सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

श्रेष्‍ठगीत 1

यो अध्याय यसमा पर्छ: Verlangen

1यो सोलोमनको श्रेष्‍ठगीत हो। प्रेमिका आफैसित बोल्दै: 2उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्। प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ। 3तपाईंको अभिषेकको तेलमा आनन्दप्रद बास्‍ना छ। तपाईंको नाउँ बगिरहने अत्तरझैँ छ। त्यसैले युवतीहरूले तपाईंलाई प्रेम गर्छन्। 4मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ। प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ। प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ। हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ। तपाईंको प्रेमको उत्सव मनाऔँ। यो दाखमद्यभन्दा उत्तम छ। अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो। प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः 5हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु। म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु। 6म काली भएकीले र घामले मलाई डढाएकोले मलाई एकटक लगाएर नहेर। मेरी आमाका छोराहरू मसित रिसाउँथे। तिनीहरूले मलाई दाखबारीको रक्षक बनाए, तर मैले मेरो आफ्नै दाखबारीको रक्षा गरेकी छैनँ। प्रेमिका प्रेमीसित बोल्दैः 7हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ। मलाई बताउनुहोस्। तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने? प्रेमी प्रेमिकासित बोल्दैः 8हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ। 9हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु। 10शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ। 11हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ। प्रेमिका आफैसित बोल्दैः 12राजा आफ्नो बिस्तारमा पल्टनुहुँदा मेरो अत्तरले आफ्नो बास्‍ना फिँजायो। 13मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ। 14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ। प्रेमी प्रेमिकासित बोल्दैः 15हे मेरी प्रिय, सुन। तिमी सुन्दरी छ्यौ। सुन, तिमी सुन्दरी छ्यौ। तिम्रा आँखा ढुकुरजस्ता छन्। प्रेमिका प्रेमीसित बोल्दैः 16हे मेरा प्रेमी, सुन्‍नुहोस्। तपाईं सुन्दर हुनुहुन्छ। हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन्। 17हाम्रो घरका दलिनहरू देवदारूका छन्। छाना सल्लाका छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।