सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

विलाप 4

यो अध्याय यसमा पर्छ: Hoe is het goud verdonkerd

1सुनको चमक हराएको छ। कसरी निखुर सुन बद्लेको छ! पवित्र पत्थरहरू हरेक सडकको कुनामा छरपष्‍ट छन्। 2सियोनका मूल्यवान् छोराहरू निखुर सुनका तौलजत्तिकै योग्य थिए, तर अहिले तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्। 3स्यालका माउहरूले पनि आफ्ना बच्‍चाहरूलाई थुन चुस्‍न दिन्छन्, तर मेरो जातिकी छोरी मरुभूमिका अस्ट्रिचहरूझैँ क्रुर भएकी छे। 4दूध चुस्‍ने शिशुको जिब्रो तिर्खाले गर्दा तालुमा टाँसिन्छ। बालबालिकाहरूले खानेकुरा माग्छन्, तर तिनीहरूका लागि केही छैन। 5मिठा-मिठा खानेकुरा खाएर भोज गर्नेहरू सडकहरूमा भोकले मर्छन्। वैजनी वस्‍त्र लगाएर हुर्काइएकाहरू अहिले खरानीको थुप्रोमा बस्छन्। 6मेरो जातिकी छोरीको दण्ड सदोमको भन्दा ठुलो छ, जसलाई एकै क्षणमा फ्याँकिएको थियो, र कसैको हातले त्यसलाई सहायता गरेको थिएन। 7त्यसका अगुवाहरू हिउँभन्दा शुद्ध, दूधभन्दा सेता थिए। तिनीहरूका शरीर मानिकभन्दा राता थिए; तिनीहरूका रूप नीरजस्तै थिए। 8अहिले तिनीहरू मुहार मोसोभन्दा कालो छ। तिनीहरू सडकहरूमा चिनिँदैनन्। तिनीहरूको छाला हड्‍डीहरूमा टाँसिएको छ। यो काठ जत्तिकै सुक्खा भएको छ। 9तरवारले मारिएकाहरू भोकले मरेकाहरूभन्दा खुसी थिए। जमिनको फसलको कमीको कारणले तिनीहरू भोकाएर सुक्दै जान्छन्। 10दयालु स्‍त्रीहरूका हातले तिनीहरूका आफ्नै बालबच्‍चा पकाएका छन्। मेरो जातिकी छोरीलाई नष्‍ट पारिँदा ती बालबच्‍चा तिनीहरूको खानेकुरा बने। 11परमप्रभुले आफ्ना सबै क्रोध देखाउनुभयो। उहाँले आफ्नो भयङ्कर रिस खन्याउनुभयो। उहाँले सियोनमा आगो सल्काउनुभयो जसले त्यसका जगहरूलाई भस्म पार्‍यो। 12शत्रुहरू वा विरोधीहरू यरूशलेमका मूल ढोकाहरूभित्र प्रवेश गर्न सक्‍नेथिए भनी पृथ्वीका राजाहरूले विश्‍वास गरेनन्, न त संसारको कुनै बासिन्दाले विश्‍वास गर्‍यो। 13त्यसका अगमवक्ताहरू र त्यसका पुजारीहरूका अधर्मको कारणले यसो भएको थियो, जसले त्यसकै बिचमा धर्मीहरूको रगत बगाएका थिए। 14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन्। त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन। 15तिनीहरूलाई देखेर मानिसहरू चिच्‍च्याउँछन्, “भाग, हे अशुद्धहरू हो! भाग! भाग! नछोओ!” त्यसैले तिनीहरू यताउता भौँतारिए। मानिसहरूले जाति-जातिहरूका बिचमा भने, “अबदेखि उसो तिनीहरू यहाँ बस्‍न सक्दैनन्।” 16परमप्रभु आफैले तिनीहरूलाई तितरबितर पारिदिनुभयो। उहाँले फेरि तिनीहरूको वास्ता गर्नुहुन्‍न। तिनीहरूले पुजारीहरूको आदर गर्दैनन्, र तिनीहरूले धर्म-गुरुहरूलाई निगाह गरेनन्। 17सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके। हाम्रा धरहराहरूबाट हामीले एउटा जातिको बाटो हेर्‍यौँ, जसले हामीलाई बचाउन सकेन। 18तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए। हामी हाम्रा सडकहरूमा हिँड्न सकेनौँ। हाम्रो अन्त्य नजिकै थियो, र हाम्रा दिन गन्ती गरिए। हाम्रो अन्त्य आइसकेको थियो। 19हामीले खेद्‍नेहरू आकाशका चीलहरूभन्दा पनि छिटा थिए। तिनीहरूले हामीलाई पहाडहरूसम्मे खेदे, र उजाड-स्थानमा हामीलाई ढुकिबसे। 20परमप्रभुका अभिषिक्त जन अर्थात् हाम्रो प्राणधार तिनीहरूको पासोमा परे, जसको बारेमा यसो भनिएको थियो, “उहाँकै छायामुनि हामी जाति-जातिहरूका बिचमा बस्‍ने छौँ।” 21हे ऊज देशमा बस्‍ने एदोमकी छोरी, रमा, र खुसी हो। तर तँलाई त्यो कचौरा पनि दिइने छ। तँ मात्‍नेछेस्, र नाङ्गो पारिने छेस्। 22हे सियोनकी छोरी, तेरो दण्ड समाप्‍त हुने छ। उहाँले तेरो निर्वासनको समय लम्ब्याउनुहुने छैन। तर हे एदोमकी छोरी, उहाँले तँलाई दण्ड दिनुहुने छ। उहाँले तेरा पाप प्रकट गरिदिनुहुने छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।