सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

यूहन्‍ना 2

यो अध्याय यसमा पर्छ: Boek van de tekenen

1तिन दिनपछि गालीलको कानामा एउटा विवाह थियो, र येशूकी आमा त्यहाँ थिइन्। 2विवाहमा येशू र उहाँका चेलाहरूलाई निम्तो दिइएको थियो। 3जब दाखमद्य सकियो, येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।” 4येशूले जवाफ दिनुभयो, “हे नारी, तपाईं किन मकहाँ आउनुहुन्छ? मेरो समय अझ आइसकेको छैन।” 5उहाँकी आमाले नोकरहरूलाई भनिन्, “उहाँले तिमीहरूलाई जे गर भन्‍नुहुन्छ, त्यही गर”। 6त्यहाँ यहूदी विधिअनुसार शुद्धिकरणको लागि हरेकमा झण्डै एक सय लिटर अटाउने छ वटा ढुङ्गाका भाँडाहरू थिए। 7येशूले तिनीहरूलाई भन्‍नुभयो, “भाँडाहरूमा पानी भर।” त्यसैले तिनीहरूले पानी मुखसम्मै भरिदिए। 8तब उहाँले नोकरहरूलाई भन्‍नुभयो, “अब अलिकति लगेर मुख्य व्यक्‍तिलाई देऊ”। तिनीहरूले त्यसै गरे। 9मुख्य व्यक्‍तिले दाखमद्य बनेको त्यो पानी चाखे, तर यो कहाँबाट आएको भन्‍ने उनलाई थाहा थिएन (तर पानी भर्ने नोकरहरूलाई थाहा थियो)। तब उनले दुलहालाई बोलाए 10र तिनलाई भने, “हरेक मानिसले असल दाखमद्य पहिले बाँड्छ, र उनीहरू मातेपछि सस्तो दाखमद्य बाँड्छन्। तर तिमीले त असल दखमद्य अझसम्म राखेका छौ।” 11गालीलको कानामा येशूले गर्नुभएको यो पहिलो चिह्न थियो, र उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि त्यसैले उहाँका चेलाहरूले उहाँलाई विश्‍वास गरे। 12यसपछि येशू, उहाँकी आमा, उहाँका भाइहरू, उहाँका चेलाहरू कर्फनहुममा झरे, र त्यहाँ उनीहरू केही दिनसम्म बसे। 13यहूदीहरूको निस्तार-चाड आउन लागेको थियो, र येशू यरूशलेम जानुभयो। 14उहाँले त्यहाँ गोरुहरू, भेडाहरू र परेवाहरू बेच्‍नेहरूलाई भेट्टाउनुभयो, र पैसा साट्नेहरू पनि त्यहाँ बसिरहेका थिए। 15त्यसकारण, उहाँले डोरीको कोर्रा बनाएर भेडाहरू र गोरुहरूसहित तिनीहरू सबैलाई मन्दिरबाट बाहिर खेद्नुभयो। उहाँले पैसा साट्नेहरूको पैसा छरपष्‍ट पारिदिनुभयो र तिनीहरूका टेबलहरू पल्टाइदिनुभयो। 16परेवा बेच्‍नेहरूलाई उहाँले भन्‍नुभयो, “यिनीहरूलाई यहाँबाट लैजाओ। मेरा पिताको घरलाई बजार बनाउन छोड।” 17उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ।” 18तब यहूदीहरूका अधिकारीहरूले उहाँलाई प्रत्युत्तर दिए, र यसो भने, “तिमीले यी कुराहरू गरिरहेका हुनाले तिमीले हामीलाई के चिह्न‍ देखाउँछौ?” 19येशूले जवाफ दिनुभयो, “यो मन्दिरलाई भत्काओ र तिन दिनमा म यसलाई खडा गर्नेछु।” 20तब यहूदी अधिकारीहरूले भने, “यो मन्दिर बनाउन छयालिस वर्ष लाग्यो र तिमीले यसलाई तिन दिनमा बनाउने?” 21तर उहाँले आफ्नो शरीरको मन्दिरबारे बताइरहनुभएको थियो। 22त्यसैले उहाँ मृत्युबाट जीवित भई उठ्नुहुँदा, उहाँले भन्‍नुभएको यो कुरा उहाँका चेलाहरूले सम्‍झे र तिनीहरूले धर्मशास्‍त्र र येशूले भन्‍नुभएको यो भनाइमाथि विश्‍वास गरे। 23उहाँ निस्तार-चाडको अवधिभर यरूशलेममा हुनुहुन्थ्यो। उहाँले गर्नुभएको चिह्न‍हरू देखेर धेरै जनाले उहाँको नाउँमा विश्‍वास गरे। 24तर येशूले तिनीहरूलाई भरोसा गर्नुभएन, किनभने उहाँले तिनीहरू सबैलाई चिन्‍नुहुन्थ्यो, 25किनकि मानिसको बारेमा उहाँलाई कसैले गवाही दिनुपर्दैनथ्यो, किनभने त्यसभित्र के छ भन्‍ने उहाँ जान्‍नुहुन्थ्यो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।