सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

होशे 12

यो अध्याय यसमा पर्छ: Aanklacht en liefde

1एफ्राइमले हावा खान्‍छ र त्यसले पूर्वीय बतासको पछि लाग्‍छ। त्यसले झुट र हिंसालाई निरन्तर बढाउँछ। तिनीहरूले अश्‍शूरसँग करार बाँध्‍दछन् र मिश्रदेशमा जैतूनको तेल लान्छन्। 2यहूदाको विरुद्ध परमप्रभुसँग एउटा मुद्धा छ र याकूबले जे गरेको छ, त्यसको लागि दण्ड दिनुहुनेछ। त्यसका कामहरूका निम्‍ति उहाँले त्यसलाई बदला दिनुहुनेछ। 3गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्‍चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्‍वरसँग लडन्‍त गरे। 4तिनले स्वर्गदूतसँग लडन्‍त गरे र जिते। तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे। तिनले बेथेलमा परमेश्‍वरलाई भेटे। त्यहाँ तिनीसँग परमेश्‍वर बोल्‍नुभयो। 5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्‍वर हुनुहुन्छ। पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो। 6यसैले आफ्नो परमेश्‍वरकहाँ फर्क। करारको विश्‍वस्‍तता र न्याय कायम राख र आफ्नो परमेश्‍वरमा निरन्तर पर्ख। 7व्यापारीहरूका हातमा छलको तराजु रहेको छ, तिनीहरूलाई छल गर्न मन पराउँछन्। 8एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु। आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु। मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन्।” 9“मिश्रदेशदेखि नै म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। तोकिएको चाडका दिनहरूमा झैं, तिमीहरूलाई फेरि म पालहरूमा बस्‍ने बनाउनेछु। 10म अगमवक्ताहरूसँग बोलें, र तिमीहरूका निम्ति मैले तिनीहरूलाई धेरै दर्शनहरू दिएँ। अगमवक्ताहरूका हातद्वारा मैले दृष्‍टान्‍तहरू दिएँ।” 11गिलादमा दुष्‍टता छ भने, निश्‍चय नै त्यहाँका मानिसहरू बेकामका छन्। गिलगालमा तिनीहरू साँढेहरू बलि चढाउँछन्। तिनीहरूका वेदीहरू जोतेको खेतमा ढुङ्गाका थुप्रोझैं हुनेछन्। 12याकूब अरामको देशमा भागे। एक जना पत्‍नी पाउनलाई इस्राएलले काम गरे, र एक जना पत्‍नी पाउनलाई तिनले भेडाका बगालको रेखदेख गरे। 13परमप्रभुले एक जना अगमवक्ताद्वारा इस्राएललाई मिश्रदेशबाट बाहिर ल्याउनुभयो, र एक जना अगमवक्ताद्वारा नै उहाँले तिनीहरूको रेखदेख गर्नुभयो। 14एफ्राइमले परमप्रभुलाई अत्यन्तै क्रोधित पारेको छ। यसैले त्यसका परमप्रभुले त्यसको रगतको दोष त्यसमाथि नै छोड्नुहुनेछ र त्यसको अपमान त्‍यसैलाई फर्काउनुहुनेछ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।