सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लेवीहरू 12

यो अध्याय यसमा पर्छ: Rein en onrein

1परमप्रभुले मोशालाई भन्‍नुभयो, 2“इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे। 3आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ। 4त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ। त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन। 5तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे। त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ। 6त्यसको शुद्धिकरणको समय पुरा भएपछि छोराको निम्ति होस् वा छोरीको निम्ति होस्, त्यसले पुजारीकहाँ भेट हुने पालको प्रवेशद्वारमा होमबलिको निम्ति एउटा एक वर्षे भेडाको बच्‍चा, र पाप बलिको निम्ति एउटा परेवाको बचेरो वा ढुकुर ल्याओस्। 7त्यसपछि पुजारीले त्यो परमप्रभुको अगि चढाएर त्यस स्‍त्रीको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यो आफ्नो रक्‍तस्रावबाट शुद्ध हुने छे। छोरा वा छोरी जन्माउने स्‍त्रीको निम्ति विधि यही नै हो। 8यदि त्यस स्‍त्रीको भेडाको बच्‍चा ल्याउने क्षमता छैन भने, त्यसले होमबलिको निम्ति एउटा र पापबलिको निम्ति एउटा गरेर दुईवटा ढुकुर वा परेवाका दुईवटा वचेरा ल्याओस्, र पुजारीले त्यसको निम्ति प्रायश्‍चित्त गर्ने छ अनि त्यो शुद्ध हुने छे’।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।