सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

आमोस 4

यो अध्याय यसमा पर्छ: Hoort dit woord

1ए बाशानका गाईहरू, यो वचन सुन, तिमीहरू जो सामरियाको पहाडमा बस्‍छौ, तिमीहरू जसले गरिबहरूलाई थिचोमिचो गर्छौ, तिमीहरू जसले दरिद्रहरूलाई कुल्‍चिन्‍छौ, तिमीहरू जसले आफ्ना पतिहरूलाई भन्‍छौ, “हामीलाई मद्य ल्याउनुहोस्”। 2परमप्रभुले आफ्नो पवित्रताद्वारा प्रतिज्ञा गर्नुभएको छ, “हेर, तिमीहरूमाथि यस्ता दिनहरू आउनेछन् जति बेला तिमीहरूलाई तिनीहरूले अंकुसेले, र तिमीहरूमध्‍ये अन्‍तिम बचेकाहरूलाई बल्छीले लैजानेछन्। 3तिमीहरू सहरका पर्खालका धाँदाहरूका बिचबाट जानेछौ, तिमीहरू हरेक व्‍यक्‍ति सिधै त्यहाँबाट जानेछौ, र तिमीहरू हर्मोनतिर फालिनेछौ —यो परमप्रभुको घोषणा हो।” 4“बेथेलमा जाओ र पाप गर, गिलगालमा जाओ अनि धेरै पाप बढाओ, हरेक बिहान आफ्ना बलिदानहरू, हरेक तिन दिनमा आफ्‍ना दशांशहरू ल्याओ। 5रोटीले धन्यवादको बलिदान अर्पण गर, स्वइच्‍छा भेटीको घोषणा गर। तीबारे घोषणा गर, किनकि यस कुराले तिमीहरू, इस्राएलका मानिसहरूलाई खुसी तुल्‍याउँछ, — यो परमप्रभु परमेश्‍वरको घोषणा हो। 6मैले तिमीहरूका सबै सहरहरूमा तिमीहरूका भोको पेट दिएँ र तिमीहरूका सबै ठाउँहरूमा रोटीको अभाव पारें। तापनि तिमीहरू मकहाँ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो।” 7फसल काट्‍नलाई तिन महिना बाँकी हुँदा नै मैले पनि तिमीहरूबाट वर्षालाई रोकें। एउटा सहरमा मैले पानी पर्न दिएँ र अर्को सहरमा मैले पानी पर्न दिइनँ। जमिनको एक भागमा पानी पर्‍यो, तर जमिनको जुन भागमा पानी परेन त्यो सुक्‍यो। 8दुई वा तिनवटा सहर पानी पिउनको निम्ति अर्को सहरतर्फ धर्मराउँदै हिंडे, तर तृप्‍त भएनन्। तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो। 9डढुवा र ओसले मैले तिमीहरूलाई कष्‍ट दिएँ। तिमीहरूका असङ्ख्‍य बगैँचाहरू, तिमीहरूका दाखबारीहरू, तिमीहरूका नेभाराका रूखहरू, र जैतूनका रूखहरू, सलहले ती सबैलाई सखाप पारे। तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो। 10मैले मिश्रमा झैं तिमीहरूका बिचमा विपत्ति पठाएँ। तिमीहरूका जवान मानिसहरूलाई मैले तरवारले मारें, तिमीहरूका घोडाहरूलाई लिएर गएँ, र तिमीहरूका छाउनीको दुर्गन्ध तिमीहरूको नाकसम्म आउने पारें। तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो। 11मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो। तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ। तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो। 12त्यसैले, ए इस्राएल, म तेरो बिचमा केही डरलाग्दो कुरा गर्नेछु। र मैले तिमीहरूका बिचमा केही डरलाग्दो गर्ने हुनाले, ए इस्राएल, आफ्नो परमेश्‍वरलाई भेट्न तयार हो! 13किनकि, हेर, जसले पहाडहरू बनाउनुहुन्छ, उहाँले नै बतास पनि सृष्‍टि गर्नुहुन्छ, आफ्ना विचारहरू मानिसजातिकहाँ प्रकट गर्नुहुन्छ, बिहानको उज्‍यालोलाई अन्धकार बनाउनुहुन्छ, र पृथ्वीका उच्‍च ठाउँहरूलाई कुल्‍चिनुहुन्छ। परमप्रभु, सर्वशक्तिमान् परमेश्‍वर, उहाँको नाउँ हो।”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।