सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 9

यो अध्याय यसमा पर्छ: Vrijheid en offervlees

1के म स्वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र? 2म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ। तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ। 3यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः 4के हामीलाई खाने र पिउने अधिकार छैन? 5के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन? 6अथवा के बारनाबास र मैले मात्र काम गर्नु पर्छ? 7कसले आफ्नै खर्चमा सिपाहीको रूपमा सेवा गर्छ? कसले दाखबारी लगाएर त्यसको फल खाँदैन र? कसले गाईवस्तु पालेर तिनीहरूबाट दूध पिउँदैन र? 8के मैले यी कुराहरू मानवीय अधिकारको आधारमा भनिरहेको छु? के व्यवस्थाले पनि यसै गर भन्दैन र? 9मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ।” के परमेश्‍वरले साँच्‍चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ? 10के उहाँले हामीहरूका निम्ति नै यो बोलिरहनुभएको छैन र? यो हाम्रो निम्ति लेखिएको हो। किनभने खेत जोत्‍नेले बालीको आशा राखेर नै जोत्‍नुपर्छ र बाली चुट्नेले पनि बाली भित्र्याउने आशले नै चुट्नुपर्छ। 11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्‍यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र? 12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ। बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ। 13के मन्दिरमा सेवा गर्नेले मन्दिरबाट नै खानेकुरा पाउँछन् भन्‍ने तिमीहरूलाई थाहा छैन? वेदीमा सेवा गर्नेले वेदीमा चढाइएको कुराको हिस्सा पाउँछ भन्‍ने तिमीहरूलाई थाहा छैन र? 14त्यसरी नै सुसमाचार प्रचार गर्नेले त्यसैबाट जीविका चलाओस् भनेर परमप्रभुले आज्ञा गर्नुभयो। 15तर मैले यी कुनै पनि हकहरूको दाबी गरिनँ। र मेरो लागि केही गरियोस् भनेर म यो लेख्दिनँ। यो गर्व गर्ने कुरादेखि कसैले मलाई वञ्‍चित गर्छ भने म बरु मर्न तयार छु। 16मैले सुसमाचार प्रचार गरेँ भनेर मैले घमण्ड गर्ने कारण नै छैन, किनभने मैले यो गर्नुपर्छ। यदि मैले सुसमाचार प्रचार गरिनँ भने मलाई धिक्‍कार छ। 17किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु। तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ। 18त्यसो भए मेरो इनाम के हो? यही हो कि जब म प्रचार गर्छु, सित्तैँमा सुसमाचार प्रचार गरूँ र सुसमाचरमा मेरो हकको पूर्ण प्रयोग नगरूँ। 19किनकि म सबै कुरामा स्वतन्‍त्र भए तापनि धेरैलाई जित्‍न सकौँ भनेर म सबैको दास भएँ। 20यहूदीहरूलाई जित्‍नको लागि म यहूदीजस्तै बनेँ। व्यवस्थाको अधीनमा भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाको अधीनमा भएको जस्तै बनेँ। म आफैँ व्यवस्थाको अधीनमा नभए तापनि मैले यसो गरेँ। 21म आफैँ परमेश्‍वरको व्यवस्थाबाट बाहिर नभएर ख्रीष्‍टको व्यवस्थामा भए तापनि व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍नको निम्ति म व्यवस्थाबाट बाहिर भएजस्तै बनेँ। व्यवस्थाबाट बाहिर भएकाहरूलाई जित्‍न सकूँ भनेर मैले यसो गरेँ। 22कमजोरहरूलाई जित्‍न सकूँ भनेर कमजोरहरूको लागि म कमजोर बनेँ। सबै उपायहरूद्वारा केहीलाई बचाउन सकूँ भनेर म सबै मानिसहरूका लागि सबै कुरा बनेको छु। 23सुसमाचारको खातिर म सबै कुराहरू गर्छु ताकि यसका आशिष्‍हरूमा म सहभागी हुन सकूँ। 24दौडमा सबै मानिसहरू दौडिन्छन्, तर एक जनाले मात्र पुरस्कार पाउँछ भन्‍ने कुरा के तिमीहरूलाई थाहा छैन? त्यसैले, पुरस्कार पाउने गरी दौड। 25एउटा खेलाडी सबै तालिमहरूमा आत्मसंयमी हुन्छ। तिनीहरूले नाश हुने माला पाउनको लागि यसो गर्छन्, तर हामी नाश नहुने माला पाऔँ भनेर दौडन्छौँ। 26त्यसैले, म बिनाउदेश्य वा हावामा दौडन्‍नँ। 27तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।