सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 5

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1“ए पुजारीहरू हो, यो कुरा सुन! ए इस्राएलको घराना, ध्यान देओ! ए राजाको घराना, सुन! किनकि तिमीहरू सबैका विरुद्ध न्‍याय आउँदैछ। तिमीहरू मिस्‍पामा पासो, र तबोरमाथि फैलिएको जाल भएका छौ। 2विद्रोहीहरू मारकाटमा साह्रै नै संलग्‍न हुन्‍छन्, तर म तिनीहरू सबैलाई दण्ड दिनेछु। 3एफ्राइम र इस्राएल मबाट लुकेका छैनन् भनी म जान्‍दछु। ए एफ्राइम, तँ अब वेश्‍याझैं भएको छस्। इस्राएल अपवित्र पारिएको छ। 4तिनीहरूका कामहरूले तिनीहरूलाई परमेश्‍वरतर्फ फर्कन दिंदैनन्, किनकि तिनीहरूमा व्यभिचारको मन छ, र तिनीहरूले परमप्रभुलाई चिन्दैनन्। 5इस्राएलको घमण्डले उसकै विरुद्ध गवाही दिन्छ। यसैले इस्राएल र एफ्राइम आफ्‍नै दोषमा ठेस खानेछन्, र यहूदा पनि तिनीहरूसँगै ठेस खानेछ। 6आफ्ना बगाल र बथानसँग परमप्रभुको खोजी गर्न तिनीहरू जानेछन्, तर तिनीहरूले उहाँलाई भेट्‍टाउने छैनन्, किनकि उहाँले आफैंलाई तिनीहरूबाट टाढा लानुभएको छ। 7तिनीहरू परमप्रभुप्रति विश्‍वासघाती भए, किनकि तिनीहरूले अवैधानिक छोराछोरी जन्माएका छन्। अब औंसीका पर्वहरूले तिनीहरूका भूमिसँगै तिनीहरूलाई पनि निलिदिनेछ। 8गिबामा तुरही र रामामा बिगुल फुक। बेथ-आवनमा युद्ध-ध्वनि बजाओः ‘ए बेन्यामीन, हामी तेरो पछि लाग्‍छौं!’ 9न्यायको दिनमा एफ्राइम निर्जन हुनेछ। इस्राएलका कुलहरू बिचमा निश्‍चय हुन आउने कुरा मैले घोषणा गरेको छु। 10यहूदाका अगुवाहरू त्‍यस्‍ता हुन् जसले सिमानाको ढुङ्गा सार्छ। पानी खन्याएझैं तिनीहरूमाथि म आफ्‍नो क्रोध खन्याउनेछु। 11एफ्राइम कुल्चिएको छ, त्यो न्यायमा कुल्चिएको छ, किनभने त्यो आफ्नै इच्‍छामा मूर्तिहरूको पछि लागेको छ। 12यसैले एफ्राइमको निम्ति म कपडा काट्ने किराझैं हुनेछु र यहूदाको घरानाको निम्ति सडाउने कुराझैं हुनेछु। 13जब एफ्राइमले आफ्नो रोग देख्‍यो, र यहूदाले आफ्नो घाउ देख्‍यो, तब एफ्राइम अश्‍शूरमा गयो, र यहूदाले महान् राजाकहाँ सन्देशवाहक पठायो। तर त्यसले तेरा मानिसहरूलाई निको पार्न वा तिमीहरूका घाउ निको पार्न सकेन। 14यसैले एफ्राइमको निम्ति म सिंहझैं हुनेछु, र यहूदाको घरानाको निम्ति जवान सिंहझैं हुनेछु। मैले नै तिनीहरूलाई टुक्रा-टुक्रा पार्नेछु र जानेछु। म तिनीहरूलाई बोकेर लानेछु, र तिनीहरूलाई बचाउने कोही पनि हुनेछैन। 15तिनीहरूले आफ्ना दोष स्‍वीकार गरेर मेरो खोजी नगरेसम्म, र आफ्‍ना दु:खको समयमा मलाई तत्परतासाथ नखोजेसम्म, म जानेछु र आफ्नै ठाउँमा फर्कनेछु।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।