सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 कोरिन्थी 7

यो अध्याय यसमा पर्छ: Paulus' bediening

1प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ। परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ। 2हाम्रा निम्ति ठाउँ बनाओ! हामीले कसैको खराबी गरेका छैनौँ। हामीले कसैलाई हानि पुर्‍याएका छैनौँ, न त कसैको फाइदा नै लिएका छौँ। 3मैले तिमीहरूलाई दोषी ठहर्‍याउन यो भनेको होइनँ। किनकि मैले अघि नै भनिसकेको छु कि तिमीहरू हाम्रा हृदयमा छौ, सँगै मर्न र बाँच्नको निम्ति। 4तिमीहरूमाथि मेरो ठुलो भरोसा छ र म तिमीहरूमा गर्व गर्छु। म सान्त्वनाले भरिएको छु। हाम्रा सबै कष्‍टमा पनि म आनन्दले भरिएको छु। 5हामी माकेडोनिया आउँदा हाम्रो शरीरले आराम पाएन। बरु, बाहिरका सङ्घर्षहरू र भित्रका भयहरूबाट हामी हरतरहले सताइएका थियौँ। 6तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्‍वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो। 7तिनको आगमनले मात्र हामीलाई परमेश्‍वरले सान्त्वना दिनुभएन। तर तीतसले तिमीहरूबाट प्राप्‍त गरेको सान्त्वनाबाट पनि हो। तिनले तिमीहरूको महान् प्रेम, दुःख र मेरो निम्ति तिमीहरूको गहिरो चिन्ताको बारेमा बताए। यसकारण, म अझ धेरै आनन्दित भएँ। 8मेरो पत्रले तिमीहरूलाई दुःखित तुल्याएको भए तापनि म यसको लागि पछुताउँदिनँ। मेरो पत्रले तिमीहरूलाई दुःखित बनाएको मैले देख्दा म पछुताएँ। तर तिमीहरू केही समयको लागि मात्र दुःखित भयौ। 9तिमीहरू सताइएको कारणले होइन, तर तिमीहरूको दुःखले तिमीहरूलाई पश्‍चात्तापसम्म डोर्‍याएको कारणले अब म खुसी छु। तिमीहरूले ईश्‍वरीय शोकको महसुस गर्‍यौ। हाम्रो कारण तिमीहरूले कुनै नोक्सानी भोगेनौ। 10किनकि ईश्‍वरीय शोकले पश्‍चात्ताप ल्याउँछ जसले पछुतोविना नै मुक्‍तिको काम पुरा गर्छ। तर सांसारिक शोकले मृत्यु ल्याउँछ। 11हेर, यस ईश्‍वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्‍न गरायो। आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो। तिमीहरूका क्रोध, डर, तृष्‍णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ। 12मैले तिमीहरूलाई लेखे तापनि त्यो खराबीग र्ने वा खराबी भोग्‍नेको खातिर मैले लेखिनँ। हामीप्रति भएको तिमीहरूको गम्भीरता परमेश्‍वरको सामु थाहा पाउन सकूँ भनेर मैले लेखेँ। 13यही कारणले हामी उत्साहित हुन्छौँ। हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ। 14किनकि तिनीसँग तिमीहरूको बारेमा गर्व गर्दा म शर्माइनँ। यसको विपरीत, जसरी तिमीहरूलाई हामीले भनेका सबै कुरा साँचा थिए, त्यसरी नै तिमीहरूको बारेमा हामीले तीतससँग गरेको गर्व पनि सत्य ठहरियो। 15तिमीहरू सबैको आज्ञाकारिता र तिमीहरूले तिनलाई डर र कम्पसाथ गरेको स्वागत सम्झेर तिमीहरूप्रति तिनको स्‍नेह अझ बढ्छ। 16म रमाउँछु, किनकि तिमीहरूमाथि मेरो पूर्ण भरोसा छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।