यालाई तिर्नुपर्ने ज्याला तिर्न तिमीहरू मन पराउँछौ। 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन। 3तिनीहरू परमप्रभुको देशमा सधैंभरि रहनेछैनन्, बरु, एफ्राइम मिश्रदेशमा फर्कनेछ, र एक दिन तिनीहरूले अश्‍शूरमा अशुद्ध भोजन खानेछन्। 4तिनीहरूले परमप्रभुलाई दाखमद्यको भेटी चढाउनेछैनन्, न त तिनीहरूले उहाँलाई प्रसन्‍न तुल्याउनेछन्। तिनीहरूका बलिदानहरू तिनीहरूका निम्ति शोक गर्नेको भोजनझैं हुनेछ। जतिले त्यो खान्छन् ती सबै अशुद्ध हुनेछन्। किनकि तिनीहरूका भोजन तिनीहरूकै निम्ति मात्र हुनेछ। त्यो परमप्रभुको मन्‍दिरमा आउनेछैन। 5तोकिएको चाडको दिनमा, परमप्रभुको निम्ति चाडको दिनमा तिमीहरू के गर्नेछौ? 6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ। 7दण्डका दिनहरू आउँदैछन्। बदलाका दिनहरू आउँदैछन्। सबै इस्राएलीहरूले यी कुरा जानून्। तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ। 8अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो। तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ। 9गिबाका दिनहरूमा झैं, तिनीहरूले आफैंलाई भित्री रूपमा भ्रष्‍ट पारेका छन्। तिनीहरूको अधर्म परमेश्‍वरले सम्झना गर्नुहुनेछ र उहाँले तिनीहरूका पापको दण्ड दिनुहुनेछ। 10परमप्रभु भन्‍नुहुन्छ, “मैले इस्राएललाई भेट्‍टाउँदा, त्‍यो उजाड-स्‍थानमा दाख पाएको जस्‍तै थियो। नेभाराको बोटमा ऋतुको पहिलो फलझैं, मैले तिमीहरूका पुर्खाहरूलाई भेट्‍टाएँ। तर तिनीहरू बाल-पोरमा गए, र तिनीहरूले आफैंलाई त्यस लज्‍जास्पद मूर्तिकहाँ अर्पण गरे। तिनीहरूले प्रेम गर्ने मूर्तिहरूझैं तिनीहरू पनि घृणित भए। 11एफ्राइमको बारेमाचाहिं, तिनीहरूको महिमा चराझैं उडिजानेछ। त्यहाँ कुनै जन्‍म, कुनै गर्ववास, र कुनै गर्भधारण हुनेछैन। 12तिनीहरूले छोराछोरीलाई हुर्काएको भए पनि, एउटै पनि बाँकी नरहने गरी म तिनीहरूलाई लैजानेछु। तिनीहरूबाट म फर्कँदा, तिनीहरूलाई धिक्‍कार होस्। 13मैले एफ्राइमलाई टुरोसजस्तै सुन्दर मैदानमा रोपिएको देखेको छु, तर एफ्राइमले आफ्ना छोराछोरीलाई त्यसकहाँ लानेछ, जसले तिनीहरूको हत्‍या गर्नेछ।” 14हे परमप्रभु, तिनीहरूलाई दिनुहोस्— तपाईंले तिनीहरूलाई के दिनुहुन्छ? तिनीहरूलाई तुहिने गर्भ र दूध नआउने स्तन दिनुहोस्। 15“तिनीहरूले गिलगालमा गरेका सबै दुष्‍टताका कारणले, तिनीहरूलाई मैले त्‍यहाँ घृणा गर्न सुरु गरें। तिनीहरूका पापी कामहरूका कारणले, मेरो मन्‍दिरबाट म तिनीहरूलाई धपाउनेछु। म तिनीहरूलाई फेरि प्रेम गर्नेछैनँ। तिनीहरूका सबै अधिकारीहरू विद्रोहीहरू हुन्। 16एफ्राइम रोगले ग्रस्‍त भएको छ, र तिनीहरूको जरा सुकेका छ। तिनीहरूले फल दिंदैनन्। तिनीहरूका छोराछोरी भए पनि, तिनीहरूका अति प्रिय छोराछोरीलाई म मार्नेछु।” 17मेरा परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुहुन्छ किनभने तिनीहरूले उहाँको आज्ञा मानेका छैनन्। जातिहरूका बिचमा तिनीहरू फिरन्‍तेहरू हुनेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।