सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

न्यायकर्ताहरू 16

यो अध्याय यसमा पर्छ: De rechters

1शिमशोन गाजामा गए र त्यहाँ एउटी वेश्यालाई देखे, र तिनी त्यससँग ओछ्‍यानमा गए। 2गाजाका मानिसहरूलाई यस्तो भनियो, “शिमशोन यहाँ आएको छ।” गाजाका मानिसहरूले त्यस ठाउँलाई घेरे र गुप्‍तमा तिनीहरूले सारा रात सहरको ढोकामा कुरे। तिनीहरू रातभर शान्त बसे। तिनीहरूले यसो भनेका थिए, “दिनको उज्यालो नभएसम्म हामी कुरौं, र त्‍यसपछि उसलाई हामी मारौं।” 3शिमशोन मध्यरातसम्म ओछ्यानमा पल्टे। मध्यरातमा तिनी उठे र तिनले सहरको ढोका र त्यसका दुईवटा खम्बालाई समाते। तिनले बारसहित ती जमिनबाट उखेले, र ती आफ्ना काँधमा राखे, र हेब्रोनको सामुन्‍ने डाँडाको चुचुरासम्म बोकेर लगे। 4यसपछि, शिमशोन सोरेकको बेसीमा बस्‍ने गर्ने एक जना स्‍त्रीसँग प्रेममा परे। त्यसको नाउँ दलीला थियो। 5पलिश्तीहरूका शासकहरू त्यस स्‍त्रीकहाँ आए, र भने, “शिमशोनलाई छल गरेर त्यसको त्यो ठुलो बल केमा रहेको छ, र कसरी हामी त्यसको शक्तिलाई हामी हराउन सक्‍छौं भन्‍ने कुरा थाहा गर, ताकि हामीले त्यसलाई बाँधेर त्यसलाई लज्‍जीत पार्न सकौं। यो काम गर, र हामी हरेकले तिमीलाई चाँदीका १,१०० सिक्‍का दिनेछौं।” 6तब दलीलाले शिमशोनलाई भनिन्, “कृपया मलाई बताउनुहोस्, कि तपाईं कसरी यस्तो बलियो हुनुहुन्छ, र तपाईंलाई नियन्त्रण गर्नको निम्ति तपाईंलाई कसरी बाँध्‍न सकिन्छ?” 7शिमशोनले त्यसलाई भने, “तिनीहरूले मलाई नयाँ सातवटा नसुकेका धनुका ताँदाले बाँधे भने, म कमजोर हुनेछु र अरू साधारण मानिसझैं हुनेछु।” 8तब पलिश्तीहरूका शासकहरूले नयाँ सातवटा नसुकेका धनुका ताँदा ल्याएर दलीलालाई दिए, र त्यसले शोमशोनलाई ती ताँदाले बाँधी। 9त्यस स्‍त्रीको भित्री कोठामा त्यसले गुप्‍तमा मानिसहरू लुकाएकी थिई। त्यसले तिनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तर तिनले ती धनुका ताँदालाई आगोमा परेका सनपाटका धागाहरूझैं छिनाइदिए। यसैले तिनको शक्तिको रहस्य खोलिएन। 10त्यसपछि दलीलाले शिमशोनलाई भनी, “तपाईंले मलाई धोका दिनुभएको छ र मलाई झुटो बोल्नुभएको छ। कृपया, मलाई बताउनुहोस् तपाईंलाई कसरी नियन्त्रण गर्न सकिन्छ।” 11तिनले त्यसलाई भने, “कहिल्यै कामको निम्ति प्रयोग नभएका नयाँ डोरीले तिनीहरूले मलाई बाँधे भने म कमजोर हुनेछु र साधारण मानिसझैं हुनेछु।” 12यसैले दलीलाले नयाँ डोरीहरू लिएर तिनलाई त्यसले बाँधी, र भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” मानिसहरू भित्री कोठामा कुरिरहेका थिए। तर शिमशोनले आफ्ना पाखुराका डोरीहरूलाई धागो छिनाएझैं छिनाइदिए। 13दलीलाले शिमशोनलाई भनी, “अहिलेसम्म त तपाईंले मलाई धोका दिनुभएको छ र मसँग झुटो बोल्नुभएको छ। तपाईंलाई कसरी नियन्त्रमा लिन सकिन्छ मलाई बताउनुहोस्।” शिमशोनले त्यसलाई भने, “तिमीले मेरो कपालका सातवटा लट्टालाई तानमा बुनेर कीलामा कसेर राख्यौ भने म अरू मानिसझैं हुनेछु।” 14जब तिनी निदाए, दलीलाले उनका कपालका सातवटा लट्टा बनाई तानमा बुनेर कीलामा कसरे राखी, अनि त्यसले उनलाई भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र तानसमेत कीला उखेलिदिए। 15त्यसले उनलाई भनी, “तपाईंले मलाई कसरी ‘म तिमीलाई प्रेम गर्छु’ भन्‍न सक्‍नुहुन्छ, जब कि तपाईंले आफ्ना गोप्य कुराहरू मलाई बताउनुहुन्‍न? तिन पटक तपाईंले मेरो उपहास गर्नुभएको छ र तपाईंसँग यस्तो महाबल कसरी आउँछ भनेर भन्‍नुभएको छैन।” 16हरेक दिन त्यसले तिनलाई यही कुरा गरेर दबाब दिई, र त्यसले यति दबाब दिई, कि तिनले मर्ने इच्छा गरे। 17यसैले शिमशोनले त्यसलाई हरेक कुरा भने र तिनलाई यसो भनिदिए, “मेरो शिरको कपालमा कहिल्यै पनि मैले खौरेको छैन, किनभने मेरी आमाको गर्भदेखि नै म परमेश्‍वरको निम्ति एक नाजिरी भएको छु। मेरो कपाल खौरियो भने, मेरो शक्ति मबाट जानेछ, र म कमजोर र सामान्य मानिसझैं हुनेछु।” 18दलीलाले तिनले सबै सत्य कुरा बताएको देखेपछि, त्‍यसले यसो भनेर पलिश्तीहरूका शासकहरूलाई बोलाई, “आउनुहोस्, किनभने तिनले मलाई सबै कुरा बताएका छन्।” त्यसपछि पलिश्तीहरूका शासकहरूले आफ्ना हातमा चाँदी लिएर त्यसकहाँ गए। 19त्यसले तिउनलाई आफ्नो काखमा सुताई। तिनको शिरको सातवटा लट्टा खौरिदिन त्यसले एक जना मानिसलाई बोलाई, र त्यसले तिनलाई काबूमा पार्न लागी, किनभने तिनको शक्ति हटिसकेको थियो। 20त्यसले भनी, “शिमशोन! पलिश्तीहरू तपाईंमाथि आइलाग्दै छन्!” तिनी आफ्नो निद्राबाट उठे र भने, “म अरू बेलाझैं उम्कनेछु र आफूलाई छुटाउनेछु।” तर परमप्रभुले तिनलाई छोडिसाक्‍नुभएको छ भन्‍ने तिनलाई थाहा थिएन। 21पलिश्तीहरूले तिनलाई समाते र तिनका आँखा निकालिदिए। उनीहरूले तिनलाई गाजामा ल्याएर काँसाका साङ्लाले बाँधे। तिनी झ्यालखानामा जाँतो पिंध्‍न थाले। 22तर तिनको शिरमा कपाल खौरपछि फेरि पलाउन थाल्यो। 23पलिश्तीहरूका शासकहरू आफ्ना देवता दागोनलाई महान् बलि चढाउन र आनन्द मनाउन एकसाथ भेला भए। तिनीहरूले भने, “हाम्रा देवताले हामीहरूका शत्रु शिमशोनलाई जिते र हाम्रो हातमा सुम्पिदिए।” 24जब मानिसहरूले तिनलाई देखे, तब तिनीहरूले आफ्ना देवताको प्रशंसा गरे, किनकि तिनीहरूले भने, “हाम्रो देशलाई नाश गर्ने, र हामीमध्ये धेरैलाई मार्ने हामीहरूका शत्रुलाई हाम्रो देवताले जित हासिल गरे हाम्रो हातमा सुम्‍पिदिए।” 25जब तिनीहरू उत्सव मनाउँदै थिए, तब तिनीहरूले भने, “शिमशोनलाई बोलाओ, ताकि त्यसले हामीलाई हँसाओस्।” तिनीहरूले शिमशोनलाई झ्यालखानाबाट बाहिर झिके र तिनले तिनीहरूलाई हँसाए। उनीहरूले तिनलाई खम्‍बाहरूका बिचमा खडा गरेका थिए। 26शिमशोनका आफ्‍नो हात समाइरहेको केटोलाई भने, “यो मन्‍दिर अडाउने खम्बाहरू मलाई छुन देऊ, ताकि म तिनमा अडेस लगाउन सकूँ।” 27त्यो मन्‍दिर पुरुष र स्‍त्रीहरूले भरिएको थियो। पलिश्तीहरूका सबै शासकहरू त्यहीं नै थिए। छतमा करिब तिन हजार पुरुष र स्‍त्रीहरू थिए। शिमशोनले तिनीहरूलाई मनोरन्‍जन दिंदा हेरिरहेका थिए। 28शिमशोनले परमप्रभुलाई पुकारा गरे र भने, “परमप्रभु परमेश्‍वर, मेरो सम्झना गर्नुहोस्! परमेश्‍वर, कृपया मलाई एकपटक मात्र शक्ति दिनुहोस्, ताकि मेरा दुई आँखाको साटो मैले यी पलिश्तीहरूसँग एकै पटकमा बदला लिन सकूँ।” 29त्यस मन्‍दिरलाई अडाउने बिचका दुई खम्बालाई शिमशोनले समाए र एउटा खम्बालाई आफ्नो दाहिने हात र अर्कोलाई आफ्नो देब्रे हातले समाएर ती ठेले। 30शिमशोनले भने, “मलाई पलिश्तीहरूसँगै मर्न दिनुहोस्!” तिनले आफ्नो बल लगाएर हातहरू पसारे र त्यो मन्‍दिर सबै शासकहरू र त्यहाँ भएका सबै मानिसहरूमाथि खस्यो। यसरी तिनी आफू मर्दा आफ्नो जीवनभरमा मरेका भन्दा धेरैलाई मारे। 31तब तिनका दाजुभाइ र तिनका बुबाका घरानाका सबै त्यहाँ आए। तिनीहरूले तिनलाई लगे अनि तिनका बुबा मानोहको चिहानमा सोरा र एश्लोतको बिचमा तिनलाई दफन गरे। शिमशोनले इस्राएलमा बिस वर्ष न्याय गरेका थिए।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।