सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

रोमी 13

यो अध्याय यसमा पर्छ: Leven als gemeente

1हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन। जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन्। 2यसकारण, जसले उक्‍त अधिकारीहरूको प्रतिरोध गर्छ, त्यसले परमेश्‍वरको विरोध गर्दछ; जसले यसलाई विरोध गर्छ, तिनीहरूले आफैँमाथि न्याय गर्छन्। 3असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ। के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ। 4किनकि भलाइको निम्ति तिनी तिम्रो लागि परमेश्‍वरका सेवक हुन्। तर यदि तिमीले खराबी गर्‍यौ भने भयभीत होऊ; किनकि तिनले विनाकारण तरवार भिर्दैनन्। किनकि तिनी परमेश्‍वरका एक सेवक हुन् अर्थात् खराबी गर्नेमाथि बदला लिने व्यक्‍ति हुन्। 5यसकारण, क्रोधको कारणले मात्र होइन, तर विवेकको खातिर पनि तिमीले आज्ञा पालन गर्नुपर्छ। 6तसर्थ, तिमी कर पनि तिर्छौ। अधिकारीहरू यिनै कुराहरूको निरन्तर रूपमा हेरचाह गर्ने परमेश्‍वरका सेवकहरू हुन्। 7तिर्नु पर्नेलाई तिर; कर तिर्नुपर्नेलाई कर र महसुल दिनुपर्नेलाई महसुल देऊ; डर मान्‍नुपर्नेको डर मान; जसको इज्‍जत गर्नुपर्ने हो, उसको इज्‍जत गर। 8एकले अर्कोलाई प्रेम गर्नुबाहेक कसैको ऋणी नहोऊ। जसले आफ्नो छिमेकीलाई प्रेम गर्दछ, त्यसले व्यवस्था पालना गरेको हुन्छ। 9किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर।” 10प्रेमले आफ्नो छिमेकीलाई हानि गर्दैन। त्यसकारण, प्रेममा नै व्यवस्था पुरा हुन्छ। 11यसकारण, तिमीहरूले समय जान्दछौ, निन्द्राबाट ब्युँझने समय अघि नै भइसकेको छ। किनकि हामीले पहिले विश्‍वास गरेको भन्दा अहिले हाम्रो मुक्‍ति अझ नजिक छ। 12रात बितिसकेको छ र दिन नजिकै आइपुगेको छ। त्यसकारण, अन्धकारका कामहरू त्यागौँ, र ज्योतिका हातहतियार धारण गरौँ। 13उद्दण्ड उत्सवहरू वा मतवालीपनमा होइन, दिनमा जस्तै उचित तवरले हिडौँ। अनि यौन अनैतिकता वा अनियन्त्रित कामवासनामा नहिँडौँ, न त झगडा र ईर्ष्यामा नै हिँडौँ। 14तर प्रभु येशू ख्रीष्‍टलाई धारण गर, र शरीर अर्थात् यसका अभिलाषाहरूका निम्ति कुनै स्थान नदेऊ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।