सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

हिब्रू 6

यो अध्याय यसमा पर्छ: De ware hogepriester

1त्यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ। परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ, 2न त बप्‍तिस्माबारे शिक्षाको जग, हात राख्‍ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ। 3यदि परमेश्‍वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ। 4किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो। 5र जसले परमेश्‍वरको असल वचन र आउने युगको शक्‍तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो। 6तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्‍चात्तापमा ल्याउन असम्भव छ। किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्‍वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन्। 7किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्‍न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्‍वरबाट आशिष् प्राप्‍त गर्दछ। 8तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ। 9हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो। 10किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ। 11अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ। 12त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ। 13किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो। 14उहाँले भन्‍नुभयो, “निश्‍चय नै म तँलाई आशिष्‌‌ दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु।” 15यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे। 16किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्‍चयता दिन्छ। 17परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो। 18त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ। 19हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ। 20मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्‍नुभएको छ।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।