सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 कोरिन्थी 6

यो अध्याय यसमा पर्छ: Paulus' bediening

1र यसकारण, उहाँको अनुग्रहमा सँगसँगै काम गर्दै हामी तिमीहरूलाई अनुरोध गर्दछौँ कि उहाँको अनुग्रहलाई व्यर्थमा नलेओ। 2उहाँ यसरी भन्‍नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ।” हेर, यो मुक्‍तिको दिन यो। 3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ। 4बरु, हामी आफैँलाई परमेश्‍वरका सेवकहरू हौँ भनी हाम्रो कामबाट प्रमाणित गर्छौं। हामी धैर्य धारणमा, कष्‍टमा, विपत्तिमा, कठिनाइमा, 5पिटाइमा, कैदी अवस्थामा, हुलदङ्गामा, कडा परिश्रममा, अनिदा रातमा, भोकमा 6शुद्धतामा, ज्ञानमा, धैर्यमा, दयामा, पवित्र आत्मामा, असल प्रेममा उहाँका सेवकहरू हौँ। 7हामीहरू परमेश्‍वरको शक्‍तिमा, वचनको सत्यतामा सेवकहरू हौँ। हामीसँग हाम्रो दायाँ र बायाँ हातमा धार्मिकताको हतियार छन्। 8हामी मान र अपमान, निन्दा र प्रशंसामा काम गर्दछौँ। हामीलाई ठगाहा छौँ भन्‍ने आरोप लगाइन्छ, तथापि हामी साँचा छौँ। 9हामी नचिनिएका व्यक्‍तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ। हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ। हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन। 10हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ। हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ। हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ। 11हे कोरिन्थका विश्‍वासीहरू हो, हामीले तिमीहरूलाई सबै साँचा कुराहरू बताएका छौँ र हाम्रा हृदयहरू खुला छन्। 12तिमीहरूका हृदय हामीबाट नियन्‍त्रित छैनन्, तर तिमीहरूका आफ्नै भावनाद्वारा नियन्‍त्रित छन्। 13अब यसको सट्टामा, म बालकहरूसँग झैँ बोल्दछु, कि आफ्नो हृदयलाई खुला राख। 14अविश्‍वासीहरूसँगै ननारिओ। किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति? 15ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता? 16र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु। म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन्।” 17त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ। अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु। 18म तिमीहरूका पिता हुनेछु र तिमीहरू मेरा छोराहरू र छोरीहरू हुनेछौ,” सर्वशक्‍तिमान् परमेश्‍वर भन्‍नुहुन्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।