सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

श्रेष्‍ठगीत 8

यो अध्याय यसमा पर्छ: Verlies en hervonden

1प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई तुच्छ ठान्‍नेथिएन। 2मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ, जसले मलाई सिकाउनुभयो। मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिनेथिएँ। प्रेमिका आफूसित बोल्दैः 3उहाँको देब्रे हात मेरो शिरमूनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ। प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः 4हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले वाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू। यरूशलेमका स्‍त्रीहरू बोल्दैः 5आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ। त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो। त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो। 6मलाई तपाईंको हृदय र तपाईंको पाखुरामा एउटा छापजस्तै गरी लगाउनुहोस्, किनकि प्रेम मृत्युजत्तिकै प्रबल हुन्छ। जोसिको भक्ति पातालजत्तिकै निष्‍ठुर हुन्छ। यसको ज्वाला दन्कन्छ। यो दन्कने आगो हो। यो कुनै पनि आगोभन्दा तातो हुन्छ। 7उर्लंदो पानीको भेलले प्रेमलाई मेट्न सक्दैन, न त बाढीले यसलाई बगाउन सक्छ। कुनै मानिसले प्रेमको लागि आफ्नो घरको सारा सम्पत्ति दिए तापनि त्यस प्रस्तावलाई बिल्कुलै तुच्छ ठानिन्थ्यो। प्रेमिकाका दाजुहरू आफ्नै बिचमा बोल्दैः 8हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन्। हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ? 9उनी पर्खाल भइदिएको भए, हामी उनीमाथि चाँदीको एउटा धरहरा बनाउनेथियौँ। उनी ढोका भइदिएको भए, हामी उनलाई देवदारुका फल्याकहरूले सजाउनेथियौँ। प्रेमिका आफूसित बोल्दैः 10म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन्। त्यसैले म उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु। प्रेमिका आफूसित बोल्दैः 11बाल-हामोनमा सोलोमनको एउटा दाखबारी थियो। त्यसको रेखदेख गर्न सक्‍नेहरूलाई उहाँले त्यो दाखबारी अधियाँमा दिनुभयो। हरेकले फलफुलको सट्टा एक हजार चाँदीका सिक्‍का ल्याउनुपर्थ्यो। 12मेरो आफ्नै दाखबारी मेरै सामु छ। हे सोलोमन, ती एक हजार सिक्‍का त तपाईंकै निम्ति हुन्, र दुई सय सिक्‍का यसको फलफुल हुर्काउनेका निम्ति हुन्। प्रेमी प्रेमिकासित बोल्दैः 13तिमी बगैँचाहरूमा बस्छ्यौ। मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन्। मैले पनि सुन्‍न पाऊँ। प्रेमिका प्रेमीसित बोल्दैः 14हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।