सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

रोमी 12

यो अध्याय यसमा पर्छ: Leven als gemeente

1यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर। यो नै तिमीहरूको उचित सेवा हो। 2यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ। परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर। 3किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस्। बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ। 4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन। 5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ। 6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन्। यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस्। 7यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस्। यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस्। 8यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस्। यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस्। यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस्। यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस्। 9प्रेम निष्कपट होस्। जे खराब छ, त्यसलाई घृणा गर; जे असल छ, त्यसमा लागिरहो। 10दाजुभाइहरूबिच हुने प्रेमको सम्बन्धमा चाहिँ एक-अर्काप्रति स्‍नेही बन। आदर गर्ने सम्बन्धमा एक-अर्कालाई आदर गर। 11लगनशीलताको सम्बन्धमा नहिच्‌किचाओ। आत्माको सन्बन्धमा उत्सुक होओ। प्रभुको सम्बन्धमा उहाँको सेवा गर। 12तिमीहरूमा भएको भविष्यप्रतिको निश्‍चयताको बारेमा आनन्द मनाओ। दुःखमा धैर्य गर। निरन्तर प्रार्थना गर्दै रहो। 13विश्‍वासीहरूका खाँचाहरूमा बाँड-चुँड गर। अतिथि सत्कारको निम्ति धेरै उपायहरूको खोजी गर। 14तिमीहरूलाई सताउनेहरूलाई आशिष्‌‌ देओ; श्राप नदेओ। 15आनन्द गर्नेहरूसँग आनन्द मनाओ; रुनेहरूसँग रोओ। 16एक अर्काप्रति एउटै मनका होओ। अभिमानी तरिकाले नसोच, तर नम्रहरूलाई स्वीकार गर। आफ्नै विचारमा बुद्धिमान्‌ नहोओ। 17खराबीको सट्टा खराबी नगर। सबै मानिसको नजरमा असल गर। 18सम्भव भए, तपाईंको हकमा भएसम्म सबैसँग शान्तिमा बस। 19प्रिय हो, आफैँले बदला नलेओ, तर परमेश्‍वरको क्रोधमा छोडिदेओ। किनकि लेखिएको छ, “बदला लिने काम मेरो हो; मैले बदला लिनेछु”, परमप्रभु भन्‍नुहुन्छ। 20“तर तिम्रो शत्रु भोकाएको छ भने, उसलाई खान देऊ। ऊ तिर्खाएको छ भने, उसलाई पिउन देऊ। किनकि तिमीले यसो गर्‍यौ भने तिमीले उसको टाउकोमा आगोको भुङ्ग्रो खन्याउनेछौ।” 21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।