सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

श्रेष्‍ठगीत 5

यो अध्याय यसमा पर्छ: De bruiloft

1प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु। आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु। मैले आफ्नो महसँगै महको चाका खाएको छु। मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु। मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ। पिओ र प्रेमले मात। प्रेमिका आफैसित बोल्दैः 2म सुतेँ, तर मेरो हृदय जागै थियो। मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, “हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ।” 3“मैले मेरो लुगा फुकालेको छु। के मैले यसलाई फेरि लगाउने? मैले मेरो खुट्टा धोएको छु। के मैले यसलाई फेरि फोहोर बनाउने?” 4मेरा प्रेमीले छेस्किनी खोल्न हात हाल्नुभयो, र मेरो हृदय उहाँको लागि उत्तेजित भयो। 5मेरा प्रेमीको लागि ढोका खोल्न म उठेँ। मेरा हातहरूबाट मूर्र चुहुँदै थियो, र मेरा औँलाहरूबाट ढोकाको ताल्चामा गिलो मूर्र चुहुँदै थियो। 6मैले मेरा प्रेमीको लागि ढोका खोलेँ, तर मेरा प्रेमी फर्केर गइसक्‍नुभएको रहेछ। उहाँ बोल्नुहुँदा मेरो हृदय शोकित भयो। मैले उहाँको खोजी गरेँ, तर मैले उहाँलाई भेट्टाइनँ। मैले उहाँलाई डाकेँ, तर उहाँले मलाई जवाफ दिनुभएन। 7पहरेदारहरू सहरमा घुम्दा तिनीहरूले मलाई भेट्टाए। तिनीहरूले मलाई प्रहार गरी चोटै-चोट पारे। पर्खालमाथि भएका पहरेदारहरूले मेरो खास्टो पनि खोसेर लगे। प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः 8हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू। सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः 9हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन्? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः 10मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ। 11उहाँको शिर निखुर सुनको छ। उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ। 12उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन्। 13उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्‍ना फिँजाउँछन्। 14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन्। 15उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन्। उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ। 16उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन्। उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ। उहाँको मुख ज्यादै मिठो छ। उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ। हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।