सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उपदेशक 9

यो अध्याय यसमा पर्छ: Wat de mens niet weet

1मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ। ती सबै परमेश्‍वरका हातमा छन्। कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन। 2सबैको अन्त्य उही किसिमको हुन्छ। धर्मी र दुष्‍ट मानिसहरू, असल, शुद्ध र अशुद्ध अनि बलिदान चढाउने र बलिदान नचढाउने सबैको दशा एउटै हुन्छ। जसरी असल मानिसहरू मर्छन्, त्यसै गरी पापीहरू मर्ने छन्। जसरी वाचा बाँध्‍ने मर्छ, त्यसै गरी शपथ खान डराउने मानिस पनि मर्ने छ। 3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ। तिनीहरू सबैमा उही कुरो आइपर्छ। मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ। त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन्। 4सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ। मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो। 5किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन। तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन। 6तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन्। सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन्। 7आफ्नो बाटो लाग्; आनन्द भएर आफ्नो रोटी खा, र प्रसन्‍न हृदय लिएर आफ्नो दाखमद्य पि, किनकि असल कामहरूको उत्सवलाई परमेश्‍वरले अनुमोदन गर्नुहुन्छ। 8तेरा लुगाहरू सधैँ सेता होऊन्, र तेरो शिर तेलले अभिषेक गरियोस्। 9परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस्। सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो। 10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन। 11मैले सूर्यमूनि केही रोचक कुराहरू देखेको छुः तीव्रगतिमा कुद्‍नेहरूले दौड जित्दैनन्। बलिया मानिसहरूले युद्ध जित्दैनन्। बुद्धिमान् मानिसहरूले रोटी पाउँदैनन्। समझशक्ति भएका मानिसहरूले धन-सम्पत्ति पाउँदैनन्। ज्ञान भएका मानिसहरूले निगाह पाउँदैनन्। बरु, समय र अवसरले तिनीहरू सबैलाई प्रभाव पार्छन्। 12निश्‍चय नै त्यसको समय कहिले आउने छ भनी कसैलाई थाहा छैन। माछा घातक जालमा परेझैँ वा चराचुरुङ्गी पासोमा परेझैँ मानव-जाति खराब समयको पासोमा जेलिएका छन्, जुन पासो अकस्मात् तिनीहरूमाथि आइपर्छन्। 13मैले सूर्यमूनि यस्तो बुद्धि पनि देखेको छु, जसले मलाई निकै प्रभावित पार्‍यो। 14एउटा सानो सहर थियो जहाँ थोरै मात्र मानिसहरू थिए। एउटा महान् राजा यसको विरुद्धमा आएर यसलाई घेरा हाले र यसको विरुद्धमा चारैतिर घेरा-मचान लगाए। 15अब त्यस सहरमा एउटा गरिब मानिस फेला पारियो। त्यो बुद्धिमान् थियो, जसले आफ्नो बुद्धिले सहरलाई बचायो। तरै पनि पछि कसैले पनि त्यस गरिब मानिसलाई सम्झेन। 16त्यसैले मैले निष्कर्ष निकालेँ, “शक्तिभन्दा बुद्धि उत्तम हो, तर त्यस गरिब मानिसको बुद्धिलाई तुच्छ ठानियो, र त्यसका वचनहरूलाई ध्यानै दिइएन।” 17मूर्खहरूका बिचमा भएको शासकको चर्को सोरभन्दा नम्र भएर बोलिएका बुद्धिमान् मानिसका वचनहरूलाई राम्ररी ध्यान दिइन्छ। 18युद्धका तरवारहरूभन्दा बुद्धि उत्तम हो, तर एउटा पापीले धेरै असल कामलाई विनाश गर्छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।