सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 8

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1“तुरही फुक्‍न तयार होओ! परमप्रभुको मन्‍दिरमाथि एउटा गरुड आउँदैछ, किनभने मानिसहरूले मेरो करार भङ्ग गरेका छन्, र मेरो व्यवस्थाको विरुद्ध बागी भएका छन्। 2तिनीहरू मलाई पुकारा गर्छन्, ‘हे मेरा परमेश्‍वर, इस्राएलीमा हामी तपाईंलाई चिन्दछौं।’ 3तर इस्राएलले जे असल छ त्यो इन्‍कार गरेको छ, र सत्रुले त्यसलाई खेद्‍नेछ। 4मैले नचुनेका राजाहरूलाई, तिनीहरूले स्थापित गरेका छन्। तिनीहरूले मलाई नसोधी राजकुमारहरू नियुक्‍त गरेका छन्। आफ्‍ना चाँदी र सुनले, आफ्नै निम्ति तिनीहरूले मूर्तिहरू बनाएका छन्, तर तिनीहरूको विनाश हुनलाई नै यसो भयो।” 5“ए समारिया, तेरो बाछो तिरस्‍कृत भएको छ। यी मानिसहरूका विरूद्धमा मेरो क्रोध जल्‍दैछ। किनकि कहिलेसम्म तिनीहरू दोषी रहनेछन्? 6किनकि यो मूर्ति इस्राएलबाट आएको हो। एउटा कारिगरले त्‍यो बनायो। त्यो परमेश्‍वर होइन! सामरियाको बाछोलाइ टुक्रा-टुक्रा पारिनेछ। 7किनकि मानिसहरूले बतास छर्छन्, र आँधिको कटनी गर्छन्। खडा बालीमा बालाहरू छैनन्, र त्यसले केही फसल दिंदैन। त्यसमा फसल लाग्‍यो भने, परदेशीहरूले त्यो सखाप पार्नेछन्। 8इस्राएल निलिएको छ। अब जातिहरूमा बिचमा ती काम नलाग्‍ने वस्तुझैं रहन्‍छन्। 9किनकि वन-गधा एक्लै गएझैं, तिनीहरू अश्‍शूरसम्‍म गए। एफ्राइमले आफ्नै निम्ति प्रेमीहरू नियुक्‍त गरेको छ। 10तिनीहरूले जातिहरूका बिचमा प्रेमीहरू नियुक्‍त गरे तापनि, अब तिनीहरूलाई म एकसाथ भेला गराउनेछु। राजकुमारहरूका राजाको दमनको कारणले, तिनीहरू दुःखी हुन लाग्‍नेछन्। 11किनकि पापबलिहरूका निम्ति एफ्राइमले वेदीहरूको सङ्ख्या बढाएका छन्, तर झन् पाप गर्ने वेदीहरू ती भएका छन्। 12तिनीहरूका निम्ति मैले आफ्‍नो व्यवस्थालाई दस हजारपल्‍ट लेखे पनि, तिनीहरूले त्यसलाई कुनै नयाँ कुराजस्‍तो गरी हेर्छन्। 13मेरा भेटीहरूका बलिदानको बारेमा, तिनीहरूले मासु चढाउँछन् र त्यो खान्‍छन्, तर म, परमप्रभुले त्यो ग्रहण गर्दिनँ। अब म तिनीहरूका अधर्मका बारेमा विचार गर्नेछु, र तिनीहरूका पापलाई दण्ड दिनेछु। तिनीहरू मिश्रदेशमा फर्कनेछन्। 14इस्राएलले आफ्‍ना सृष्‍टिकर्ता, मलाई बिर्सेको छ, र दरबारहरू बनाएका छ। यहूदाले धेरै सहरहरूलाई किल्‍लाबन्‍दी गरेको छ, तर त्यसका सहरहरूमा म आगो पठाउनेछु, र त्यसले उसका किल्‍लाहरू भष्‍म पार्नेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।