सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 शमूएल 5

यो अध्याय यसमा पर्छ: David koning

1त्यसपछि सबै इस्राएल हेब्रोनमा दाऊदकहाँ आए र भने, “हे्र्नुहोस्, हामी तपाईंकै मासु र हड्‍डी हौं। 2केही समयअगि जब शाऊल हामीमाथि राजा थिए, तब तपाईंले नै इस्राएलको फौजको नेतृत्व गर्नुभयो। परमप्रभुले तपाईंलाई भन्‍नुभयो, 'तैंले नै मेरा इस्राएल इस्राएलको गोठालो गर्ने छस् र तँ नै इस्राएलमाथि शासक हुने छस्'।” 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू राजाकहाँ हेब्रोनमा आए र राजा दाऊदले परमप्रभुको सामु तिनीहरूसँग करार गरे। तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे। 4दाऊदले राज्‍य गर्न सुरु गर्दा तिनी तिस वर्षका थिए र तिनले चालिस वर्षसम्म राज्‍य गरे। 5तिनले हेब्रोनमा सात वर्ष छ महिना राज्‍य गरे र सबै इस्राएल र यहूदामा तेत्तीस वर्ष राज्‍य गरे। 6राजा र तिनका मानिसहरू त्यस ठाउँका बासिन्दाहरू अर्थात् यरूशलेमका यबूसीहरूका विरुद्ध लड्न गए। तिनीहरूले दाऊदलाई भने, “तपाईं यहाँ आउनुभयो भने, अन्धा र लङ्गडाले नै फर्काइदिने छन्। दाऊद यहाँ आउन सक्दैन।” 7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो। 8त्यति नै बेला दाऊदले भने, “यबूसीहरूलाई आक्रमण गर्नेहरूले 'लङ्गडा र अन्धाकहाँ’ पुग्‍न पानीको नालीबाट जाने छ जो दाऊदका शत्रुहरू हुन्।” यसैले मानिसहरूले भन्छन्, “'अन्धा र लङ्गडाहरू' दरबारमा प्रवेश गर्नुहुँदैन।” 9त्यसैले दाऊद त्यो किल्लामा बसे र यसलाई दाऊदको सहर भनियो। तिनले यसलाई गाराहरूदेखि भित्रसम्म नै किल्लाबन्दी गरे। 10दाऊद धेरै शक्तिशाली भए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर तिनीसँग हुनुहुन्थ्यो। 11त्यसपछि टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए अनि देवदारुका काठहरू, डकर्मीहरू र सिकर्मीहरूलाई पनि पठाए। तिनीहरूले दाऊदको निम्ति महल बनाए। 12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्‍दथे र उहाँले आफ्‍ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्‍च पार्नुभएको थियो। 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे। 14यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यीनै थिएः शम्मूअ, शोबाब, नातान, सोलोमन, 15यिभार, इलीशूअ, नेपेग, यापी, 16एलीशामा, एल्यादा र एलीपेलेत। 17अब दाऊदलाई इस्राएलको राजा अभिषेक गरिएको छ भनेर जब पलिश्‍तीहरूले सुने, तब तिनीहरू सबै तिनलाई खोज्‍न गए। तर दाऊदले यो सुने र तल किल्लामा गए। 18पलिश्‍तीहरू आएका थिए र रपाईको बेसीमा छरिएका थिए। 19त्यसपछि दाऊदले परमप्रभुसँग सहायता मागे। तिनले भने, “के म पलिश्‍तीहरूलाई आक्रमण गरूँ? के तपाईंले मलाई तिनीहरूमाथि विजय दिनुहुन्छ?” पमरप्रभुले दाऊदलाई भन्‍नुभयो, “आक्रमण गर्, किनभने म निश्‍चय नै तँलाई पलिश्‍तीहरूमाथि विजय गराउने छु।” 20त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे। तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो। 21पलिश्‍तीहरूले त्यहाँ आफ्‍ना मूर्तीहरू छोडिराखे अनि दाऊद र तिनका मानिसहरूले ती लिएर गए। 22त्‍यसपछि पलिश्‍तीहरू फेरि माथि आए र फेरि एक पटक रपाईो बेसीमा फैलिएर बसे। 23त्यसैले दाऊदले फेरि पनि परमप्रभुसँग सहायता मागे र पमरप्रभुले तिनलाई भन्‍नुभयो, “तैंले तिनीहरूलाई अडागिबाट आक्रमण गर्नु हुँदैन, तर तिनीहरूको पछिल्तिरबाट फन्को मारेर लहरे-पिपलको जङ्गलभएर तिनीहरूमाथि जाइलाग। 24जब तैंले लहरे-पिपलको टुप्पाहरूमा हावा लाग्दा आउने परेडको आवाज सुन्‍छस्, तब फौजका साथमा आक्रमण गर्। यसो गर् किनभने तैंले पलिश्‍तीहरू आक्रमण गर्नुअगि परमप्रभु जानुभएको हुनुहुने छ।” 25त्यसैले परमप्रभुले आज्ञा गर्नुभएझैं दाऊदले गरे। तिनले पलिश्‍तीहरूलाई गिबिनदेखि गेजेरतिर जाने बाटोसम्म नै मारे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।