सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उपदेशक 10

यो अध्याय यसमा पर्छ: Wat de mens niet weet

1जसरी मरेका झिँगाहरूले अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसै गरी थोरै मूर्खताले बुद्धि र सम्मानलाई दबाइदिन सक्छ। 2बुद्धिमान् मानिसको मन ठिक कुरातिर लाग्छ, तर मूर्खको मन बेठिक कुरातिर लाग्छ। 3मूर्ख सडकमा हिँड्दा त्यसको सोचाइ अपूर्ण हुन्छ जसले त्यो मूर्ख हो भनी हरेकलाई प्रमाणित गर्छ। 4तेरो विरुद्धमा शासकको रिस उठ्यो भने तेरो काम नछाड्। चुपचाप बसाइले ठुलो झोँकलाई पनि शान्त पार्न सक्छ। 5सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः 6मूर्खहरूलाई नेतृत्वका पदहरू दिइन्छ, जब कि सफल मानिसहरूलाई तल्लो स्तरका पदहरू दिइन्छ। 7मैले दासहरूले घोडा चढेको देखेको छु, र सफल मानिसहरू भुइँमा दासहरूजस्तै गरी हिँडेको देखेको छु। 8खाडल खन्‍ने कोही पनि त्यसभित्र खस्‍न सक्छ, र कसैले पर्खाल भत्काउँदा सर्पले त्यसलाई डस्‍न सक्छ। 9ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्‍याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ। 10बन्चरो बोधो छ र मानिसले त्यसलाई उध्याउँदैन भने त्यसले बढी शक्तिको प्रयोग गर्नुपर्छ, तर बुद्धिले सफलताको लागि मौका उपलब्ध गराउँछ। 11लट्ठ्याइनअगि नै सर्पले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन। 12बुद्धिमान् मानिसका वचनहरू अनुग्रहमय हुन्छन्, तर मूर्खको ओठले त्यो आफैलाई नष्‍ट पार्छ। 13जसरी मूर्खको मुखबाट वचनहरू प्रवाह हुन थाल्छन्, त्यसै गरी मूर्खता बाहिर आउँछ, र अन्त्यमा त्यसको मुखबाट दुष्‍ट पागलपना बाहिर निस्कन्छ। 14मूर्खले कुराहरू बढाउँछ, तर के हुने छ भनी कसैलाई थाहा हुँदैन। त्यसको पछि के हुने छ भनी कसैले जान्दैन। 15मूर्खहरूको परिश्रमले तिनीहरूलाई यसरी थकाउँछ, कि तिनीहरूलाई सहर जाने बाटोसमेत थाहा हुँदैन। 16त्यो देशलाई धिक्‍कार होस्, जुन देशको राजा जवान ठिटो छ, र त्यसका अगुवाहरूले बिहानैदेखि उपवास बस्‍न थाल्छन्! 17तर त्यो देश धन्यको हो, जसको राजा कुलीहरूको छोरो हो, र त्यसका अगुवाहरूले मात्‍नको लागि नभई शक्तिको लागि ठिक समयमा खान्छन्! 18अल्छेपनको कारण छाना भत्कन्छ, र निष्क्रिय हातको कारण घर चुहुने हुन्छ। 19मानिसहरूले हाँसोको लागि खाना तयार गर्छन्; दाखमद्यले जीवनमा आनन्द ल्याउँछ, र रुपियाँ-पैसाले दैनिक खाँचोलाई पुरा गर्छ। 20राजालाई नसराप्; तेरो मनमा पनि नसराप्, र तेरो सुत्‍ने कोठाभित्र धनी मानिसहरूलाइ नसराप्। किनकि आकाशका चराचुरुङ्गीहरूले तेरा वचनहरू लिएर जालान्। पखेटा भएकाहरूले तेरो विषयलाई फैलाउन सक्छन्।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।