सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 शमूएल 3

यो अध्याय यसमा पर्छ: Samuël

1बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे। ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो। त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन। 2त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए। 3परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो। 4परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु।” 5शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो।” एलीले भने, “मैले तँलाई बोलाइनँ। फेरि सुत।” त्यसैले शमूएल गए र सुते। 6परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो। एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ। फेरि सुत।” 7अझैसम्‍म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो। 8परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्‍ट बोलाउनुभयो। फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो।” तब परमप्रभुले त्‍यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे। 9तब एलीले शमूएललाई भने, “जा र फेरि सुत। उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ'।” त्यसैले शमूएल गए र फेरि एकपल्‍ट तिनको आफ्नै ठाउँमा पल्टे। 10परमप्रभु आउनुभयो र खडा हुनुभयो। उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ।” 11परमप्रभुले शमूएललाई भन्‍नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्‍ने हरेकको कान झस्‍किनेछ। 12त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्‍तसम्म नै म पुरा गर्नेछु। 13म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्‍ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन। 14यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्‍चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु।” 15शमूएल बिहानसम्म नै पल्टिरहे। अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले। तर त्‍यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए। 16त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल।” शमूएलले भने, “म यहाँ छु।” 17तिनले भने, “उहाँले तँलाई भन्‍नुभएको वचन के थियो? कृपया त्‍यो मबाट नलुका। उहाँले तँसँग बोल्‍नुभएका सबै वचनमध्‍ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्‍वरले तँलाई त्‍यसै र त्‍योभन्दा अझ धेरै गर्नुभएको होस्।” 18शमूएलले तिनलाई हरेक कुरा बताए। उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन्। एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ। उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस्।” 19शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन। 20परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए। 21परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।