सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 राजाहरू 25

यो अध्याय यसमा पर्छ: Juda tot de ballingschap

1राजा सिदकियाहको शासनकालको नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा बेबिलोनका राजा नबूकदनेसर आफ्ना सबै सेना लिएर यरूशलेमको विरुद्धमा आए। तिनले यसको सामु छाउनी हाले र तिनीहरूले यसको चारैतिर घेरा हाले। 2त्यसैले राजा सिदकियाहको शासनकालको एघारौँ वर्षसम्म सहरलाई घेरा हालियो। 3त्यस वर्षको चौथो महिनाको नवौँ दिनमा सहरमा यति घोर अनिकाल पर्‍यो कि देशका मानिसहरूका लागि खानेकुरा भएन। 4तब सहरको पर्खाल तोडेर भित्र प्रवेश गरियो र रातमा राजाको बगैँचानेर भएका दुईवटा पर्खालको बिचको ढोकाको बाटोबाट सबै योद्धा भागे, जबकि कल्दीहरूले सहरको चारैतिर घेरा लगाई राखेकै थिए। राजा अराबाको दिशातिर गए। 5तर कल्दीहरूका सेनाले सिदकियाह राजालाई खेदे, र यरीहो नजिकैको यर्दन नदीका मैदानहरूमा तिनलाई भेट्टाए। तिनका सबै सेना तिनीबाट तितर-बितर भए। 6तिनीहरूले राजालाई गिरफ्‍तार गरे र तिनलाई रिब्लामा बेबिलोनका राजाकहाँ ल्याए, जहाँ तिनीहरूले तिनलाई फैसला सुनाए। 7तिनीहरूले सिदकियाहका छोराहरूलाई तिनकै आँखाका सामु मारे। तब तिनका आँखा तिनले निकाले, तिनलाई काँसाका साङ्लाहरूले बाँधे र तिनलाई बेबिलोनमा ल्याए। 8अब बेबिलोनका राजा नबूकदनेसरको शासनकालको उन्‍नाइसौँ वर्षको पाँचौँ महिनाको सातौँ दिनमा बेबिलोनका राजाका सेवक अनि अङ्गरक्षकहरूका सेनापति नबूजरदान यरूशलेममा आए। 9परमप्रभुको मन्दिर, राजदरबार र यरूशलेमका सबै घरहरूमा तिनले आगो लगाए। सहरका हरेक महत्त्वपूर्ण भवनमा पनि तिनले आगो लगाए। 10अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए। 11बेबिलोनका राजालाई वेवास्‍ता गरेका सहरमा बाँकी बचेका मानिसहरू अनि बाँकी रहेका अरू मानिसहरूका सम्‍बन्‍धमा अङ्गरक्षकहरूका सेनापति नबूजरदानले, तिनीहरूलाई निर्वासनमा लगे। 12तर अङ्गरक्षकहरूका सेनापतिले दाखबारी र खेतबारीमा काम गर्न सबैभन्दा गरिबहरूलाई त्यहीँ छाडिदिए। 13परमप्रभुको मन्दिरमा राखिएका काँसाका स्तम्भहरू, आधारहरू र काँसाको विशाल खड्कुँलोलाई कल्दीहरूले टुक्राटुक्रा पारे र काँसालाई बेबिलोनमा लगे। 14भाँडाहरू, बेल्चाहरू, सलेदाका चिम्टाहरू, चम्चाहरू र मन्दिरमा पुजारीहरूले सेवा गर्दा प्रयोग गरिने काँसाका सबै सामान पनि कल्दीहरूले लगे। 15राजाका सेनापतिले खरानी उठाउने भाँडाहरू अनि सुन र चाँदीले बनेका कचौराहरू लिएर गए। 16सोलोमनले मन्दिरको लागि बनाएका दुईवटा स्तम्भ, विशाल खड्कुँलो र आधारहरूमा भएका काँसा जोख्‍नै सकिंदनथ्यो। 17पहिलो स्तम्भको उचाइ अठार हात थियो, र स्तम्भमाथि एउटा स्तम्भ-शिर थियो। स्तम्भ-शिर तिन हात अग्लो थियो, र यो काँसाको जाली र दारिमका बुट्टाले चारैतिर भरिएको थियो। अर्को स्तम्भ र यसका जालीसमेत सबै पहिलेको जस्तै थियो। 18अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए। 19सिपाहीहरूको जिम्मामा भएका अधिकारी, अनि सहरमा अझै बाँकी रहेका राजाका पाँच जना सल्लाहकारलाई तिनले सहरबाट कैद गरेर लगे। मानिसहरूलाई सेनामा भर्ती गर्ने मुख्य अधिकृत र देशमा भएका अन्य साठी जना विशिष्‍ट मानिसलाई पनि तिनले कैद गरेर लगे। 20तब अङ्गरक्षकका सेनापति नबूजरदानले तिनीहरूलाई लगे र रिब्लामा बेबिलोनका राजाकहाँ ल्‍याए। 21बेबिलोनका राजाले हमात देशको रिब्लामा तिनीहरूलाई मारे। यसरी यहूदा आफ्नो देशबाट निर्वासनमा लगियो। 22बेबिलोनका राजा नबूकदनेसरले शापानका नाति, अहीकामका छोरा गदल्याहलाई यहूदामा बाँकी छोडिएका मानिसहरूमाथि निरिक्षक नियुक्त गरे। 23बेबिलोनका राजाले गदल्याहलाई राज्यपाल बनाए भनेर जब सिपाहीहरूका सबै सेनापति र तिनीहरूका मानिसहरूले सुने, तब तिनीहरू मिस्पामा गदल्याहकहाँ गए। यी मानिसहरू नतन्याहका छोरा इश्माएल, कारेहका छोरा योहानान, नतोपाती तन्हूमेतका छोरा सरायाह र माकातीका छोरा याजन्याह र तिनीहरूका मानिसहरू थिए। 24गदल्याहले तिनीहरू र तिनीहरूका मानिसहरूसँग शपथ खाए र तिनीहरूलाई भने, “कल्दीका अधिकारीहरूदेखि नडराओ। यही देशमा बसे र बेबिलोनका राजाको सेवा गर, र तिमीहरूको भलो हुने छ।” 25तर सातौँ महिनामा एलीशामाका नाति, नतन्याहका छोरा इश्माएल जो राजकीय वंशका थिए, तिनले दस जना मानिसलाई लिएर आए र गदल्याहलाई आक्रमण गरे। मिस्पामा आफूसँग भएका यहूदाका मानिसहरू र बेबिलोनीहरूसँगै गदल्याहको मृत्‍यु भयो। 26तब सानादेखि ठुलासम्‍म सबै मानिससाथै सिपाहीहरूका सेनापतिहरू उठे, र तिनीहरू मिश्रमा गए किनकि तिनीहरू बेबिलोनीहरूदेखि डराएका थिए। 27यहूदाका राजा यहोयाकीन निर्वासन भएको सैँतिसौँ वर्षको बाह्रौं महिनाको सत्ताइसौँ दिनमा बेबिलोनका राजा एबील-मरोदकले यहूदाका राजा यहोयाकीनलाई झ्यालखानाबाट मुक्त गरिदिए। एबील-मरोदकले राज्‍य गर्न सरु गरेको वर्षमा यो भएको थियो। 28राजाले तिनीसँग दयापूर्वक कुरा गरे, र बेबिलोनमा तिनीसित भएका अरू राजाहरूलाई भन्दा तिनलाई इज्‍जतदार ठाउँमा बसाए। 29एबील-मरोदकले यहोयाकीनका कैदका लुगाहरू उतारे, र यहोयाकीनले आफ्नो बाँकी जीवनकालभरि राजाको टेबुलमा बसेर नियमित रूपमा खाए। 30तिनको जीवनको बाँकी समयभरि हरेक दिन खानाको भत्ता तिनलाई नियमित रूपमा दिइयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।