सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

व्यवस्था 22

यो अध्याय यसमा पर्छ: De wet uitgelegd

1आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू। तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू। 2तिम्रो इस्राएली छिमेकी तिम्रो नजिक छैन भने वा तिमीले त्यसलाई चिन्दैनौ भने तिमीले त्यो पशु आफ्नो घरमा ल्याउनू र छिमेकीले नखोजेसम्म त्यो तिम्रो घरमा हुने छ। तब यो तिमीले त्यसलाई दिनू। 3त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू। तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू। तिमीले आफ्नै लागि नलुकाउनू। 4तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू। त्यसलाई उठाउन मदत गर्नू। 5पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउनुहुँदैन न त स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउनुहुन्छ। किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्‍वरका लागि घृणित हुने छ। 6कुनै बाटो वा रुख वा भुइँमा बचेरो वा फुलमा माउ बसिरहेको देख्यौ भने माउलाई बचेरोसँगै नलैजानू। 7माउलाई जान दिएर बचेरोलाई लैजान सक्छौ। यो आज्ञालाई पालन गर ताकि तिमीहरूको भलो हुन सकोस्, र तिमीहरूको आयु लामो होस्। 8तिमीहरूले नयाँ घर बनाउँदा छतको चारैतिर बार लगाउनू ताकि त्यहाँबाट कोही लड्यो भने त्यसको दोष तिमीहरूको घरलाई नलागोस्। 9तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू। नत्रता तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ। 10गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू। 11ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू। 12तिमीहरूले लगाउने लुगाको चारै कुनामा झुम्का लगाउनू। 13मानौँ, कसैले विवाह गरेर पत्‍नीसित सुतिसकेपछि त्यसलाई घृणा गर्छ र 14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ।' 15तब त्यस केटीका बुबाआमाले सहरको मूल ढोकामा धर्म-गुरुहरूकहाँ त्यसको कुमारीत्वको प्रमाण ल्याउनुपर्छ। 16केटीका बुबाले धर्म-गुरुहरूलाई यसो भन्‍नुपर्छ, 'मैले यो मानिसलाई मेरी छोरी त्यसकी पत्‍नी हुनलाई दिएँ र त्यसले यसलाई घृणा गर्छ। 17हेर, त्यसले यसलाई घृणा गरी लाजमर्दो अभियोग लगाएको छ, “मैले तिम्री छोरीमा कुमारीत्वको प्रमाण पाइनँ।” तर मेरी छोरीको कुमारीत्वको प्रमाण यहाँ छ।' तब तिनीहरूले सहरका धर्म-गुरुहरूको सामु त्यो लुगा फिँजाओस्। 18त्यस सहरका धर्म-गुरुहरूले त्यस पुरुषलाई समातेर दण्ड दिऊन्। 19अनि तिनीहरूले त्यसलाई चाँदीको एक सय सिक्‍काको जरिवाना तिराई त्यो केटी र केटीका पितालाई दिऊन् किनकि त्यस मानिसले इस्राएलको कुमारीत्वको बारेमा कलङ्क लगाएको छ। त्यो केटी त्यसकै पत्‍नी हुनुपर्छ। त्यसले जीवनभर त्यस केटीलाई त्याग्‍न पाउँदैन। 20तर केटीमा कुमारीत्वको प्रमाण नपाइएको कुरो साँचो रहेछ भने 21तिनीहरूले केटीलाई त्यसका बुबाको घरको ढोकामा ल्याऊन्, र सहरका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून् किनकि त्यसले इस्राएलमा आफ्नो पिताको घरमा वेश्यावृत्तिको कार्य गरी लाजमर्दो काम गरेकी छे। यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू। 22कुनै पुरुषले अर्काकी पत्‍नीसित सहवास गरिरहेको फेला पर्‍यो भने सहवास गर्ने पुरुष र स्‍त्री दुवै जना मारिऊन्। यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू। 23कुनै कन्या केटीको कुनै पुरुषसित मगनी भएको छ र अर्को पुरुषले सहरमा त्योसित सहवास गर्‍यो भने 24दुवै जनालाई सहरको मूल ढोकामा ल्याई ढुङ्गाले हानेर मार्नू। सहरभित्र भएर पनि केटी नचिच्‍च्याएकीले त्यसलाई ढुङ्गाले हानेर मार्नू। आफ्नो छिमेकीकी पत्‍नीको सतीत्व नष्‍ट गरेकोले पुरुषलाई ढुङ्गाले हानेर मार्नू। यसरी तिमीहरूले तिमीहरूका बिचबाट दुष्‍टता हटाउनू। 25तर कुनै पुरुषले मगनी भएकी केटीलाई खेतमा फेला पारी त्योसित जबरजस्ती सहवास गरेको रहेछ भने पुरुष मात्र मारियोस्। 26तर केटीलाई चाहिँ केही नगर्नू। केटीले मृत्युदण्ड पाउने कुनै काम गरेकी छैन। यो कुनै मानिसले आफ्नो छिमेकीलाई आक्रमण गरी मारेको जस्तै सवाल हो। 27किनकि पुरुषले स्‍त्रीलाई खेतमा फेला पारेको थियो र मगनी भएकी केटी चिच्‍च्याइकी थिई, तर त्यसलाई बचाउन त्यहाँ कोही थिएन। 28कुनै पुरुषले मगनी नभएकी केटीलाई फेला पारी त्यससित जबरजस्ती सहवास गर्‍यो र त्यो कुरो प्रकाशमा आयो भने 29त्यस पुरुषले केटीका बुबालाई चाँदीका पचास सिक्‍का देओस्, र त्यो केटी त्यसकी पत्‍नी होस् किनकि त्यसले केटीलाई अपमान गरेको छ। त्यसको जीवनभर त्यसले केटीलाई त्याग्‍न पाउँदैन। 30कुनै मानिसले आफ्नो बुबाकी पत्‍नीलाई आफ्नी पत्‍नी नतुल्याओस्। त्यसले आफ्ना बुबाको वैवाहिक अधिकारलाई हरण गर्नुहुँदैन।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।