सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 20

यो अध्याय यसमा पर्छ: De reizen van Paulus

1खैलाबैला सकिएपछि, पावलले चेलाहरूलाई बोलाए र तिनीहरूलाई उत्साह दिए। तब तिनीहरूबाट बिदा भएर उनी माकेडोनिया जानका लागि हिँडे। 2उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे। 3उनले त्यहाँ तिन महिना बिताइसकेपछि जब उनी जहाजद्वारा यात्रा गरेर सिरियातर्फ लाग्‍ने तरखर गर्दै थिए, तब यहूदीहरूले उनको विरुद्धमा एउटा षडयन्‍त्र रचे। त्यसैले उनी माकेडोनिया भएर फर्किने निर्णय गरे। 4उनलाई एसियासम्म बेरिया निवासी पुरोसका छोरा सोपात्रोस, थेसलोनिकेका विश्‍वासीहरूबाट दुई जना अरिस्तार्खस र सिकन्दस; डर्बीका गायस; तिमोथी; अनि एसियाबाट तुखिकस र त्रोमिफसले साथ दिए। 5तर यी मानिसहरू हामीभन्दा अगि गएका थिए र त्रोआसमा हामीलाई पर्खिरहेका थिए। 6अखमिरी रोटीको चाडपछि हामी फिलिप्पीबाट जहाजमा चढेर हिँड्यौँ र पाँच दिनमा हामी त्रोआसमा तिनीहरूकहाँ आयौँ। त्यहाँ हामी सात दिनसम्म बस्यौँ। 7हप्‍ताको पहिलो दिन जब हामी रोटी भाँच्‍नलाई भेला भएका थियौँ, तब पावल विश्‍वासीहरूसँग बोल्न थाले। उनले त्यहाँबाट अर्को दिन हिँड्ने योजना गरेकाले उनी मध्यरातसम्मै बोलिरहे। 8हामीहरू भेला भएको माथिल्लो कोठामा धेरै बत्तीहरू थिए। 9युटिकस नाउँको एक जना जवान मानिस झ्यालमा बसिरहेको थियो, र त्यो गहिरोमा निद्रमा पर्यो। पावलले अझै बोल्दै जाँदा निद्रामा परेको त्यो जवान मानिस तेस्रो तल्लाबाट झर्यो र तिनीहरूले त्यसलाईलाई मृत अवस्थामा उठाए। 10तर पावल तल गएर त्यसतिनीमाथि लम्पसार परे र त्यसलाई अँगालोमा हाले। त्यसपछि उनले भने “चिन्तित नहुनुहोस् किनभने ऊ जीवितै छन्।” 11त्यसपछि उनी फेरि माथिल्लो तल्लामा गए र रोटी भाँचे र खाए। झिसमिसे उज्यालो हुदाँसम्म पनि उनले तिनीहरूसँग कुराकानी गरिरहे र त्यसपछि त्यहाँबाट हिँडे। 12तिनीहरूले ती ठिटालाई जीवितै ल्याए र धेरै सान्त्वना पाए। 13हामी पावलभन्दा अगि जहाजमा चढेर आस्सोसतिर लाग्यौँ, जहाँ हामीले पावललाई जहाजमा ल्याउने योजना गर्‍यौँ। उनी आफैँले यस्तो चाहना गरे किनकि उनले जमिनको बाटो भएर जाने योजना गरेका थिए। 14उनले हामीलाई आस्सोसमा भेटेपछि, हामीले उनलाई जहाजमा लियौँ अनि मिटिलेने गयौँ। 15त्यसपछि हामी त्यहाँबाट यात्रा गरेर अर्को दिन खियोस टापुको सामुन्‍ने आइपुग्यौँ। भोलिपल्ट सामोस टापुमा पुग्यौँ अनि अर्को दिन हामी मिलेटस सहरमा आयौँ। 16सम्भव भएसम्म पावल पेन्तिकोसको दिनमा यरूशलेममा पुग्‍नलाई हतार गरिरहेका थिए, त्यसैले उनले एसियामा कुनै समय नबिताइकन एफिसस भएर यात्रा गर्ने निर्णय गरे। 17मिलेटसबाट उनले एफिससमा मानिसहरूलाई पठाए अनि मण्डलीका एल्डरहरूलाई आफूकहाँ बोलाए। 18तिनीहरू उनीकहाँ आएपछि, उनले तिनीहरूलाई भने, “तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि एसियामा पाइला टेकेको पहिलो दिनदेखि नै मैले सधैँ तपाईंहरूसँग आफ्नो समय कसरी बिताएँ। 19यहूदीहरूका षड्यन्‍त्रहरूका बिचमा मैले मनको सारा नम्रतामा, आँशु बगाउँदै र कष्‍टहरूमा समेत प्रभुको सेवा गरिरहेँ। 20कुनै पनि भलाइको कुरा तपाईंहरूको बिचमा घोषणा गर्नदेखि मैले आफैँलाई रोकिनँ अनि सार्वजनिक रूपमा र घर-घरमा गएर मैले कसरी तपाईंहरूलाई शिक्षा दिएँ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ। 21तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ। 22अब हेर्नुहोस्, म पवित्र आत्मामा बाध्य भएर यरूशलेममा जाँदैछु, त्यहाँ मलाई के-कस्तो हुन आउने हो त्यो मलाई थाहा छैन। 23केवल पवित्र आत्माले मलाई यो गवाही दिनुहुन्छ कि हरेक सहरमा साङ्‍लाहरू र कष्‍टहरूले मलाई पर्खिरहेका छन्। 24तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ। 25र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन। 26त्यसकारण तपाईंहरूलाई आजको दिन म यो गवाही दिन्छु कि म कुनै मानिसको रगतदेखि निर्दोष छु। 27किनकि मैले तपाईंहरूलाई परमेश्‍वरको सम्पूर्ण इच्छा घोषणा गर्नेदेखि आफैँलाई रोकिनँ। 28त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस्। 29मलाई थाहा छ कि म यहाँबाट गएपछि, खतरनाक ब्वाँसाहरू तपाईंहरूका बिचमा प्रवेश गर्नेछन् र बगाललाई बाँकी राख्‍ने छैनन्। 30मलाई थाहा छ कि तपाईंहरूमध्येबाटै केही मानिसहरू आउनेछन् र चेलाहरूलाई आफ्नोपछि तान्‍नका लागि भ्रष्‍ट कुराहरू गर्नेछन्। 31त्यसैले होसियार हुनुहोस्। यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ। 32र अब म तपाईंहरूलाई परमेश्‍वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्‍वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ। 33मैले कुनै मानिसको सुन, चाँदी वा कपडाको लोभ गरिनँ। 34तपाईंहरू आफैँ जान्‍नुहुन्छ कि यी हातहरूले मेरा आफ्नै र मसँग भएकाहरूका आवश्यकताहरू पुरा गरेका छन्। 35सबै कुरामा मैले तपाईंहरूलाई कसरी काम गरेर कमजोरहरूको सहायता गर्नुपर्छ र प्रभु येशूका वचनहरूको सम्झना गर्नुपर्छ भन्‍ने उदाहरण दिएको छु, जसरी उहाँ आफैँले यी वचनहरू भन्‍नुभयो, ʻलिनुभन्दा दिनु अझ बढी आशिष्‌को कुरो हो।ʼ” 36उनले यसरी बोलिसकेपछि उनले घुँडा टेके र सबै जनासँग प्रार्थना गरे। 37तिनीहरू सबै जना धेरै रोए र उनलाई अँगालो हाले र चुम्बन गरे। 38तिनीहरूले उनको मुहार फेरि कहिल्यै पनि देख्‍ने छैनन् भनी उनले भनेका हुनाले तिनीहरू धेरै जना दु:खित भए। तब तिनीहरूले उनलाई जहाजसम्म पुर्‍याए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।