सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

प्रेरित 14

यो अध्याय यसमा पर्छ: De reizen van Paulus

1आइकोनियममा आइसकेपछि पावल र बारनाबास सँगसँगै यहूदीहरूको सभाघरमा गए र यसरी बोले जसको कारण यहूदीहरू र ग्रिकहरू दुवैका ठुलो भिडले विश्‍वास गरे। 2तर अनाज्ञाकारी यहूदीहरूले गैरयहूदीहरूका मनहरूलाई खल्बल्याइदिए र दाजुभाइहरूको विरुद्धमा तितो बनाइदिए। 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे। उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो। 4तर सहरका अधिकांश मानिसहरू विभाजित भए। कोही मानिसहरू यहूदीहरूका पक्षमा र कोही प्रेरितहरूका पक्षमा लागे। 5जब यहूदीहरू र गौरयहूदीहरू दुवैले तिनीहरूका अगुवाहरूलाई पावल र बारनाबासलाई दुर्व्यवहार गर्न र ढुङ्गाले हान्‍न मनाउन प्रयास गरे, 6यो कुरा थाहापाएपछि तिनीहरू लुकोनिया, लुस्‍त्रा, र डर्बी सहरहरू र वरिपरिका क्षेत्रतिर भागेर गए 7र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे। 8लुस्‍त्रामा एकजना मानिस बसिरहेको थियो जसको खुट्टा शक्तिहीन् र आमाको गर्भमै लङ्गडो थियो र ऊ कहिलै हिँडेको थिएन। 9पावलले बोलिरहेको त्यो मानिसले सुन्यो। पावलले आफ्ना आँखा उसलाई एकटक लगाएर हेरे र त्यो मानिसमा निको हुनसक्‍ने विश्‍वास भएको देखे। 10यसकारण उनले ठुलो स्वरमा त्यसलाई भने, “आफ्नो खुट्टामा उठ।” अनि त्यो मानिस उफ्रियो र वरिपरि हिँड्न थाल्यो। 11जब भिडले पावलले गरेका काम देखे, तब तिनीहरूले आफ्ना स्वर उच्‍चालेर कराउँदै लुकोनियाको भाषामा भने, “देवहरू मानिसहरूका रूपमा हामीकहाँ तल ओर्ली आएछन्।” 12तिनीहरूले बारनाबासलाई “जिउस,” र पावललाई “हर्मेस” भने किनकि उनी चाहिँ प्रमुख वक्ता थिए। 13जिउसका पूजाहारी, जसको मन्दिर सहरको बाहिरपट्टि थियो, उनले र भिडले ढोकामा गोरुहरू र फूलका मालाहरू ल्याए, किनभने तिनीहरूले बलिदान चढाउन चाहन्थे। 14तर जब प्रेरित पावल र बारनाबासले यो सुने, र तिनीहरूले आफ्ना लुगा च्याते र झट्टै कराउँदै मानिसहरूका भीडतिर गए। 15र भने, “ए मानिसहरू हो, यी कुराहरू तपाईंहरूले किन गरिरहनु भएको छ? हामी पनि तपाईंहरूजस्तै भावना भएका मानव जाति हौँ। हामीले तपाईंहरूलाई अर्थविहीन् कुराहरूबाट ती जीवित परमेश्‍वरतिर फर्कनुपर्छ भनेर सुसमाचार ल्याएका छौँ जसले स्वर्ग, पृथ्वी, समुद्र र तिनमा भएका हरेक थोक बनाउनु भयो। 16विगतका समयहरूमा, उहाँले सबै जातिहरूलाई आ-आफ्ना मार्गमा हिँड्न अनुमति दिनुभयो। 17तथापि उहाँले आफैँलाई गवाहीबिना छोड्नु भएन त्यसका निम्ति उहाँले असल गर्नुभयो र तपाईंहरूलाई स्वर्गबाट वर्षा, र फलदायी ऋतुहरू अनि भोजन र आनन्दले तपाईंहरूका हृदयलाई भर्नुभएको छ।’’ 18यी वचनहरूले पनि पावल र बारनाबासले तिनीहरूले भिडलाई बलिदान गर्नबाट बढो मुस्किलले रोके। 19तर एन्टिओखिया र आइकोनियमबाट केही यहूदीहरू आए र भिडहरूलाई मनाए। तिनीहरूले पावललाई ढुङ्गाले हाने र ऊ मरेछ भनी विचार गरेर घिसार्दै सहरबाट बाहिर निकाले। 20तर पनि चेलाहरू उनको वरिपरि उभिरहँदा, उनी उठे र सहरभित्र पसे। अर्को दिन बारनाबाससँग उनी डर्बीतिर गए। 21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए। 22तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे। तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए। 23जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए। 24त्यसपछि तिनीहरू पिसिदिया हुँदै पाम्फिलिया आए। 25पर्गामा वचन बोलेपछि तिनीहरू अटालियातिर झरे। 26त्यहाँबाट तिनीहरू जहाजमा चढेर एन्टिओखियातिर गए जहाँ उनीहरूले भर्खरै पुरा गरेका कामको निम्ति परमेश्‍वरको अनुग्रहमा तिनीहरू समर्पण गरिएका थिए। 27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए। 28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।