सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 राजाहरू 15

यो अध्याय यसमा पर्छ: Het rijk gesplitst

1नबातका छोरा राजा यारोबामको शासनकालको अठारौँ वर्षमा अबियाले यहूदामाथि शासन गर्न थाले। 2तिनले यरूशलेममा तिन वर्ष राज्य गरे। तिनकी आमाको नाउँ माका थियो। उनी अबीशालोमकी छोरी थिइन्। 3अबिया तिनको समयभन्दा अगि तिनका पिताले गरेका सबै पापमा हिँडे। तिनको ह्रदय तिनका पुर्खा दाऊदको ह्रदयजस्तै परमप्रभु तिनका परमेश्वरप्रति समर्पित भएन। 4तरै पनि दाऊदको खातिर परमप्रभु तिनका परमेश्वरले यरूशलेमलाई बलियो बनाउन तिनी पछि तिनको छोरोलाई उठाएर यरूशलमेमा तिनलाई एउटा बत्ती दिनुभयो। 5दाऊदले परमेश्वरको दृष्टिमा जे ठिक छ, त्यही गरेकाले उहाँले यसो गर्नुभयो। किनकि हित्ती उरियाहको विषयमा बाहेक उहाँले तिनलाई दिनुभएको कुनै पनि आज्ञाबाट तिनी आफ्नो जीवनभर तर्केर गएनन्। 6अबियाको जीवनभर रहबाम र यारोबामको बिचमा युद्ध भइरह्‍यो। 7के अबियाले गरेका अन्य कामहरू यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? अबिया र यारोबामको बिचमा युद्ध चलेको थियो। 8अबिया आफ्ना पित्रहरूसित सुते, र तिनीहरूले तिनलाई दाऊदको सहरमा गाडे। तिनको ठाउँमा तिनका छोरा आसा राजा भए। 9इस्राएलका राजा यारोबामको बिसौँ वर्षमा आसाले यहूदामाथि शासन गर्न थाले। 10तिनले यरूशलेममा एकचालिस वर्ष राज्य गरे। तिनकी हजुर आमाको नाउँ माका थियो जो अबीशालोमकी छोरी थिइन्। 11आसाले तिनका पुर्खा दाऊदले परमप्रभुको दृष्टिमा जे ठिक छ, त्यही गरे। 12तिनले देशबाट झुटो धर्मसम्बन्धी वेश्याहरूलाई निष्कासन गरे, र तिनका पुर्खाहरूले बनाएका सबै मुर्तिलाई हटाइदिए। 13तिनले आफ्नी हजुर आमा माकालाई पनि राजमाताको पदबाट हटाए किनकि उनले अशेरा देवीको एउटा घिनलाग्दो मूर्ति बनाएकी थिइन्। आसाले त्यस घिनलाग्दो मूर्तिलाई टुक्राटुक्रा पारी किद्रोन उपत्यकामा लगेर जलाइदिए। 14तर डाँडाका थानहरू भने हटाइएनन्। तरै पनि आसाको ह्रदय तिनको जिवनकालभरि परमप्रभुप्रति पूर्ण रूपमा समर्पित थियो। 15तिनले आफ्ना पिताद्वारा अलग गरिएका कुराहरू र तिनी आफैले बनाएर अलग गरेका सुन, चाँदीसाथै भाँडाकुँडाहरू परमप्रभुको मन्दिरभित्र ल्याए। 16आसा र इस्राएलका राजा बाशाका राज्यकालभरि तिनीहरूको बिचमा युद्ध चलिरह्‍यो। 17इस्राएलका राजा बाशा यहूदाको विरुद्धमा आक्रामक रूपमा आए, र यहूदका राजा बाशाको देशमा कसैलाई प्रवेश गर्न नदिन तिनले रामामा किल्ला निर्माण गरे। 18त्यसपछि आसाले परमप्रभुको मन्दिर र राजाको महलका भण्डारहरूमा छाडिएका सबै चाँदी र सुन लिए। तिनले ती आफ्ना अधिकारीहरूका हातमा दिए, र त्यसलाई तब्रिमोनका छोरा, हेज्योनका नाति अरामका राजा बेन-हददकहाँ पठाइदिए जो दमस्कसमा बस्थे। तिनले भने, 19“मेरा पिता र तपाईंका पिताको बिचमा भएजस्तै तपाईं र मेरो बिचमा एउटा करार बाँधियोस्। हेर्नुहोस्, मैले तपाईंकहाँ चाँदी र सुनको उपहार पठाएको छु। इस्राएलका राजा बाशासितको करार तोड्नुहोस् ताकि तिनले मलाई एकलै छाडून्।” 20बेन-हददले राजा आसाको कुरा सुने र आफ्ना सेनापतिहरू पठाए, अनि तिनीहरूले इस्राएलका सहरहरूमाथि आक्रमण गरे। तिनीहरूले इयोन, दान, हाबिल-बेथ-माका र नप्तालीको क्षेत्रसमेत सबै सारा किन्नरेतलाई आक्रमण गरे। 21जब बाशाले यो कुरा सुने तिनले रामामा किल्ला निर्माण गर्न छाडेर तिनी तिर्सामा फर्केर गए। 22तब राजा आसाले सारा यहूदामा एउटा घोषणा गरे जसमा कोही पनि छुटेको थिएन। तिनीहरूले बाशाले रामा सहर निर्माणको लागि प्रयोग गरिरहेका ढुङ्गाहरू र काठहरू लिएर गए। तब राजा आसाले बेन्यामीनको गेबा र मिस्माको निर्माणमा ती सामग्रीहरूको प्रयोग गरे। 23के आसाले गरेका अरू कामहरू, तिनका सारा शक्ति र तिनले निर्माण गरेका सहरहरूको बारेमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? तर तिनको वृद्धावस्थामा तिनको खुट्टामा रोग लाग्यो। 24त्यसपछि आसा आफ्ना पित्रहरूसित सुते र तिनलाई तिनका पिता पुर्खा दाऊदको सहरमा गाडियो। तिनको ठाउँमा तिनका छोरा यहोशापात राजा भए। 25यहूदाका राजा आसाको दोस्रो वर्षमा यारोबामका छोरा नादाबले इस्राएलमाथि शासन गर्न थाले। तिनले इस्राएलमाथि दुई वर्ष राज्य गरे। 26तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र आफ्ना पिताको चालमा हिँडे। तिनी आफ्नै पापमा हिँडे र इस्राएललाई पनि पाप गर्न लगाए। इस्साखारको घरानाका 27अहियाहका छोरा बाशाले नादाबको विरुद्धमा षड्यन्त्र रचे। बाशाले तिनलाई पलिश्तीहरूको सहर गिब्बतोनमा मारे किनकि नादाब र सारा इस्राएलले गिब्बतोनलाई घेरा हाल्दै थिए। 28यहूदाका राजा आसाको तेस्रो वर्षमा बाशाले नादाबलाई मारे, तिनको ठाउँमा तिनी राजा बने। 29तिनी राजा हुनेबित्तिकै बाशाले याराबामको सारा घरानालाई मारे। तिनले यारोबामको कुनै पनि सन्तानलाई जिउँदो राखेनन्। यसरी परमप्रभुले आफ्ना दास शीलोका अहियाहद्वारा बोल्नुभएझैँ तिनले यारोबामको सबै राजकीय वंशलाई नष्ट गरिदिए। 30यारोबामले गरेका पाप र तिनले इस्राएललाई गर्न लगाएका पापको कारण तिनीहरूले इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाएकाले यसो हुन आएको हो। 31के नादाबका अरू कार्यहरू र तिनले गरेका कामको विषयमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र? 32आसा र इस्राएलका राजा बाशाको बिचमा तिनीहरूको राज्यकालभरि युद्ध चलिरह्‍यो। 33यहूदाका राजा आसाको तेस्रो वर्षमा अहियाहका छोरा बाशाले तिस्रामा बसी सारा इस्राएलमाथि शासन गर्न थाले, र तिनले चौबिस वर्ष राज्य गरे। 34तिनले परमप्रभुको दृष्टिमा जे खराब छ, त्यही गरे, र तिनी यारोबामको मार्ग र तिनले इस्राएललाई गर्न लगाएको पापमा हिँडे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।