सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 शमूएल 23

यो अध्याय यसमा पर्छ: David en Saul

1तिनीहरूले दाऊदलाई भने, “हेर्नुहोस्, पलिश्तीहरूले कीलाह विरुद्ध लडिरहेका छन् र अन्‍नका खलाहरू लूटिरहेका छन्।” 2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्‍तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्‍नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा।” 3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं। हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं? 4तब दाऊदले परमप्रभुसँग सहायताको निम्ति फेरि प्रार्थना गरे। परमप्रभुले तिनलाई भन्‍नुभयो, “उठ्, तल कीलाहमा जा। किनकि म तँलाई पलिश्तीहरूमाथि विजय दिनेछु।” 5दाऊद र तिनका मानिसहरू कीलाहमा गए र पलिश्तीहरूसँग लडे। तिनले उनीहरूका गाईवस्तुहरू लगे र ठुलो संहारसहित तिनीहरूलाई प्रहार गरे। यसरी दाऊदले कीलाहका बासिन्दाहरूलाई बचाए। 6जब अहीमेलेकका छोरा अबीयाथार भागेर कीलाहमा दाऊदकहाँ जाँदा, तिनी एपोदसहित तल आएका थिए। 7दाऊद कीलाहमा गएका थिए भनी शाऊललाई भनियो। शाऊलले भने, “परमेश्‍वरले उसलाई मेरो हातमा दिनुभएको छ। किनकि ऊ थुनिएको छ, किनभने ढोकाहरू र बारहरू भएको सहरमा ऊ पसेको छ 8युद्धको निम्ति तल कीलाहमा जान, दाऊद र तिनका मानिसहरूलाई घेरा हाल्न शाऊलले आफ्‍ना सबै फौजलाई बोलाए। 9शाऊलले आफ्‍नो विरुद्धमा षड्यान्त्र गरिरहेका कुरा दाऊदलाई थाहा थियो। तिनले पुजारी अबीयाथारलाई भने, “एपोद यहाँ ल्याऊ।” 10तब दाऊदले भने, “हे परमप्रभु, इस्राएलका परमेश्‍वर, शाऊल मेरो कारणले सहरलाई नाश पार्न कीलाहमा आउन खोज्छ भन्‍ने तपाईंको दासले सुनेको छ। 11के कीलाहका मानिसहरूले मलाई तिनको हातमा सुम्‍पनेछन्? के तपाईंको दासले सुनेजस्तै शाऊल तल आउनेछन्? हे परमप्रभु इस्राएलका परमेश्‍वर, म तपाईंसँग बिन्ती गर्छु, कृपया आफ्‍नो दासलाई भन्‍नुहोस्।” परमप्रभुले भन्‍नुभयो, “ऊ तल आउनेछ।” 12तब दाऊदले भने, “के कीलाहका मानिसहरूले मलाई र मेरा मानिसहरूलाई शाऊलको हातमा सुम्पनेछन्?” परमप्रभुले भन्‍नुभयो, “तिनीहरूले तिमीहरूलाई सुम्‍पनेछन्।” 13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए। दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे। 14दाऊद उजाड-स्‍थान भएका किल्लाहरूमा, जीपको उजाड-स्‍थानको पडाडी देशमा बसे। शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्‍वरले तिनलाई उनको हातमा दिनुभएन। 15शाऊलले तिनको ज्यान खोज्दै आएका कुरा दाऊदले देखे। यति बेला दाऊद जीपमा भएको होरेशको उजाड-स्‍थान थिए। 16तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्‍वरमा तिनको हातलाई बलियो बनाए। 17उनले तिनलाई भने, “नडराउनुहोस्। किनकि मेरा बुबा शाऊलका हातले तपाईंलाई भेट्टाउनेछैन। तपाईं इस्राएलको राजा हुनुहुनेछ र म तपाईंको दोस्रो हुनेछु। मेरा बुबा शाऊललाई पनि यो कुरा थाहा छ।” 18तिनीहरूले परमप्रभुको सामु करार गरे। दाऊद होरेशमा नै रहे र जोनाथन घर गए। 19त्यसपछि जीपीहरू गिबामा शाऊलकहाँ आए र भने, “के दाऊद यशीमोनको दक्षिणतिरका हकीला पहाडको होरेशका किल्लाहरू लुकिरहेका छैन र? 20अब हे राजा तल आउनुहोस्, तपाईंको इच्छाअनुसार तल आउनुहोस्। हाम्रो काम भनेको तिनलाई राजाको हातमा सुम्‍पने हुनेछ।” 21शाऊलले भने, “तिमीहरूलाई परमप्रभुले आशिष् देऊन्। किनकि तिमीहरूले ममाथि दया गरेका छौ। 22जाओ, अझै पक्‍का गर। तिनको लुक्‍ने ठाउँ कहाँ छ अनि त्यहाँ उसलाई कसले देखेको हो थाहा पाओ र पत्ता लगाओ। ऊ धेरै चतुर छ भनी मलाई भनिएको छ। 23त्यसैले हेर र उसले आफूलाई कहाँ लुकाउँछ सबै ठाउँ पत्ता लगाओ। पक्‍का सूचना लिएर मकहाँ फर्की आओ, अनि त्‍यसपछि तिमीहरूसँगै म फर्केर जानेछु। ऊ त्यस ठाउँमा छ भने, म उसलाई हजारौं यहूदाका माझमा सबैतिर खोज्‍नेछु।” 24तब तिनीहरू उठे र शाऊलभन्दा अगि जीपमा गए। दाऊद र तिनीसँग भएका मानिसहरू यशीमोनको दक्षिणतिरको अराबाको माओनको उजाड-स्‍थानमा थिए। 25शाऊल र उनका मानिसहरू तिनलाई खोज्‍न गए। तर दाऊदलाई यो कुरा भनिएको थियो, त्यसैले तिनी तल चट्टानको पहाडतिर गए र माओनको उजाड-स्‍थानमा बसे। जब शाऊलले त्‍यो कुरा सुने, तब तिनले दाऊदलाई माओनको उजाड-स्‍थानमा लखेटे। 26शाऊल पहाडको एकपट्टि हिंडे र दाऊद र तिनका मानिसहरू पहाडको अर्कोपट्टि हिंडिरहेका थिए। शाऊलबाट टाढा जानलाई दाऊद हतारिए। जसै शाऊल र तिनका मानिसहरूले दाऊद र तिनका मानिसहरूलाई समात्‍न घेरा लगाउँदै थिए, 27एक जना दूत शाऊलकहाँ आयो र भन्‍यो, “छिटो गर्नुहोस् र आउनुहोस्, किनकि पलिश्‍तीहरूले देश लुटेका छन्।” 28त्यसैले शाऊल दाउदलाई खेद्‍न छोडेर फर्के र पलिश्तीहरूका विरुद्ध लड्न गए। यसकारण त्यस ठाउँलाई बाँचेको चट्टान भनियो। 29त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे।

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।