सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

उपदेशक 4

यो अध्याय यसमा पर्छ: Het onderzoek

1फेरि एक पटक मैले सूर्यमूनि भएका सबै थिचोमिचोको विषयमा विचार गरेँ। मैले थिचोमिचोमा परेकाहरूको आँसु देखेँ, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन। शक्ति तिनीहरूलाई थिचोमिचो गर्नेहरूको हातमा थियो, र तिनीहरूलाई सान्त्वना दिने कोही थिएन। 2अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ। 3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो। त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन। 4तब हरेक परिश्रम र हरेक सिपालु काम आफ्नो छिमेकीको ईर्ष्याबाट आउँदोरहेछ भनी मैले देखेँ। यो पनि बाफ नै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो। 5मूर्खले आफ्ना हात बाँधेर बस्छ, र कुनै काम गर्दैन। त्यसैले त्यसको भोजन त्यसको आफ्नै शरीर हुन्छ। 6बतासलाई खेद्‍ने कोसिसबाट प्राप्‍त दुई मुट्ठीभन्दा मौन कामबाट प्राप्‍त एक मुट्ठी लाभ उत्तम हुन्छ। 7त्यसपछि मैले सूर्यमूनि व्यर्थता अर्थात् हराएर जाने बाफको विषयमा अझै सोचविचार गरेँ। 8एउटा एक्लै बस्‍ने किसिमको मानिस छ। त्यसको कोही छैन, न छोरा, न दाजुभाइ। त्यसको कामको कुनै अन्त्य छैन, र त्यसका आँखा धन-सम्पत्ति आर्जन गर्नमा सन्तुष्‍ट हुँदैनन्। त्यो छक्‍क पर्छ, “मैले कसको लागि मेहनत गर्दै छु? मैले किन सुख-विलासलाई त्याग्दै छु?” यो पनि बाफ र खराब अवस्था हो। 9एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ। सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन्। 10एउटा खस्यो भने अर्कोले आफ्नो साथीलाई उठाउन सक्छ। तथापि एकलो भएको मानिस खस्दा त्यसलाई उठाउने कोही भएन भने त्यसलाई शोकले पिछा गर्छ। 11दुई जना सँगसँगै सुते भने न्यानो हुन्छ, तर एक जना मात्र त कसरी न्यानो हुने? 12एक जनालाई जित्‍न सकिन्छ, तर दुई जनाले आक्रमणको सामना गर्न सक्छन्, र तिन सूतले बाटेको डोरी झट्टै चुँडिँदैन। 13चेताउनीहरूलाई कसरी सुन्‍ने भनी नजान्‍ने वृद्ध र मूर्ख राजा हुनुभन्दा गरिब तर बुद्धिमान् जवान मानिस हुनु उत्तम हो। 14त्यो जवान मानिस झ्यालखानाबाट निस्केर राजा भए तापनि वा आफ्नै राज्यमा गरिब जन्मेको भए तापनि यो साँचो हुन्छ। 15मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो। 16नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन्। निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।