सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

लुका 15

यो अध्याय यसमा पर्छ: Reis naar Jeruzalem

Gemor over wie met Jezus eet

1अब सबै कर उठाउनेहरू र पापीहरू उहाँकहाँ वचन सुन्‍नलाई आउँदै थिए। 2फरिसीहरू र शास्‍त्रीहरू एक-अर्कासँग गनगन गर्न थाले र भने, “यस मानिसले पापीहरूलाई स्वागत गरी तिनीहरूसँग खाने गर्दछ।”

Het verloren schaap

3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो, 4“तिमीहरूमध्ये कुनचाहिँ होला, यदि उसका सयवटा भेडा छन् र त्यसमध्ये एउटा हराएमा, उनान्‍सयवटा भेडालाई उजाड-स्थानमा छोडेर हराएको एउटा भेडालाई नभेट्टाउन्जेल खोज्दैन? 5त्यसपछि जब उसले भेट्टाउँछ, उसलाई काँधमा राखेर रमाउँछ। 6जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु।’ 7म पनि तिमीहरूलाई भन्दछु, कि उनान्सय जना पश्‍चात्ताप गर्न नपर्ने धर्मी मानिसहरूभन्दा पश्‍चात्ताप गर्नुपर्ने एक जना पापी मानिसको खातिर स्वर्गमा ठुलो रमाहट हुनेछ।

De verloren munt

8अथवा कुन स्‍त्री होला जससँग दसवटा चाँदीका सिक्‍काहरूमध्ये एउटा हराएमा, बत्ती बालेर, घर बढारेर र सिक्‍का नभेट्टाइन्जेल दिलोज्यानसाथ खोज्दिनन् र? 9जब तिनले भेट्टाउँछिन्, तब तिनले अफ्ना सबै साथीहरू र छिमेकीहरूलाई यसो भनी बोलाउँछिन्, ‘मसँग रमाओ, किनभने मैले हराएको सिक्‍का भेट्टाएकी छु।’ 10त्यसै गरी, म तिमीहरूलाई भन्दछु, कि एक जना पश्‍चात्ताप गर्ने पापीका खातिर परमेश्‍वरका दूतहरूका उपस्थितिमा स्वर्गमा ठुलो आनन्द हुनेछ।”

Een vader en twee zonen

11त्यसपछि येशूले भन्‍नुभयो, “एक जना मानिसका दुई जना छोरा थिए, 12र कान्छाले उसका बुबालाई भन्यो, ‘बुबा मैले पाउनुपर्ने सम्पत्तिको अंश अब मलाई दिनुहोस्।’ त्यसैले, तिनीहरूका बिचमा उनले सम्पत्ति बाँडिदिए। 13धेरै दिन नबित्दै, कान्छा छोराले आफ्ना सर सामान तयार गरी टाढा देश जान यात्रा सुरु गरे र उनले अनाअवश्यक थोकहरू किनेर त्यहाँ उनले जथाभावी रुपियाँ-पैसा खर्च गरे। 14जब उनले सबै खर्च गरी सिध्याए, त्यहाँ देशभरि ठुलो अनिकाल पर्न सुरुभयो र उनी निकै खाँचोमा पर्न थाले। 15उनी त्यस देशको एक जना नागरिककहाँ गए र काम खोजे, ती नागरिकले उनलाई सुँगुरहरू चराउन पठाए। 16उनलाई कसैले केही पनि खानेकुरा नदिएका कारण सुँगुरहरूले खाने दानाले उनले आफ्‍नो पेट भर्न चाहन्थे। 17तर जब कान्छा छोरा आफैँले विचार गरे र भने, ‘मेरा बुबाका कति धेरै सेवकहरूसँग प्रशस्त खानेकुरा छ, तर म भने यहाँ भोकभोकै मरिरहेको छु! 18म यस ठाउँलाई छोडेर मेरा बुबाकहाँ जानेछु, र उहाँलाई भन्‍नेछु, ‘बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्‍टिमा पाप गरेको छु। 19म तपाईंको छोरा भनिनयोग्य छैनँ; मलाई तपाईंका सेवकहरूमध्ये एक नोकर बनाउनुहोस्।’ 20यसरी कान्छो छोराले त्यस ठाउँ छाडे र आफ्ना बुबाको घरतर्फ लागे। उनी टाढै छँदा बुबाले उनलाई देखे र दयाले भरिएर दौडे र अँगालो हालेर म्वाँइ खाए। 21छोराले बुबालाई भन्यो, ‘बुबा मैले स्वर्ग र तपाईंको दृष्‍टिमा पाप गरेको छु र म तपाईंको छोरा भनी बोलाइन योग्यको छैनँ।’ 22बुबाले सेवकहरूलाई भने, ‘तुरुन्तै उत्तम वस्‍त्रहरू ल्याओ र उनलाई लगाइदेओ, उनको हातमा औँठी र खुट्टामा जुत्ता लगाइदेओ।’ 23त्यसपछि मोटो पशु मार। हामी खाऔँ र उत्सव मनाऔँ। 24किनकि मेरा छोरा मरेका थिए, अब जीवित भएका छन्; हराएका थिए, तर अब भेटिएका छन्। तिनीहरूले उत्सव मनाउन सुरु गरे।’ 25अब उनको जेठो छोरा खेतमा थियो, ऊ जब घरको नजिकै आइपुग्यो, उनले नाचगानहरू भैरहेको सुने। 26उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे। 27सेवकले उनलाई भने, तपाईंका भाइ आउनुभएको छ, र तपाईंको बुबाले मोटो पशु मार्नुभएको छ, किनकि उहाँ सुरक्षित फर्कनुभयो। 28जेठो छोरो रिसाएको थियो र भित्र पसेन र उनका बुबा बाहिर आएर उसलाई मनाउन थाले। 29तर जेठा छोराले जवाफ दिएर उनका बुबालाई भने, ‘हेर्नुहोस्, यति धेरै वर्ष मैले तपाईंको सेवकझैँ काम गरेँ, मैले कहिल्यै तपाईंको एउटा नियम पनि तोडिनँ, तर तपाईंले मलाई कहिल्यै मेरा साथीहरूसँग आनन्द मनाउन एउटा पाठो पनि दिनुभएन, 30तर जब तपाईंको छोरा आयो, जसले सम्पत्ति वेश्याहरूसँग सखाप पारेको थियो, त्यसको लागि तपाईंले मोटो पशु मार्नुभयो।’ 31बुबाले उनलाई भने, ‘छोरा, तिमी त मसँग सधैँ छौ र मसँग भएका सबै थोक तिम्रै हुन्। 32तर अहिले हामीलाई उत्सव मनाउन र खुसी हुनु उचित छ, किनभने तिम्रो भाइ मरेका थिए र अहिले जीवित भएका छन्; र उनी हराएका थिए र अहिले भेटिएका छन्‘।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

Statenvertaling (1637) · World English Bible (2000) · पवित्र बाइबल (2019): © 2019 Door43 World Missions Community, door43.org, via eBible.org. CC BY-SA 4.0; notes and headings omitted. · स्रोत र इजाजतपत्रहरू

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।