सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 10

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1इस्राएल एउटा मौलाएको दाखको बोट हो जसले फल फलाउँछ। त्यसको फलको जति बढ्यो, त्यसले त्‍यति नै धेरै वेदी बनायो। त्यसको देशले जति धेरै उब्‍जनी दियो, त्यसले त्‍यति नै धेरै स्‍तम्‍भ खडा गर्‍यो। 2किनकि तिनीहरूको हृदय छलपूर्ण छ। अब तिनीहरूले आफ्नो दोषको दण्ड भोग्‍नैपर्छ। परमप्रभुले तिनीहरूका वेदीहरू भत्‍काउनुहुन्छ, तिनीहरूका स्‍तम्‍भहरू नाश गर्नुहुन्छ। 3किनकि तब तिनीहरूले यसो भन्‍नेछन्, “हाम्रा राजा छैनन्, किनकि हामीले परमप्रभुको भय मानेनौं, अनि राजा भए पनि उनले हाम्रो निम्ति के गर्न सक्‍थे र?” 4तिनीहरू फोस्रा शब्‍दहरू बोल्छन्, र झुटो कसम खाएर करार बाँध्‍छन्। यसैले जोतेको डोबहरूमा विषालु झारहरू उम्रेझैं, न्याय बढ्नेछ। 5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन्। त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन्। 6महान् राजाका निम्ति उपहारको रूपमा, तिनीहरू अश्‍शूरमा लगिनेछन्। एफ्राइम अपमान हुनेछ, र इस्राएल आफ्नो मूर्तिको लागि लाजमा पर्नेछ। 7पानीको सतहमाथिको काठको एउटा टुक्राझैं, सामरियाका राजा नष्‍ट पारिनेछ। 8दुष्‍टताका उच्‍च ठाउँहरू नष्‍ट हुनेछ। यो इस्राएलको पाप हो! तिनीहरूका वेदीहरूमाथि काँडाहरू र सिउँढीहरू पलाउनेछन्। मानिसहरूले पर्वतहरूलाई, “हामीलाई छोप!” अनि पहाडहरूलाई, “हामीमाथि खस!” भन्‍नेछन्। 9“ए इस्राएल, तैंले गिबाको दिनदेखि नै पाप गरेको छस्। तँ अहिले त्‍यहाँ नै बसेको छस्। के गिबामा खराब गर्नेहरूका छोराहरूलाई युद्धले सखाप पार्नेछैन र? 10जब म चाहन्‍छु, तब म तिनीहरूलाई अनुशासित गर्नेछु। तिनीहरूका विरूद्ध जातिहरू एकसाथ भेला हुनेछन् अनि तिनीहरूको दोब्‍बर अधर्मको निम्‍ति तिनीहरूलाई बन्धनमा राख्‍नेछन्। 11एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो, यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु। म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु, यहूदाले हलो जोत्‍नेछ। र याकूब आफैले लिंड्‍को लगाउनेछ।” 12आफ्ना निम्ति धार्मिकता छर, अनि करारको विश्‍वस्‍तताको फल कटनी गर। आफ्‍नो बाँझो बारी जोत, किनकि परमप्रभु आएर तिमीहरूमाथि धार्मिकता नबर्षाउनुभएसम्म यो उहाँको खोजी गर्ने समय यही हो। 13तिमीहरूले दुष्‍टता जोतेका छौ, अनि तिमीहरूले अन्यायको कटनी गर्‍यौ। तिमीहरूले छलको फल खाएका छौ, किनभने तिमीहरूले आफ्ना योजनाहरू, र आफ्‍ना धेरै सिपाहीहरूमा भर पर्‍यौ। 14यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन्। युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो। 15यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ। झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।