सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 4

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1ए इस्राएलका मानिस हो, परमप्रभुको वचन सुन। यस देशका वासिन्दाहरूको विरुद्धमा परमप्रभुको एउटा मुद्धा छ, किनभने देशमा सत्यता, करारको विश्‍वस्‍तता, परमप्रभुको ज्ञान छैन। 2त्यहाँ सराप, झुटो बोली, हत्या, चोरी र व्यभिचार छ। मानिसहरूले सबै सीमा तोडेका छन्, र रगत बगेपछि रगत बगेको छ। 3यसैले त्यो देश सुख्‍खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन्। मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन्। 4तर कसैलाई मुद्धा ल्‍याउन नदेओ। कसैले कसैलाई पनि दोष नलगाओस्। किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो। 5तिमी पुजारीहरू दिनमा ठेस खानेछौ। तिमीहरूसँगै अगमवक्ताहरू पनि रातमा ठेस खानेछन्, र तिमीहरूकी आमालाई म नष्‍ट गर्नेछु। 6मेरा मानिसहरू ज्ञानको कमिले गर्दा नष्‍ट भइरहेका छन्। तिमी पुजारीहरूले ज्ञानलाई इन्कार गरेको कारणले, तिमीहरूलाई मेरो पुजारी हुनबाट म पनि इन्कार गर्नेछु।तिमीहरूले मेरो व्यवस्थालाई बिर्सेका कारणले, म तिमीहरूका परमेश्‍वर भए पनि म तिमीहरूका छोराछोरीलाई बिर्सनेछु। 7पुजारीहरूका सङ्ख्या जति धैरै वृद्धि भयो,त्‍यति नै धेरै तिनीहरूले मेरो विरूद्धमा पाप गरे। आफ्नो आदरलाई तिनीहरूले लाजसँग साटे। 8मेरा मानिसहरूको पापमा तिनीहरू पोसिन्‍छन्, र उनीहरूले धेरै दुष्‍टता गरून् भन्‍ने तिनीहरूको इच्‍छा हुन्‍छ। 9पुजारीहरूलाई जस्‍तो गरियो मानिसहरूलाई त्‍यस्‍तै गरिनेछः तिनीहरूका अभ्‍यासहरूका निम्‍ति म तिनीहरू सबैलाई दण्ड दिनेछु, तिनीहरूका कामहरूको बदला म तिनीहरूलाई दिनेछु। 10तिनीहरूले खानेछन् तर तिनीहरूसँग येथेष्‍ट हुनेछैन, तिनीहरूले वेश्‍यागमन गर्नेछन् तर वृद्धि हुनेछैन, किनभने तिनीहरू परमप्रभुबाट धेरै टाढा गएका छन्। 11तिनीहरूलाई यौनको छाडापन, दाखमद्य र नयाँ मद्य मन पर्छ, जसले तिनीहरूका समझलाई नाश पारेका छन्। 12मेरा मानिसहरूले काठका मूर्तिहरूसँग सल्लाह लिन्छन्, र तिनीहरूका लौरोले तिनीहरूलाई अगमवाणीहरू दिन्छन्। किनभने यौनको छाडापनको विचारले तिनीहरूलाई भ्रममा पारेको छ, र आफ्‍ना परमेश्‍वरमा विश्‍वसयोग्‍य हुन छोडेर वेश्‍याहरूले जस्‍तो व्यवहार तिनीहरूले गरेका छन्। 13पर्वतका टाकुराहरूमा तिनीहरूले बलि चढाउँछन् र पहाडहरूमा, फलाँट, लहरे-पीपल र तारपीनका फेदमा धूप बाल्छन्, किनभने छाया शितल हुन्छ। यसैले तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्छन्, अनि तिमीहरूका बुहारीहरूले व्यभिचार गर्छन्। 14तिमीहरूका छोरीहरूले यौनका अनैतिक काम गर्दा म तिनीहरूलाई दण्ड दिनेछैन, न त तिमीहरूका बुहारीहरूले व्यभिचार गर्दा तिनीहरूलाई दण्ड दिनेछु। किनकि पुरुषहरूले पनि आफैंलाई वेश्‍याहरूकहाँ दिन्छन्, र पवित्र वेश्‍याहरूसँग तिनीहरूले अनैतिक काम गर्न सकून् भनेर तिनीहरू बलिदानहरू चढाउँछन्। यी मानिसहरू जसले बुझ्‍दैनन्, तिनीहरू तल फालिनेछन्। 15तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस्। ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ। 16किनकि एउटी अटेरी साँडी-गाईले झैं इस्राएलले अटेरी भएर व्यवहार गरेको छ। भेडाहरूलाई घाँसे-मैदानमा लगेझैं परमप्रभुले कसरी तिनीहरूलाई खर्कमा लान सक्‍नुहुन्‍छ? 17एफ्राइमले आफूलाई मूर्तिहरूसँग मिलाएको छ। त्यसलाई वास्‍तै नगर। 18तिनीहरूका कडा दाखमद्यले छोड्दा पनि, तिनीहरू निरन्‍तर व्यभिचारमा गर्छन्। र त्यसको शासकहरूले आफ्‍नो लज्‍जास्‍पद कुरालाई ज्यादै मन पराउँछन्। 19हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।