सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लेवीहरू 18

यो अध्याय यसमा पर्छ: Wees heilig

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। 3तिमीहरू पहिले बसोबास गर्ने मिश्रका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू। मैले तिमीहरूलाई लैजान लागेको देश अर्थात् कनानका मानिसहरूले त्यहाँ जे गर्थे ती तिमीहरूले नगर्नू। तिमीहरूले तिनीहरूका रीतिरिवाजहरू नपछ्‍याउनू। 4मेरो व्यवस्था तिमीहरूले पालन गर्नू, र मेरा आज्ञाहरू मान्‍नू, र तीअनुसार तिमीहरू हिँड्नू, किनभने म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ। 5यसैकारण तिमीहरूले मेरा आज्ञाहरू मान्‍नू र मेरा व्यवस्था पालन गर्नू। ती पालन गर्ने मानिस तीद्वारा नै बाँच्‍दछ। म परमप्रभु हुँ। 6आफ्नो नजिकको नातेदारसँग सुतेर कसैले पनि आफ्नो नग्‍नता नदेखाओस्। म परमप्रभु हुँ। 7आफ्नी आमासँग सुतेर आफ्ना बुबाको अनादार नगर्नू। त्यो तेरी आमा हो! तैँले त्यसलाई अनादर नगर्। 8आफ्ना बुबाकी कुनै पत्‍नीसँग पनि नसुत्। त्यस्तो काम गरेर आफ्ना बुबाको अनादर नगर्। 9आफ्नी कुनै दिदी-बहिनीसँग नसुत्, चाहे त्यो तेरो बुबाकी छोरी वा आमाकी छोरी होस्, चाहे त्यो तेरो घरमा वा घरबाट टाढा हुर्काइएकी होस्। आफ्नी दिदी-बहिनीसँग नसुत्। 10आफ्नो छोरा वा छोरीको छोरीसँग नसुत्। त्यो तेरो निम्ति शर्मको कुरा हो। 11आफ्ना बुबाकी पत्‍नीकी छोरीसँग नसुत्, जो तेरो बुबाबाट जन्मेकी थिई। त्यो तेरो बहिनी हो, र तँ त्योसँग नसुत्। 12आफ्ना बुबाकी दिदी-बहिनीसँग नसुत्। त्यो तेरो बुबाको नजिकको नातेदार हो। 13आफ्नी आमाकी दिदी-बहिनीसँग नसुत्। त्यो तेरी आमाको नजिकको नातेदार हो। 14आफ्ना बुबाको दाजु वा भाइकी पत्‍नीसँग सुतेर त्यसको अनादर नगर्। त्यस्तो कामको निम्ति त्यसको नजिक नजा, त्यो तेरी काकी हो। 15आफ्नी बुहारीसँग नसुत्। त्यो तेरो छोरोकी पत्‍नी हो, त्योसँग नसुत्। 16आफ्नो दाजु वा भाइकी पत्‍नीसँग नसुत्। यस्तो काम गरेर त्यसको अनादर नगर्। 17कुनै स्‍त्री र त्यसकी छोरी दुवैसँग नसुत्, वा त्यसको छोराकी छोरीसँग वा त्यसकी छोरीकी छोरीसँग नसुत्। तिनीहरू त्यस स्‍त्रीका नजिकका नातेदार हुन् र तिनीहरूसँग सुत्‍नु दुष्‍टता हो। 18आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत्। 19कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर्। त्यो समयमा त्यो अशुद्ध हुन्छे। 20आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना। 21आफ्ना छोराछोरीहरूलाई मोलोखको निम्ति बलि गर्नलाई तिनीहरूलाई आगोमा नहाल्नू, किनभने तिमीहरूले यसो गरेर आफ्ना परमेश्‍वरको नाउँलाई अपवित्र नबनाउनू। म परमप्रभु हुँ। 22स्‍त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्‍नू। यो दुष्‍टता हो। 23कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू। कुनै पनि स्‍त्री कुनै पशुसँग नसुत्‍नू। यो अस्वाभाविक दुराचरण हो। 24यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन्। 25तिनीहरूको भूमि अपवित्र भयो, र यसैकारण मैले तिनीहरूका पापको दण्ड दिएँ, र त्यस भूमिले त्यसका बासिन्दाहरूलाई उकेलेर निकालिदियो। 26यसैकारण, तिमीहरूले मेरा आज्ञाहरू र विधिहरू पालन गर्नू, र इस्राएलका स्वदेशी वा तिमीहरूका बिचमा बसोबास गर्ने परदेशी जोकोहीले कुनै पनि यस्ता घृणास्‍पद काम नगर्नू। 27तिमीहरूभन्दा अगि यस भूमिमा बसोबास गर्ने मानिसहरूले यस्तै दुष्‍ट काम गरे, र यसैकारण सारा देश नै अपवित्र भयो। 28तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस्। 29तिमीहरूमध्ये जो कोहीले यस्ता घृणास्पद कामहरू गर्दछन् भने, तिनीहरू आफ्ना मानिसहरूबाट बहिष्‍कृत हुने छन्। 30तिमीहरूभन्दा अगि यहाँ अभ्यास हुने गरेका कुनै यस्ता घृणास्‍पद रीतिरिवाजहरूलाई तिमीहरूले अभ्यास नगरेर मेरो आज्ञा पालन गर्नू अनि यसरी तिमीहरूले यस्ता कामले आफैलाई अपवित्र बनाउने छैनौ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।