सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 शमूएल 23

यो अध्याय यसमा पर्छ: Aanhangsels

1अब दाऊदको अन्तिम वचनहरू यी नै हुन्— यिशैका छोरा दाऊद, उच्‍च रूपमा आदर गरिएको मानिस, याकूबका परमेश्‍वरले अभिषेक गर्नुभएको व्‍यक्‍ति, इस्राएलको सुमधुर भजनकार। 2“परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो। 3इस्राएलका परमेश्‍वर बोल्नुभयो, इस्राएलका चट्टानले मलाई भन्‍नुभयो, 'जसले मानिसहरूमाथि धार्मिक रूपले शासन गर्छ, जसले परमेश्‍वरको भयमा शासन गर्छ। 4त्यो सूर्य उदाउँदाको बिहानको प्रकाश, बादलबिनाको एक बिहानजस्‍तो हुनेछ, जब पानी परेपछिको घामको उज्यालो चमकद्वारा पृथ्वीबाट नरम घाँस उम्रन्छ। 5वास्तवमा, के मेरो परिवार परमेश्‍वरको सामु यस्‍तै हुँदैन र? के उहाँले मसँग हरेक उपायले स्‍थापित र पक्‍का अनन्त करार गर्नुभएको छैन र? के उहाँले मेरो उद्धारको वृद्धि र मेरा सबै इच्छा पुरा गर्नुहुन्‍न र? 6तर व्यार्थकाहरू फालिने काँडाजस्तै हुनेछन्, किनभने तिनीहरूलाई कसैको हातले जम्‍मा पार्न सकिंदैन। 7तिनीहरूलाई छुने मानिसले फलामको समग्री वा भालाको बिंड प्रयोग गर्नुपर्छ। जहाँ तिनीहरू बस्‍छन् त्यहीं तिनीहरूलाई जलाउनुपर्छ'।” 8दाऊदका वीर मानिहरूका नाउँ यी नै हुन्ः तहकमोनी योशब-बेश्बेत वीर मानिसहरूका अगुवा थिए। तिनलले एकै पटकमा आठ सय मानिसलाई मारे। 9तिनीपछि अहोही दोदैका छोरा एलाजार थिए। तिनी तीन जना वीर मनिसमध्ये एक जना थिए। युद्ध गर्न भेला भएका पलिश्तीहरूलाई इस्राएलीहरूले अपमान गर्दा र इस्राएलीहरू पछि हट्दा दाऊदको साथमा हुने तिनी नै थिए। 10एलाजार खडा भए र आफ्‍नो हात नथाकेसम्‍म, र तिनको हातले तरवारको बिंड नै नसमात्‍ने गरी नथाकेसम्म पलिश्तीहरूसँग युद्ध लडे। त्यस दिन परमप्रभुले ठुलो विजाय दिनुभयो। फौजहरू लाशहरूबाट लुट्नलाई मात्र एलाजारको पछि फर्केर गए। 11तिनीपछि हरारी आगीका छोरा शम्मा थिए। पलिश्‍तीहरू दाल भएको खेतमा एकसाथ भेला भए र फौज तिनीहरूबाट भागे। 12तर शम्‍मा खेतको बिचमा भए भए र त्‍यसको प्रतिरक्षा गरे। तिनले पलिश्तीहरूलाई मारे र परमप्रभुले ठुलो विजय दिनुभयो। 13तीस जनामध्येका तीन जना सिपाही कटनीको समयमा तल दाऊदकहाँ अदुल्‍लामको गुफामा गए। पलिश्तीहरूका फौजले रपाईंको बेसीमा छाउनी हालेका थिए। 14त्यस बेला दाऊद आफ्‍नो किल्‍ला अर्थात् गुफामा थिए, जबकि पलिश्तीहरू बेथलेहेममा स्थापित भएका थिए। 15दाऊदले पानी तृष्णा गरे र भने, “बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी कसैले ल्याइदिएको भए मात्रै पनि हुन्थ्यो नि!” 16त्यसैले यी तीन जना वीर मानिसहरू पलिश्तीहरूको फौजलाई तोडेर बिचबाट गए र बेथलेहेमको ढोकाको छेउमा भएको इनारको पानी ल्याए। तिनीहरूले पानी लिए र दाऊदकहाँ ल्याए, तर तिनले त्यो पिउन इन्कार गरे। बरु, तिनले त्यो परमप्रभुमा चढाए। 17अनि तिनले भने, “हे परमप्रभु, मैले यसो गर्ने कुरा मबाट दूर रहोस्। के मैले ती मानिसहरूका रगत पिउनु जसले आफ्‍ना जीवनलाई खतरामा हालेका छन्?” त्यसैले तिनले त्‍यो पिउन इन्कार गरे। ती तीन जना वीर मानिसले यी कुराहरू गरेका थिए। 18योआबका भाइ र सरूयाहका छोरा अबीशै यी तिन जनाका कप्‍तान थिए। तिनले एक पटक तीन सय जना मानिससँग लडे र तिनीहरूलाई मारे। तिनलाई प्रायः तीन जना सिपाहरूसँगै उल्लेख गरिन्छ। 19के तिनी ती तीन जनाभन्दा धेरै प्रसिद्ध थिएनन् र? तिनलाई उनीहरूका कप्‍तान बनाइएको थियो। तापनि तिनको ख्‍याति तीन जना धेरै ख्‍यातिप्राप्‍त सिपाहीका बराबर थिएन। 20यहोयादाका छोरा कब्सेका छोरा बनायाह थिए। तिनी बलिया मानिस थिए जसले वीरतापूर्ण काम गरे। तिनले मोआबको अरिएलका दुई जना छोरालाई मारे। तिनले हिउँ परिरहेको बेला एउटा खाल्डोमा पसेर एउटा सिंहलाई मारे। 21त्‍यसपछि तिनले एक जना ठुलो मिश्रीलाई मारे। मिश्रीको हातमा भाला थियो, तर बनायाहले त्यससँग लौरोले मात्र युद्ध लडे। तिनले त्‍यो मिश्रीको हातबाट भाला खोसे र त्यसको आफ्नै भालाले त्यसलाई मारे। 22यहोयादाका छोरा बनायाहका वीरतापूर्ण कामहरू यी नै थिए, र तिनलाई तीन जना वीर मानिससँगै नाउँ दिइयो। 23तिनलाई तीस जना सिपालाई भन्दा उच्‍च आदर दिइन्थ्यो, तर तिनलाई ती तीन जनालाई जत्ति उच्‍च रूपमा बिलकुलै मानिंदैनथ्यो। तापनि दाऊदले यिनलाई आफ्नो अङ्गरक्षकको जिम्‍मा दिए। 24ती तिस जना मानिसहरू निम्नानुसार थिएः योआबका भाइ असाहेल, बेथलेहेमका दोदैका छोरा एल्हानान, 25हरोदी शम्मा, हरोदी एलीका, 26पल्ती हेलेस, तकोका इक्‍केशका छोरा ईरा, 27अनातोतका अबीएजेर, हूशाती मबून्‍ने, 28अहोही सल्मोन, नतोपाती महरै, 29नतोपाती बनायाहकका छोरा हेलेद, बेन्यामीनको गिबाका रीबैका छोरा ईथै। 30पिरतोनी बनायाह, गाशका खोल्साहरूका हिद्दै, 31अर्बाती अब्बी-अल्बोन, बरहूमी अज्मावेत, 32शाल्बोनी एल्याहबा, यशेनका छोराहरू, हरारी शम्माका छोरा जोनाथन, 33हरारी शरारका छोरा अहीहाम, 34माकाती आहसबैका छोरा एलीपेलेत, गिलोनी अहीतोपेलका छोरा एलीआम, 35कर्मेलका हेस्रो, अर्बी पारै, 36सोबाका नातानका छोरा यिगाल, गादको कुलका बानी, 37अम्‍मोनी सेलेक, बेरोती नहरै, जो सरूयाहका छोरा योआबका हतियार बोक्‍ने थिए, 38यित्री ईरा, यित्री गारेब, 39हित्ती उरियाह। जम्‍मा सैंतिस जना थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।