सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

श्रेष्‍ठगीत 2

यो अध्याय यसमा पर्छ: Verlangen

1प्रेमिका प्रेमीसित बोल्दैः म शारोनको घाँसे मैदानमा उम्रने फुल र बेँसीको लिली हुँ। प्रेमिका प्रेमीसित बोल्दैः 2काँढाहरूका बिचमा फुलेको लिली फुलझैँ मेरी प्रिय युवतीहरूका बिचमा छिन्। प्रेमिका आफैसित बोल्दैः 3जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ। म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ। 4उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो। प्रेमिका प्रेमीसित बोल्दैः 5मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु। प्रेमिका आफैसित बोल्दैः 6उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ। प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः 7हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ। प्रेमिका आफैसित बोल्दैः 8मेरा प्रेमीको सोर सुनिएको छ। सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ। 9मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ। हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ। उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ। 10मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ। हे मेरी सुन्दरी, मसित आऊ। 11हेर, हिउँद बितिसकेको छ; वर्षा पनि सकिएर गयो। 12पृथ्वीमा फुलहरू देखा परेका छन्। छिँवल्ने र चराचुरुङ्गीहरूले गीत गाउने समय आएको छ, अनि हाम्रो देशमा ढुकुरहरूको सोर सुनिएको छ। 13अञ्‍जीरका बोटमा अञ्‍जीरका हरिया दाना लागिसकेका छन् र दाखहरूको मुजुरा लागेका छन्। तिनीहरूले आफ्ना बास्‍ना फिँजाउँछन्। हे मेरी प्रिय, मेरी सुन्दरी, उठेर आऊ। 14पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ। मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ।” प्रेमिका प्रेमीसित बोल्दैः 15हाम्रा लागि फ्याउराहरू समात्‍नुहोस्, ससाना फ्याउराहरू जसले दाखबारि नष्‍ट पार्छन्, किनकि हाम्रो दाखबारीमा मुजुरा लागेको छ। 16मेरा प्रेमी मेरै हुनुहुन्छ, र म उहाँकी हुँ। उहाँ प्रसन्‍न हुँदै लिली फुलहरूका बिचमा घुमेर हिँड्नुहुन्छ। प्रेमिका प्रेमीसित बोल्दैः 17हे मेरा प्रेमी, प्रभातको मन्द हावा चल्नुअगि र छाया भाग्‍नुअगि नै जानुहोस्, गइहाल्नुहोस्। भिराला पहाडहरूमा हरिण वा जवान मृगझैँ हुनुहोस्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।