सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 कोरिन्थी 13

यो अध्याय यसमा पर्छ: Samenkomen

1मानौँ, म मानिसहरू र स्वर्गदूतहरूको भाषामा बोल्छु, तर मसँग प्रेम छैन भने म हल्ला मच्‍चाउने घण्टा र झ्याइँ-झ्याइँ गर्ने झ्याली मात्र हुन्छु। 2मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ। 3र मानौँ, मसँग भएका सबै थोकहरू गरिबहरूलाई खुवाउनको लागि दिन्छु अनि मेरो शरीरलाई जलाउन दिन्छु, तर मसँग प्रेम छैन भने मलाई केही पनि फाइदा हुँदैन। 4प्रेम सहनशील र दयालु हुन्छ। प्रेमले डाह वा घमण्ड गर्दैन। यो अहङ्कारी हुँदैन। 5वा प्रेम रुखो हुँदैन। यसले आफ्नै स्वार्थ खोज्दैन। यो सजिलै रिसाउँदैन न त यसले खराबीको हिसाब राख्छ। 6प्रेम अधार्मिकतामा खुसी हुँदैन। बरु, यो सत्यतामा रमाउँछ। 7प्रेमले सबै कुरा सहन्छ; सबै कुरामा विश्‍वास गर्छ; सबै कुरामा आत्मविश्‍वासी हुन्छ अनि सबै कुरामा स्थिर रहन्छ। 8प्रेमको कहिलै अन्त्य हुँदैन। अगमवाणीहरू बितेर जानेछन्। भाषाहरू बन्द हुनेछन्। अनि ज्ञान बितेर जानेछ। 9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ। 10तर जब सिद्ध आउँछ अनि अपूर्ण कुरा बितेर जानेछ। 11जब म बालक थिएँ बालकले जस्तै बोलेँ र बालकले जस्तै सोचेँ अनि बालकले जस्‍तै तर्कहरू गरेँ। जब वयस्क भएँ बालकका चालहरू छोडी दिएँ। 12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ। अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु। 13तर अब यी तिनवटा कुरा रहन्छन्: विश्‍वास, भविष्‍‍यको निश्‍चयता र प्रेम। तर यी सबैमा सर्वोत्तमचाहिँ प्रेम नै हो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।