सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

व्यवस्था 29

यो अध्याय यसमा पर्छ: Zegen en vloek

1होरेबमा परमप्रभुले इस्राएलीहरूसित बाँध्‍नुभएको करारबाहेक मोआब देशमा परमप्रभुले मोशामार्फत इस्राएलीहरूलाई दिनुभएका वचनहरू यी नै हुन्। 2मोशाले सारा इस्राएलीलाई डाकेर भने, “मिश्र देशमा फारो, तिनका सबै अधिकारी र तिनका सबै देशमा परमप्रभुले तिमीहरूका सामु गर्नुभएको हरेक कुरा तिमीहरूले देखेका छौ। 3तिमीहरूका आँखाले डरलाग्दो दुःखकष्‍ट, चिन्ह र आश्‍चर्यहरू देख्यौ। 4तर आजको दिनसम्म परमप्रभुले तिमीहरूलाई जान्‍ने ह्रदय, देख्‍ने आँखा वा सुन्‍ने कान दिनुभएको छैन। 5मैले तिमीहरूलाई चालिस वर्षसम्म उजाड-स्थानमा अगुवाइ गरेको छु। तिमीहरूका लुगा फाटिएन, न त तिमीहरूका जुत्ता च्यातिए। 6तिमीहरूले अरू कुनै रोटी खाएनौ, न त तिमीहरूले कुनै अरू मद्य पियौ ताकि म नै परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ भनी तिमीहरूले जान्‍न सक। 7तिमीहरू यस ठाउँमा आउँदा हेश्बोनका राजा सीहोन र बाशानका राजा ओग तिमीहरूको विरुद्धमा युद्ध गर्न आए र हामीले तिनीहरूलाई परास्त गर्‍यौँ। 8हामीले तिनीहरूको देश कब्जा गरी रूबेनीहरू, गादीहरू र मनेश्शेको आधा कुललाई पैतृक सम्पत्तिको रूपमा दियौँ। 9त्यसकारण, तिमीहरूले गर्ने हरेक कुरामा तिमीहरूको उन्‍नति होस् भनेर यस करारका वचनहरू पालग गर र मान। 10आज तिमीहरूका नायक, कुल, धर्म-गुरु, अधिकृत र इस्राएलका सबै मानिस परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु खडा छौ। 11तिमीहरूका छोराछोरीहरू, पत्‍नीहरू, तिमीहरूको छाउनीमा भएका परदेशी, दाउरे र पनेरे सबै उहाँको सामु खडा छौ। 12आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ 13ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन्। 14किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु 15यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु। 16हामी मिश्रमा कसरी बस्यौँ र जाति-जातिहरूका बिचबाट हामी कसरी आयौँ भनी तिमीहरू जान्दछौ। 17तिनीहरूका बिचमा भएका काठ र ढुङ्गा, चाँदी र सुनले बनेका घिनलाग्दा मूर्तिहरूलाई तिमीहरूले देखेका छौ। 18तिमीहरूका बिचमा भएका कुनै पुरुष, स्‍त्री, घराना, कुलको ह्रदय परमप्रभु हाम्रा परमेश्‍वरबाट तर्केर गई ती जातिहरूका देवताहरूको पुजा गर्न पछि नलागोस् भन्‍ने कुरामा निश्‍चित होओ। तिमीहरूका बिचमा यस्तो तितो विष उत्पन्‍न गर्ने कोही नहोस्। 19त्यस्तो व्यक्तिले यो श्रापका वचनहरू सुन्दा त्यसले आफैलाई आशिष् दिई आफ्नो ह्रदयमा यसो भन्छ, 'म मेरो ह्रदयको हठीपनामा हिँडे तापनि मसित शान्ति हुने छ।' यसले सुक्खा जमिनसँगै भिजेको जमिनलाई पनि नष्‍ट गर्ने छ। 20परमप्रभुले त्यसलाई क्षमा दिनुहुने छैन, बरु परमप्रभुको क्रोध र उहाँको डाह त्यो मानिसको विरुद्धमा दन्कने छ अनि यस पुस्तकमा लेखिएका सबै श्राप त्यसमाथि आउने छन्। यसरी परमप्रभुले आकाशमुनिबाट त्यसको नाउँ मेटिदिनुहुने छ। 21व्यवस्थाको यस पुस्तकमा लेखिएका करारका सबै श्रापअनुसार परमप्रभुले त्यसलाई इस्राएलका सबै कुलबाट विनाशको निम्ति अलग गर्नुहुने छ। 22तिमीहरूपछि आउने पुस्ता अर्थात् तिमीहरूका सन्तान र सुदूर देशबाट आउने परदेशीले यस देशमा आइपरेका विपत्तिहरू र परमप्रभुले ल्याउनुभएका विपत्तिहरू देख्दा तिनीहरूले यस बारेमा भन्‍ने छन्। 23परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ। 24अन्य जातिहरूसँगै तिनीहरूले भन्‍ने छन्, 'किन परमप्रभुले यस देशलाई यसो गर्नुभएको? यो डरलाग्दो रिसको मतलब के हो?' 25मानिसहरूले भन्‍ने छन्, 'तिनीहरूले मिश्रबाट ल्याउनुहुने परमप्रभु तिनीहरूका पिता-पुर्खाहरूका परमेश्‍वरले तिनीहरूसित बाँध्‍नुभएको करार त्यागेकाले गर्दा यसो भएको हो। 26तिनीहरू आफूले नचिनेका र उहाँले तिनीहरूलाई नदिनुभएको अन्य देवताहरूको पछि लागी तिनीहरूको सेवा गरेकाले र तिनीहरूका सामु निहुरेकाले गर्दा यसो भएको हो। 27त्यसकारण, यस पुस्तकमा लेखिएका सबै श्राप आउने गरी परमप्रभुको रिस यस देशको विरुद्धमा दन्किएको हो। 28परमप्रभुले आफ्नो रिस, क्रोध र भयानक कोपमा तिनीहरूलाई तिनीहरूको देशबाट जरैदेखि उखेली अर्को देशमा फ्याँक्‍नुभएको छ, जस्तो आज छ।' 29गुप्‍त कुराहरू परमप्रभु हाम्रा परमेश्‍वरका मात्र हुन्। तर प्रकट भएका कुराहरू सदाको निम्ति हाम्रा र हाम्रा सन्तानहरूका हुन् ताकि हामीले यस व्यवस्थाका सबै वचन पालन गर्न सकूँ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।