सामग्रीमा जानुहोस्
बिटा

धागो अझै नेपाली मा पूर्ण रूपमा अनुवाद भएको छैन। अनुवाद नभएको भाग अङ्ग्रेजीमा देखाइन्छ।

1 शमूएल 21

यो अध्याय यसमा पर्छ: David en Saul

1पुजारी अहीमेलेकलाई भेट्न दाऊद नोबमा गए। अहीमेलेक डरले काम्दै दाऊदलाई भेट्न आए र तिनलाई भने, “तपाईं किन एक्‍लै हुनुहुन्‍छ र तपाईंसँग कोही पनि छैनन्?” 2दाऊदले पुजारी अहीमेलेकलाई भने, “राजाले मलाई एउटा काममा पठाउनुभएको छ र यस्‍तो हुकुम गर्नुभएको छ, 'जुन कामको बारेमा मैले तिमीलाई पठाएको छु र मैले तिमीलाई जे आज्ञा गरेको छु त्‍यसको बारेमा कसैलाई थाहा नहोस्।' कुनै निश्‍चित ठाउँमा आउन मैले जवान मानिसहरूलाई निर्देशन दिएको छु। 3अहिले तपाईंसँग के छ? पाँच वटा रोटी वा यहाँ जे छ सो मलाई दिनुहोस्।” 4पुजारीले दाऊदलाई जवाफ दिए र भने, “मसँग कुनै साधारण रोटी त छैन, तर ती जवान मानिहरू स्‍त्रीहरूबाट अलग बसेका छन् भने यहाँ पवित्र रोटी छ। 5दाऊदले पुजारीलाई जवाफ दिए, “सदाझैं बाहिर म जाँदा हामीबाट तिन दिनदेखि स्‍त्रीहरू अलग गरिएको छन्। साधारण काममा जाँदा समेत मानिससित सम्‍बन्‍धित कुरालाई तिनीहरूले शुद्ध राखेका छन्। तिनीहरूसँग भएका कुरालाई आज तिनीहरूले अझ धेरै शुद्ध राखेका छन्।” 6त्यसैले पुजारीले तिनलाई चढाइएको रोटी दिए। किनकि त्यहाँ उपस्थितिको रोटीबाहेक अरू कुनै रोटी थिएन, जुन रोटी परमप्रभुको सामुबाट हटाएर त्‍यसको सट्टामा तातो रोटी राखिएको थियो। 7त्यस दिन शाऊलका सेवकहरूमध्‍ये एक जना परमप्रभुको सामु रोकिएको थियो। त्यसको नाउँ एदोमी दोएग थियो, जो शाऊलका गोठालाको प्रमुख थियो। 8दाऊदले अहीमेलेकलाई भने, “के यहाँ कुनै भाला वा तरवार छैन? किनकि मैले न त मेरो तरवार न हतियार नै ल्याएँ, किनभने राजाको काम जरूरी थियो।” 9पुजारीले भने, “तपाईंले एलाहको बेसीमा मार्नुभएको पलिश्‍ती गोल्यतको तरवार एपोद पछाडी कपडाले बेह्रेर राखिएको छ। तपाईंलाई त्‍यो लाने इच्‍छा हुन्छ भने त्‍यो लानुहोस्, किनकि यहाँ अरू कुनै हतियार छैन।” दाऊदले भने, “त्यो जस्‍तो अरू कुनै तरवार छैन। त्‍यो मलाई दिनुहोस्।” 10त्यस दिन दाऊद उठे र शाऊलदेखि भागे र गातका राजा आकीशकहाँ गए। 11आकीशका सेवकहरूले तिनलाई भने, “के यिनी देशका राजा दाऊद होइनन्? के तिनीहरूले नाचहरूमा एक-आपसमा यसो भनी गाएनन्, 'शाऊलले हजारौलाई मारेका छन्, र दाऊदले दसौं हजारलाई मारेका छन्?'” 12दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए। 13उनीहरूको सामु तिनले आफ्‍नो व्‍यवहार बदले र तिनीहरूकहाँ पागल भएको बाहाना गरे। तिनले प्रवेशद्वारको ढोकाहरूमा लेखे र आफ्‍नो र्‍याल दाह्रीभरि चुहाए। 14तब आकीशले आफ्ना सेवकहरूलाई भने, “हेर, यो मानिस पागल भएको तिमीहरू देख्‍दैछौ। यसलाई तिमीहरूले मकहाँ किन ल्याएको हौ? 15के मसँग पागल मानिसको कमी छ, ताकि तिमीहरूले यसलाई मेरो उपस्थितिमा त्‍यस्‍तै व्यवहार गर्नलाई ल्याएको हौ? के यो मानिस साँच्‍चै नै मेरो घरमा आउनेछ?”

पद नम्बरहरू छानिएको अनुवादअनुसार हुन्छन् र केही अध्यायहरूमा एक पदले फरक पर्न सक्छन्।

पढ्ने सहजता

तपाईंलाई जे सहयोगी हुन्छ, त्यो छान्नुहोस्। तपाईंको छनोट यही उपकरणमा राखिन्छ।

अक्षरको आकार

आफ्नै उपकरणका सेटिङहरू (जुम, स्क्रिन रिडर, गाढा मोड) मन पर्छ? ती यहाँ पनि काम गर्छन्।