सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

एस्तर 3

यो अध्याय यसमा पर्छ: Hamans plan

1यी कुरापछि राजा अहासूरसले अगागी हम्मदाताका छोरा हामानलाई बढुवा गरे, र तिनीसित भएका सबै अधिकारीभन्दा तिनको अधिकारको पद माथि राखिदिए। 2राजाको ढोकामा भएका सबै सेवकले हामानको सामु घुँडा टेक्‍नु र लम्पसार परेर दण्‍डवत् गर्नु भन्‍ने आदेश राजाबाट भएको थियो। तर मोर्दकैले न घँडा टेके, न लम्पसार परे। 3तब राजाको ढोकामा बस्‍ने राजाका सेवकहरूले मोर्दकैलाई भने, “राजाको आज्ञालाई तपाईं किन अटेर गर्नुहुन्‍छ?” 4तिनीहरूले दिनप्रतिदिन तिनीसित उही कुरा गरे तापनि तिनले उनीहरूका इच्‍छाको बेवास्ता गरे। त्यसैले मोर्दकैको बारेमा त्यस्तै रहन्छ कि रहँदैन भनी तिनीहरूले त्यो कुरा हामानलाई बताए किनकि मोर्दकै यहूदी थिए भनी उनले तिनीहरूलाई भनेका थिए। 5हामानको सामु मोर्दकैले घुँडा नटेकेको र ननिहुरेको कुरा जब हामानले देखे, तब तिनी रिसले चूर भए। 6मोर्दकैलाई मात्र मार्नुपर्छ भन्‍ने विचारलाई तिनले टेरेनन् किनकि मोर्दकैका मानिसहरू को थिए भनी राजाका सेवकहरूले तिनलाई बताएका थिए। हामानले अहासूरसको सम्पूर्ण राज्यमा भएका सारा यहूदी अर्थात् मोर्दकैको जातिलाई सखाप पार्न चाहन्थे। 7राजा अहासूरसको बाह्रौँ वर्षको पहिलो महिनामा (जुन नीसान महिना हो) दिन र महिनाको छनोट गर्न हामानको सामु पुर अर्थात् चिट्ठा हालियो। चिट्ठा बाह्रौँ महिनामा (जुन अदार महिना हो) नपरेसम्म तिनीहरूले चिट्ठा हालिरहे। 8तब हामानले राजा अहासूरसलाई भने, “एउटा कोही मानिसहरू छन् जुन हजुरको राज्यका सारा प्रान्तभिर छरिएर रहेका छन्। तिनीहरूको व्यवस्था अरू मानिसहरूको भन्दा फरक छ, र तिनीहरूले राजाको व्यवस्था पालन गर्दैनन्। त्यसैले तिनीहरूलाई छोडिदिनु राजाको लागि उचित होइन। 9राजालाई खुसी लागेमा तिनीहरूलाई मार्ने आदेश दिनुहोस्, र यो काम गर्ने राजाका कर्मचारीहरूका निम्ति म राजकोषमा जम्मा गर्न तिन लाख किलो चाँदी दिनेछु।” 10तब राजाले आफ्नो हातबाट छाप-औँठी निकाले र यहूदीहरूका शत्रु अगागी हम्मदाताका छोरा हामानलाई त्‍यो दिए। 11राजाले हामानलाई भने, “तिमी र तिम्रा मानिसहरूलाई रुपियाँ-पैसा फिर्ता दिइएको म हेर्नेछु। तिमीलाई इच्छा छ त्‍यही त्‍यसले गर।” 12तब पहिलो महिनाको तेह्रौँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो, र हामानको आदेश समावेश गर्ने गरी एउटा उर्दी लेखेर राजा प्रान्तीय गभर्नरहरू, सबै प्रान्तका अधिकारीहरू, विभिन्‍न जातिका सबै गभर्नरहरू, सबैजातिका अधिकारीहरूलाई हरेक प्रान्‍तमा तिनीहरूको आफ्नै लिपि र हरेक जातिको आफ्नै भाषामा पठाइयो। यसलाई राजा अहासूरसको नाउँमा लेखिएको र त्यसलाई तिनको औँठीद्वारा छाप लगाइएको थियो। 13बाह्रौँ महिना (जुन अदार महिना हो) को तेह्रौँ दिनमा युवादेखि वृद्धसम्म, बालबालिका र महिला सबै यहूदीलाई एकै दिनमा नामेट पार्न, मार्न र नाश गर्न अनि तिनीहरूका धन-सम्पत्ति खोस्‍न राजाका सारा प्रान्तमा पत्रवाहकहरूद्वारा चिठ्ठीहरू पठाइए। 14हरेक प्रान्तमा उक्‍त चिट्ठीको एकप्रतिलाई कानुन बनाइयो। तिनीहरू त्यही दिन तयार हुनुपर्छ भनेर हरेक प्रान्तमा सबै मानिसलाई जानकारी गराइयो। 15राजाको आदेशलाई वितरण गर्न पत्रवाहकहरू हतारिए गए। शूशनको किल्लाभित्र पनि उर्दी बाँडियो। राजा र हामान पिउनलाई बसे, तर शूशन सहरमा भने हलचल मच्‍चियो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।