सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

विलाप 3

यो अध्याय यसमा पर्छ: Hoop in het midden

1परमप्रभुको क्रोधको लाठोमुनि दुर्दशा देख्‍ने मानिस म नै हुँ। 2उहाँले मलाई खेद्‍नुभयो, र उज्यालोमा भन्दा पनि अँध्यारोमा हिँड्न लगाउनुभयो। 3निश्‍चय नै उहाँले मेरो विरुद्धमा पटक-पटक र दिनभरि आफ्नो हात पसार्नुभयो। 4उहाँले मेरो मासु र छाला गलाइदिनुभएको छ। उहाँले मेरा हाडहरू भाँचिदिनुभयो। 5उहाँले मेरो विरुद्धमा घेरा लगाउनुभयो, अनि तिक्तता र कठिनाइले मलाई घेर्नुभयो। 6उहाँले मलाई धेरै पहिले मर्नेहरूजस्तै अन्धकार ठाउँहरूमा बस्‍न लगाउनुभयो। 7उहाँले मरो चारैतिर पर्खाल लगाउनुभयो। त्यसैले म भाग्‍न सक्दिनँ। उहाँले मेरा साङ्लाहरू गह्रौँ बनाइदिनुभयो, 8र मैले सहायताको लागि पुकारे र चिच्‍च्याए तापनि उहाँले मेरो प्रार्थना थुनिदिनुभयो। 9काटिएको ढुङ्गाको पर्खालले उहाँले मेरो बाटो थुनिदिनुभयो। उहाँले मेरा बाटाहरू बाङ्गो बनाइदिनुभयो। 10उहाँ आक्रमण गर्न ढुकेर बस्‍ने भालुजस्तो र लुकेर बस्‍ने सिंहजस्तो हुनुहुन्छ। 11उहाँले मेरा बाटाहरू उल्टो बनाइदिनुभयो। उहाँले मलाई बेसाहारा तुल्याइदिनुभयो। 12उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभयो, र मलाई नै काँडको निसाना बनाउनुभयो। 13उहाँले आफ्नो ठोक्रोका काँडहरूले मेरा मृगौला छेडिदिनुभयो। 14म मेरा सबै मानिसका लागि हाँसोको पात्र बनेँ, र दिनभरि तिनीहरूको ठट्टाको निसाना बनेँ। 15उहाँले मलाई तिक्तताले भरिदिनुभयो, र ऐरेलु पिउन लगाउनुभयो। 16उहाँले रोडाले मेरा दाँत पिँध्‍नुभयो, र खरानीमा कुल्चिमिल्ची पारिदिनुभयो। 17मेरो प्राण शान्तिबाट वञ्चित भएको छ। प्रसन्‍नता के हो भनी मैले बिर्सेको छु। 18त्यसैले म भन्छु, “मेरो धैर्य नष्‍ट भएको छ, र मेरो भरोसा परमप्रभुमा नै छ।” 19मेरो कष्‍ट र मेरो फिरन्तेपन, ऐरेलु र तिक्ततालाई सम्झनुहोस्। 20म निरन्तर यसलाई सम्झन्छु, र म मभित्रै हताश भएको छु। 21तर म यो स्मरण गर्दछु। त्यसैले म आशा गर्दछुः 22परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन। 23ती हरेक बिहान नयाँ हुन्छन्। तपाईंको विश्‍वसनीयता महान् छ। 24मैले भनेँ, “परमप्रभु मेरो उत्तराधिकार हुनुहुन्छ।” त्यसैले म उहाँमा नै आशा गर्दछु। 25परमप्रभुको प्रतीक्षा गर्नेहरू, उहाँको खोजी गर्नेहरूका निम्ति उहाँ भलो हुनुहुन्छ। 26मौन रूपमा परमप्रभुको उद्धारको प्रतीक्षा गर्नु राम्रो हुन्छ। 27आफ्नो युवावस्थामा जुवा बोक्‍नु मानिसको लागि राम्रो हुन्छ। 28त्यसमाथि यो राखिँदा त्यो एक्लै चुप लागेर बसोस्। 29त्यसले आफ्नो मुख धूलोमा लगाओस्। अझै पनि आशा बाँकी हुन सक्छ। 30त्यसलाई हिर्काउनेलाई त्यसले आफ्नो गाला पनि देओस्, र त्यो निन्दाले भरियोस्। 31किनकि परमप्रभुले हामीलाई सदासर्वदा त्याग्‍नुहुने छैन, 32तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ। 33किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न। 34पृथ्वीका सबै कैदीलाई खुट्टाले कुल्चिमिल्ची पार्ने, 35सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने, 36कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न। 37परमप्रभुले उर्दी नगर्नुभएसम्म कसले बोलेको कुरा पुरा भएको छ? 38के सर्वोच्‍च परमेश्‍वरको मुखबाट नै विपत्ति र राम्रा कुराहरू दुवै आउँदैनन् र? 39कुनै जीवित मानिस कसरी गनगनाउन सक्छ? आफ्ना पापको लागि पाएको दण्डको विषयमा कुनचाहिँ व्यक्तिले गनगन गर्न सक्छ? 40हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं। 41हाम्रा हृदय र हाम्रा हात स्वर्गमा हुनुहुने परमेश्‍वमा उठाऔँ, र भनौँ: 42“हामीले आज्ञा उल्लङ्घन गरेका छौँ, र विद्रोह गरेका छौँ, अनि तपाईंले बिर्सनुभएको छैन। 43तपाईंले आफैलाई रिसले ढाक्‍नुभएको छ, र हाम्रो पिछा गर्नुभएको छ। तपाईंले मार्नुभएको छ, जोगाउनुभएको छैन। 44कुनै प्रार्थनाले नछेडोस् भनेर तपाईंले आफैलाई बादलले ढाक्‍नुभएको छ। 45तपाईंले जाति-जातिहरूका बिचमा हामीलाई फोहोरको थुप्रो र कसिङ्गर बनाउनुभएको छ। 46हाम्रा शत्रुहरूलाई हामीलाई सराप दिन अनुमति दिनुहोस्। 47आतङ्क र खतरा, उजाड र विनाश हामीमाथि आइपरेका छन्। 48मेरा जाति नष्‍ट गरिएकाले मेरा आँखाबाट आँसुको धारा बहन्छ। 49मेरा आँखाबाट नरोकिकन, विश्राम नगरीकन आँसु बहन्छ, 50जबसम्म परमप्रभुले स्वर्गबाट तल हेर्नुहुन्‍न। 51मेरो सहरका सबै छोरीको कारण मेरा आँखाले मलाई शोकित तुल्याए। 52मेरा शत्रुहरूद्वारा मलाई चरालाई झैँ सिकार गरिएको छ। विनाकारण तिनीहरूले मेरो सिकार गरे। 53तिनीहरूले मलाई खाडलमा फ्याँके, र मलाई ढुङ्गाले हाने, 54अनि मेरो शिर ढाक्‍ने गरी तिनीहरूले पानीको बाढी ल्याए। मैले भनेँ, “मेरो अन्त्य आइसकेको छ।” 55हे परमप्रभु, खाडलको गहिराइबाट मैले तपाईंको नाउँ पुकारेँ। 56“मैले मदतको लागि पुकार्दा तपाईंका कान बन्द नगर्नुहोस्” भनी मैले भन्दा तपाईंको मेरो सोर सुन्‍नुभयो। 57मैले पुकार गरेको त्यस दिनमा तपाईं नजिक आउनुभयो। तपाईंले भन्‍नुभयो, “नडरा।” 58हे परमप्रभु, तपाईं मेरो पक्षमा लड्नुभयो। तपाईंले मेरो ज्यान बचाइदिनुभयो। 59हे परमप्रभु, तिनीहरूले मलाई गरेका खराबी तपाईंले देख्‍नुभएको छ। मेरो मुद्दाको इन्साफ गरिदिनुहोस्। 60तिनीहरूले मलाई गरेका अपमान, मेरो विरुद्धमा रचेका सबै षड्यन्त्र तपाईंले देख्‍नुभएको छ। 61हे परमप्रभु, तिनीहरूले गरेका निन्दा र मेरो बारेमा भएका तिनीहरूका सबै योजना तपाईंले देख्‍नुभएको छ। 62मेरो विरुद्धमा मेरा शत्रुहरूका बोली र अभियोग दिनभरि आउँछन्। 63तिनीहरू कसरी बस्छन्, र उठ्छन्, हेर्नुहोस्। तिनीहरूका गीतले मेरो ठट्टा गर्छन्। 64हे परमप्रभु, तिनीहरूले गरेअनुसार तिनीहरूलाई बदला लिनुहोस्। 65तपाईंले तिनीहरूका हृदय लज्‍जित पर्न दिनुहुने छ। तपाईंको दण्डाज्ञा तिनीहरूमाथि परोस्। 66हे परमप्रभु, रिसमा तपाईंले तिनीहरूलाई खेद्‍नुहुन्छ, र स्वर्गबाट तिनीहरूलाई नष्‍ट पार्नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।