सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 शमूएल 4

यो अध्याय यसमा पर्छ: David koning

1जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो। 2शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए। एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ, 3र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन्।) 4शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो। यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए। भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन्। तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए। तिनको नाउँ मेपीबोशेत थियो। 5त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे। 6ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए। 7यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे। त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे। 8तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो। आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ।” 9दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए। तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो, 10जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें। त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ। 11झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?” 12त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए। तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।