सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

2 कोरिन्थी 1

यो अध्याय यसमा पर्छ: Paulus' bediening

1पावल, परमेश्‍वरको इच्छा अनुसार येशू ख्रीष्‍टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्‍वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्‍वासीहरूलाई। 2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस्। 3हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस्। उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ। 4परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ। त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ। परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ। 5जसरी हाम्रो निम्ति ख्रीष्‍टको कष्‍ट प्रशस्त छ, त्यसरी नै ख्रीष्‍टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ। 6तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो। र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो। तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ। 7तिमीहरूको निम्ति हाम्रो आशा दृढ छ। तिमीहरू दुःखमा सहभागी हुँदा सान्त्वनामा पनि सहभागी हुन्छौ भन्‍ने हामीलाई थाहा छ। 8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ। हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ। 9वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो। तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो। 10उहाँले हामीलाई त्यस्तो घातक जोखिमबाट बचाउनुभयो र फेरि पनि उहाँले हामीलाई बचाउनुहुनेछ। उहाँले हामीलाई फेरि पनि छुटाउनुहुनेछ भन्‍ने हामीले उहाँमा आशा राखेका छौँ। 11उहाँले यसो गर्नुहुनेछ जसरी तिमीहरूले पनि हामीलाई आफ्ना प्रार्थनाद्वारा मदत गर्छौ। त्यसपछि धेरैको प्रार्थनाद्वारा हामीलाई दिइएको अनुग्रही कृपाको लागि धेरैले हाम्रो तर्फबाट धन्यवाद दिनेछन्। 12हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं। किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ। विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा। 13हामी तिमीहरूले पढ्न र बुझ्न नसक्‍ने गरी केही पनि लेख्दैनौँ। म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ। 14जसरी अहिले तिमीहरूले हामीलाई केही मात्रमा बुझ्यौ। येशू ख्रीष्‍टको दिनमा हामी तिमीहरूका निम्ति गर्व गर्ने कारण बन्‍नेछौँ, जसरी तिमीहरू हाम्रा कारण बन्‍नेछौ। 15यो कुरामा म निर्धक्‍क भएको कारण, तिमीहरूले दुईवटा भेटको लाभ उठाउन सक भनेर म तिमीहरूकहाँ अगाडि नै आउन चाहन्थेँ। 16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ। माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ। 17जब मैले यस तरिकाले सोच्दै थिएँ, तब के म हिच्किचाएँ र? के मैले मानवीय मापनअनुसार योजनाहरू बनाएँ कि मैले एकै समयमा “हो” र “होइन” भनेँ र? 18तर जसरी परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, हामी एकैसाथ “हो” र “होइन” भन्दैनौँ। 19किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न। बरु, उहाँ सदा “हो” हुनुहुन्छ। 20किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन्। यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ। 21अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो। 22उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो। 23बरु, मैले परमेश्‍वरलाई मेरो गवाहीको लागि पुकारेँ। त्यसैले, तिमीहरूलाई बचाउन सकूँ भनेर म कोरिन्थमा आइनँ। 24तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन। बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।